रहिमको शतकमा बंगलादेशको जित, तामिमले जिते सबैको मन

  • विकेटनेपाल, असोज १ – आइतबार

संयुक्त अरब इमिरेट्स (युएई) मा शनिवारदेखि सुरु भएको एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई १३७ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरको खेलमा ३ बल अगावै सबै विकेट गुमाउँदै २६१ रनको योगफल तयार पारेको थियो।

सुरुवाती २ विकेट मात्र १ रनमा गुमाएको उसका लागि मुश्फिकर रहिमले १४४ रन (१५० बल, ११ चौका, ४ छक्का) तथा मोहम्मद मिथुनले ६३ रन (६८ बल, ५ चौका, २ छक्का) बनाउँदै तेस्रो विकेटको लागि १३३ रनको साझेदारी गरेका थिए।

Rahim and Mithun (Credit: ACC)

त्यसपछि अन्य खेलाडीको प्रदर्शन सम्झन लायक नरहेपनि अर्कोतर्फबाट रहिमले लगातार आक्रमण गरिरहे र आफ्नो करियरको सर्वाधिक ठुलो योगफल तयार पारे। बलिंगतर्फ श्रीलंकाका लासिथ मालिंगाले ४ विकेट लिनेक्रममा १० ओभरमा २ मेडन सहित मात्र २३ रन खर्चिए भने धनन्जय डी शिल्भाको नाममा २ विकेट रह्यो।

Graphics (Credit: ACC)

जवाफमा २६२ रनको जितको लक्ष्य पछ्याएको श्रीलंकाले खराब ब्याटिङ गर्दै ३५.२ ओभरमा सबै विकेट गुमाएर मात्र १२४ रन बनाउन सक्यो। उसका लागि दिलरुवान परेराले २९, उपुल थारंगाले २७, सुरान्गा लकमलले २० रन बनाएका थिए।

बंगलादेशका लागि कप्तान मश्राफे मोर्ताजा, मुस्ताफिजुर रहमान र मेहदी हसनले समान २/२ विकेट हात पारे।

Lasith Malinga (Credit: ACC)

२ रन बनाएका तामिम इकबालले जिते मन

दोश्रो ओभरको अन्तिम बलमा सुरान्गा लकमलले फ्याकेको सर्ट बल पुल गर्ने प्रयासमा देब्रेहातमा लागेर तुरुन्तै मैदान छाडेका तामिमले टिमले ९ विकेट गुमाएपछी ४६.६ ओभरमा ब्याटिंग गर्न आउने निधो गरे।
तर ब्याटिंग सोचेजस्तो थिएन, देब्रेहातले केहि गर्न नमिल्ने भएपछी प्रतियोगिताबाटै बाहिरिएका उनले अन्तिम विकेटको लागि मुश्फिकर रहिमसँग ३२ रनको साझेदारी गरे, जहाँ उनले आफुले सामना गरेको पहिलो बल छेकेका मात्र थिए तर एकहातले ब्याटिङ गर्दै। उक्त भाचिएको हातले ब्याटिंग गरेपछि र अन्तिमको साझेदारीले टिमको मनोबल बढेको थियो जुन हामीले नतिजामा पनि देख्न सक्छौं ।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy