यु-१९ युथ एसिया कप खेल्ने नेपाली टोलिको घोषणा, सुर्य तामांग नयाँ अनुहार

Nepal U19 Cricket Team
  • विकेटनेपाल, असोज-९ 

सेप्टेम्बर २९ देखि ७ अक्टोबरसम्म बंगलादेशमा आयोजना हुने अन्डर-१९ युथ एसिया कपको लागि १५ सदस्यीय नेपाली टिमको घोषणा गरिएको छ।

यु-१९ युथ एसिया कपमा नेपालले भारतसंग सेप्टेम्बर २९ तारिकमा पहिलो खेल खेल्दैछ। नेपाल रहेको समुह ‘ए’ मा साविकको बिजेता अफगानिस्तान सहित भारत र युएई रहेका छन्। खेल तालिका सबैभन्दा तल 

यु-१९ टिमका मुख्य प्रशिक्षक बिनोद दास, सुनोज भट्टराई र राजु खड्का सम्मेलित चयन समितिले आसिफ शेखको कप्तानीमा १५ सदस्यीय टोलिको घोषणा गरेको हो। टोलिको उप-कप्तान कमल सिंह ऐरिले गर्नेछन्।

यसै महिना भारतमा खेलिएको भारत यु-१९ र अफगानिस्तान यु-१९ सम्मेलित सिरिजमा टोलिमा नभएका रोहित  पौडेल,नन्दन यादब, रबिन्द्र जंग शाही र सुर्य तामांगलाई युथ एसिया कप खेल्ने टिममा मौका दिईएको छ। भारत टुरमा गएका सम्साद आलम, बिपिन रावल, लोकेस बम , किशोर महतोलाई टिममा मौका दिईएको छैन।

Rabindra Jung Shahi
Rabindra Jung Shahi

नन्दन र रबिन्द्रले यस अघि पनि यु-१९ टिमको लागि खेलीसकेका छन् भने सुर्य तामांग पहिलो पटक यु-१९ टिममा अटाएका हुन्। नन्दन तिब्र गति बलर हुन् भने रबिन्द्र माथिल्लो क्रमका ब्याट्सम्यान। सुर्य तामांग देब्रे हाते स्पिनर हुन् जसले यु-१६ राष्ट्रिय टिमको प्रतिधित्व गरिसकेका छन्।

नेपाली टिमको प्रमुख प्रशिक्षकमा बिनोद दास रहेका छन् भने टिम म्यानेजरको रुपमा शक्ति गौचन, सहायक प्रशिक्षकको रुपमा मनोज कटवाल बंगालदेश जानेछन्। यस्तै टिमको फिजियो बिक्रम न्यौपाने रहनेछन्। युथ एसिया कप खेल्न नेपाली टोलि २७ सेप्टेम्बरमा बंगलादेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

नेपाली टिम :- आसिफ शेख ( कप्तान ) , कमल सिंह ऐरि ( उप कप्तान ), रोहित पौडेल , रभी शाह, नन्दन यादब, रित  गौतम,पवन शर्राफ, रबिन्द्र जंग शाही, राशिद  खान,भिम  शार्की,तृत राज दास, सन्दिप जोरा, सागर  ढकाल,अरुन ऐरि, सुर्य तामांग

युथ एसिया कपमा नेपालको खेल तालिकाप्रतियोगितामा ८ राष्ट्रहरु सहभागी हुनेछन् जसलाई २ समुहमा बिभाजन गरिएको छ। नेपाल समुह ‘ए’ मा रहेको छ जुन समुहमा साविकको विजेता अफगानिस्तान, भारत र युएई रहेका छन्। यस्तै समुह ‘बि’ मा आयोजक बंगलादेश, हंगकंग, पाकिस्तान र श्रीलंका रहेका छन्। प्रतियोगिताको खेलहरु ढाका र चिटागोंगमा हुनेछ।

२ वटा समुहबाट उत्कृस्ट २ हुने ४ टिमहरु सेमीफाईनल खेल्न छनौट हुनेछन्। अक्टोबर ४ र ५ तारिकमा सेमीफाईनल र अक्टोबर ७ तारिकमा फाईनल खेलिनेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]