क्रिकेटर करन केसी समर्थक समाजबाट रु. १ लाख सहित सम्मानित

  • विकेटनेपाल भदौ ३० -आइतबार 

राष्ट्रिय क्रिकेटर करन केसीलाई क्रिकेट फ्यानहरुको संस्था नेपाली क्रिकेट समर्थक समाजले राष्ट्रिय सेवा सम्मान स्वरुप रु. १ लाख प्रदान गरेको छ।

“स्व प्रमोद बज्राचार्य एनसिएस रास्ट्रीय सेवा सम्मान” स्वरुप केसीलाई यस बर्ष मार्चमा नामिबियामा सम्पन्न आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ मा क्यानडासंग चमत्कारिक इनिंग खेले बापत सम्मान प्रदान गरीएको हो। करनको इनिंग मदतले नेपाल बिश्व कप छनौट प्रतियोगिताको लागि छनौट भएको थियो

नेपाली क्रिकेटका समर्थकहरुलाइ एकत्रित गर्ने उद्देश्यले खोलिएको समर्थक समाजका तत्कालिन कोषाध्यक्ष प्रमोद बज्राचार्यको ४ महिना अघि ब्रेन ह्याम्रेजका कारण युवा उमेरमै असामयिक निधन भएको थियो जसको सम्झनामा संस्थाले पुरस्कार उनलाई समर्पित गरेको हो।

यस्तै समर्थक समाजले यस बर्ष प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर ४ को लागि खेल्दै प्रदेशन नम्बर १ बिरुद्ध एकै खेलमा शतक र ह्याट्रिक लिएका हरि चौहानलाई इमर्जिङ प्लयरको रुपमा  रु २५ हजार रुपैयाँ सहित सम्मान गरेको छ।

सम्मान कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भानु सिग्देलले बार्षिक रुपमा रास्ट्रीय क्रिकेट प्रतियोगितामा इमर्जिङ प्लयेरको रुपमा रहने महिला वा पुरुष खेलाडी मध्ये एकलाई “स्व प्रमोद बज्राचार्य एनसीएसएस राष्ट्रिय सेवा सम्मान” स्वरुप रु. २५ हजार प्रदान गर्ने घोषणा समेत गरेका छन्।

कार्यक्रममा समर्थक समाजमा रही उत्कृस्ट काम गर्ने सदस्यहरु मध्यबाट महेन्द्र गुरुङ्गलाई प्रशंशा पत्र प्रदान गरिएको थियो।

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy