टि-२० बिश्वकप यात्राको तयारी सुरु

  • विकेटनेपाल,

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी-२० विश्वकपमा छनौट हुने उद्देश्य सहित नेपाली राष्ट्रिय क्रिकेट टिमले बिहिबार देखि तयारी थाल्नेछ। बिहिबार देखि टियु मैदानमा १८ सदस्यीय प्रारम्भिक टिमले अभ्यास थाल्दैछ।

बिश्वकप यात्राको सुरुवात नेपालले  एसिया “बि” उप-क्षेत्रिय छनौट ( पूर्वी ) प्रतियोगिता खेलेर गर्दैछ। मलेसियामा अक्टोबर ३ देखि सुरु हुने प्रतियोगितामा नेपाल सहित आयोजक मलेसिया,  सिंगापुर,भुटान, थाईल्याण्ड, म्यानमार रहेका छन्।

छनौटको बाटो 

प्रतियोगितामा सबै टोलीले एक अर्कासंग खेल्नु पर्नेछ। नेपालले आफ्नो पहिलो खेलमा अक्टोबर ३ तारिकमा म्यान्मारको सामना गर्नेछ। यस्तै दोस्रो खेल मलेसिया बिरुद्ध अक्टोबर ६ तारिकमा, तेस्रो खेल अक्टोबर ७ तारिकमा थाइल्याण्ड बिरुद्ध, चौथो खेल अक्टोबर ९ तारिकमा भुटान बिरुद्ध, पाँचौ खेल अक्टोबर १० तारिकमा चिन बिरुद्ध र अन्तिम तथा छैठौं खेल अक्टोबर १२ तारिकमा सिंगापुर बिरुद्ध खेल्ने तालिका रहेको छ।

प्रतियोगिताबाट शिर्ष ३ टोलि एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि अगाडी बढ्नेछन्। एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि यसअघि नै एसिया “ए” उप-क्षेत्रबाट ( पश्चिमी ) युएई, कुवेत र कतार छनौट भैसकेका छन्। पूर्वी र पश्चिमी क्षेत्रको छनौटबाट छानिएका ३/३ देशले क्षेत्रीय छनौट प्रतियोगिता खेल्नेछन् जसबाट उत्कृस्ट २ टिमले टि-२० बिश्वकपको ग्लोबल छनौट खेल्नेछन्।

ग्लोबल छनौटमा आईसीसीको वरियतामा २०१८ डिसेम्बरसम्म ११ देखि १६ नम्बरमा रहेका टिम र बिभिन्न क्षेत्रबाट उत्कृस्ट भएर आएका ८ टिमले गरि कुल १४ टिमले प्रतिस्पर्धा गर्नेछन्। आईसीसीको टि-२० वरियतामा उत्कृस्ट ९ टिम र आयोजक अस्ट्रेलिया गरि १० टिम टि-२० बिश्वकप खेल्न स्वतः छनौट हुनेछन् भने ग्लोबल टि-२० बिश्वकप छनौटबाट उत्कृस्ट ६ टिम गरि कुल १६ टिम टि-२० बिश्वकप खेल्ने छन्।

Sunil Dhamala
Sunil Dhamala

टिममा परिवर्तन हुने सम्भावना 

प्रतियोगिताको तयारीको लागि मंगलबार १८ सदस्यीय प्रारम्भिक नेपाली टोलिको घोषणा गरिएको छ। एसिया कप छनौट प्रतियोगितामा रहेका सुबास खकुरेल र रोहित पौडेललाई प्रारम्भिक टिममा राखिएको छैन भने शरद भेसावकर टिममा फिर्ता आएका छन्। रोहित सेप्टेम्बर २९ देखि बंगलादेशमा सुरु हुने यु-१९ एसिया कपमा खेल्नेछन् भने सुबास ब्याटिंगको कारण आलोचित भएका थिए।

यस्तै यस अघि प्रारम्भिक टिममा नरहेका लेफ्ट आर्म स्पिनर शाहब आलम र तिब्र गति बलर दिपेश श्रेष्ठलाई प्रारम्भिक टिममा राखिएको छ।

१८ सदस्यीय नेपाली टिम पारस खड्का ( कप्तान ) , अनिल साह , बसन्त रेग्मी ,बिनोद भण्डारी, दिपेन्द्र ऐरि, दिपेश श्रेष्ठ, ज्ञानेन्द्र मल्ल, करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, प्रदिप ऐरि , सागर पुन, सन्दिप लामिछाने, शाहब आलम , शरद भेसावकर, सोमपाल कामि, सुनिल धमला

तुलनात्मक रुपमा कमजोर टिमहरु म्यानम्यार,थाईल्याण्ड, भुटान जस्ता टिमहरु प्रतियोगिता खेल्ने हुनाले नेपालले एसिया कप छनौटमा भन्दा टिममा परिवर्तन गर्न सक्ने जानकारी विकेटनेपाललाई प्राप्त भएको छ।

घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका सुनिल धमलाले राष्ट्रिय टिममा कम्ब्याक गर्ने सम्भावना प्रबल मानिएको छ। यस्तै नेदरल्याण्ड टुरमा हातमा चोटको कारण एसिया कप छनौट खेल्न नपाएका शरद भेसावकर टिममा भित्रिनेछन्। तिब्र गति बलर सोमपाल, करन मध्ये १ जना बलरलाई आराम दिएर दिपेश श्रेष्ठलाई समेत टिममा तेश्रो फास्ट बलरको रुपमा लैजाने पनि सम्भावना छ।

Sandeep Lamichhane
Sandeep Lamichhane

५ अक्टोबर देखि युएईमा सुरु हुने अफगानिस्तान प्रिमियर लिग खेल्न छानिएका सन्दिप लामिछाने मलेसिया उड्नेछन् या छैनन् हेर्न लायक हुनेछ।

यस्तै एसिया कप छनौटमा टिममा परे पनि अन्तिम ११ मा मौका नपाएका बिनोद भण्डारी तथा प्रधानमन्त्रि कपमा राम्रो प्रदर्शन पछि एसिया कप छनौटको प्रारम्भिक टिममा रहेका प्रदिप ऐरिले पनि मलेसिया जाने मौका पाउन सक्नेछन्।

महत्वपूर्ण प्रतियोगितामा टिममा धेरै परिवर्तन गर्न नमिल्ने हुँदा तुलनात्मक रुपमा कमजोर टोलिहरु रहेको प्रतियोगितामा नेपालले आधा टिम नियमित र आधा टिममा मौका नपाएकाहरुलाई खेलाउने सम्भावना प्रबल रहेको छ।

नेपालको खेल तालिका :

पहिलो खेल : vs म्यान्मार, अक्टोबर ३ (किनरारा ओभल) दोस्रो खेल : vs मलेसिया, अक्टोबर ६ (किनरारा ओभल) , तेस्रो खेल : vs थाइल्याण्ड, अक्टोबर ७ (किनरारा ओभल) चौथो खेल : vs भुटान, अक्टोबर ९ (बायुमास ओभल) पाँचौ खेल : vs चाइना, अक्टोबर १० (किनरारा ओभल) छैठौं खेल : vs सिंगापुर, अक्टोबर १२ (किनरारा ओभल)

 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy