अफगानिस्तानसंग नेपाल टस हारेर ब्याटिंग गर्दै, यस्तो छ अन्तिम ११

  • विकेटनेपाल, भदौ ३१ 

भारत लखनउमामा जारि चौकोणीय अन्डर-१९ एकदिवसीय सिरिज अन्तर्गत नेपालले तेश्रो खेलमा अफगानिस्तानको सामना गर्दैछ।

एकाना अन्तरास्ट्रिय क्रिकेट मैदान ‘बि’ मा अफगानिस्तानले टस जितेर नेपाललाई ब्याटिंगको निम्तो दिएको छ।

सिरिज अन्तर्गत पहिलो २ खेलमा भारत यु-१९ ‘ए’ र ‘बि’ संग पराजित भएको नेपाली युवा टिम सामु अर्को टेस्ट राष्ट्र अफगानिस्तानलाई पराजित गर्ने अवसर रहेको छ भने अफगानिस्तान पनि पहिलो जितको पर्खाईमा नेपाललाई हराउन चाहन्छ।

अफगानिस्तानले पनि खेलेको २ वटै खेलमा पराजय बेहोरेको छ जुन क्रममा भारत यु-१९ ‘ए’ ले १४० रनले तथा भारत यु-१९ ‘बी’ ले २ विकेटले पराजित गरेको थियो। अफगानिस्तान र नेपालले २/२ खेल हारेपछि फाइनल पुग्ने सम्भावना दुवैको सकिएको छ।

नेपालको अन्तिम ११ – आसिफ शेख ( कप्तान , विकेटकिपर ) लोकेश बम, सन्दिप जोरा, तृत राज दास, भिम  शार्की,अरुण ऐरि, कमल ऐरि, राशिद  खान, किशोर महतो, सागार ढकाल,पवन सर्राफ
अफगानिस्थान अन्तिम ११ – मो. इशक शिर्जाद ( विकेटकिपर ) , उस्मान घानी, आरिफ खान , रियाज हसन, मो. हसन खान, अबिद मोहम्मदी, नविद मो. कबिर, अब्दुल्लाह नैब, इजाज मेहरान, समिउल्ल्लह जवाद, अब्दुल रहमानी

कस्तो छ अफगानिस्तानको प्रदर्शन ?

जारि सिरिजमा नेपाल जस्तै २ खेलमा पराजित भएको अफ्गनिस्तानले पराजयको बाबजुत नेपाल भन्दा राम्रो खेल प्रदर्शन गरेको छ।

पहिलो खेलमा भारत यू-१९ ‘ए’ संग १४० रनले पराजित हुने क्रममा पहिले ब्याटिंग गर्दै भारतले बनाएको ३२८ रनको जवाफमा १८८ रनमा अफगानिस्तान समेटिन पुगेको थियो। अफगानिस्थान बलर अब्दुल रहमानले ४ विकेट लिएका थिए भने ब्याटिंगमा ओपनर रियाज हसनले ६९ तथा मध्यक्रममा इशक शिर्जादले ३९ र आरिफ खानले ३७ रन बनाएका थिए।

दोश्रो खेलमा जितको नजिक पुगेको अफगानिस्तानले मात्र २ विकेटले खेल गुमाउन पुगेको थियो। पहिले ब्याटिंग गर्दै अफगानिस्तानले २३८ रन बनाएको थियो जसको जवाफमा भारतले ८ विकेट गुमाएर ४९.४ ओभरमा लक्ष्य पुरा गरेको थियो। अफगानिस्तान ओपनर रियाज हसनले १०० रन बनाए भने बलिङ्गमा अब्दुल रहमानले ३ विकेट लिए।

नेपालको प्रदर्शन

नेपालले भने पहिलो खेलमा भारत ‘बि’ संग ४० रनले हार बेहोर्ने क्रममा भारत ‘बि’ लाई १६१ रनमा रोकेको थियो भने लक्ष्य पछ्याउने क्रममा १२१ रनमा सबै विकेट गुमाएको थियो। राम्रो बलिङ्ग गरेको नेपालको लागि कमल सिंह ऐरिले ३ तथा पवन सर्राफले २ विकेट लिए भने ब्याटिंगतर्फ भिम शार्कीले सर्वाधिक ३० रन।

दोश्रो खेलमा भारत ‘ए’ संग पहिले ब्याटिंग गर्दै नेपालले १५६ रन बनाएको थियो, १५७ रनको लक्ष्य भारतले मात्र २ विकेट गुमाएर पुरा गर्यो। नेपालको लागि ब्याटिंगमा सन्दिप जोराले सर्वाधिक ६६ र तृत राज दासले ४६ रन बनाए।

अफगानिस्तानसंग पछिल्लो खेलमा के थियो नतिजा ?

गत बर्ष न्नोभेम्बरको यु-१९ युथ एसिया कपको सेमीफाईनलमा अफगानिस्तान र नेपालको पछिल्लो पटक भेट भएको थियो।

टस हारेर ब्याटिंग गरेको नेपालले १०३ रनमा सबै विकेट गुमाए पछि १०४ रनको लक्ष्य अफगानिस्तानले ३ विकेट मात्र गुमाएर भेटाएको थियो। नेपालको लागि अनिल साहले सर्वाधिक ५० रन बनाए पनि अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्। स्टार अफगानी स्पिनर मुजिब उर् रहमान एक्लैले ६ विकेट लिएका थिए।

अफगानिस्तानले प्रतियोगिताको फाइनलमा पाकिस्तानलाई पराजित गर्दै उपाधिनै आफ्नो बनाएको थियो।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]