सन्दिप लामिछाने एनसेलको “स्टार हम्बल हिरो” घोषित

Sandeep Lamichhane
  • विकेटनेपाल – १२ असोज, शुक्रवार

नेपाली स्टार लेग स्पिनर सन्दिप लामिछानेलाई दूरसञ्चार सेवा प्रदायक कम्पनि एनसेलले ” स्टार हम्बल हिरो” का रुपमा आबद्ध गरेको छ। कम्पनिको “आज भोली संधै संगै” को भाव अनुरुप सन्दिपलाई समेत हम्बल हिरोको सुचिमा आबद्ध गरेको हो।

एनसेल र सन्दिप बीच २ बर्ष समय अवधिका लागि सम्झौता भएको हो। एनसेलले आफ्नो सपना पुरा गर्न सफल हुँदै सिंगो समाज र देशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गर्वान्वित बनाउन सफल व्यक्तित्वहरुलाई “स्टार हम्बल हिरो” को रुपमा आबद्ध गर्दै आएको छ। सम्झौता बापत सन्दिपले पाउने रकम बारे भने एनसेलले खुलासा गराएको छैन।

शुक्रवार काठमाण्डौको सिफल स्थित बाल मन्दिरमा सम्पन्न एक कार्यक्रम बीच एनसेलले सो घोषणा गरेको हो। घोषणा कार्यक्रममा सन्दिप आफैं उपस्थित थिए। त्यसक्रममा उनले बल मन्दिरका बालबालिकाहरुसंग कुराकानी गर्दै उनीहरुलाई हौसला प्रदान गरे। केहि समय सन्दिपले बालबालिकाहरुसंग क्रिकेट समेत खेल्न भ्याए।

कार्यक्रममा बोल्दै सन्दिपले भने, “देशमा रहेका प्रतिभालाई प्रेरणा तथा हौसला प्रदान गर्न एनसेलले शुरु गरेको यो पहल वास्तवमै सरहानिय छ। यसले हामी सबैलाई आफ्नो सपना प्रति प्रतिबद्ध रहँदै समाजमा केहि गर्ने उर्जा प्रदान गर्ने विश्वास छ। ”

यस्तै एनसेलका प्रमुख व्यवसायिक अधिकृत एन्डी चोन्गले सन्दिपलाई हम्बल हिरोको रुपमा पाउँदा एनसेल परिवार खुशी रहेको बताए- ” नेपाली क्रिकेटका चम्किला तारा सन्दिपलाई स्टार हम्बल हिरोको रुपमा घोषणा गर्न पाएकोमा हामी निकै हर्षित छौं। उनको उर्जा तथा मनोभाव हाम्रो सृजनशील र सफलता अभिमुख संस्कृतिको विकास तथा प्रवर्धन गर्ने उद्देश्यसित मेल खान्छ।”

के हो त एनसेलको “स्टार हम्बल हिरो” कार्यक्रम ?

दूरसञ्चार कम्पनि एनसेलले सुरु गरेको “स्टार हम्बल हिरो” कार्यक्रम अन्तर्गत आफ्नो सपनाप्रति प्रतिबद्ध रहँदै आफ्ना वरिपरिका सबैलाई उत्प्रेरित गरिरहेका, आफुलाई उत्कृष्ट बनाउन तथा आफ्नो समुदाय र देशलाई गर्ववान्वित बनाउने कार्य गरिरहेका प्रतिभाशाली व्यक्तित्वको सम्मान गर्दै रचनात्मक योगदान पुर्याउने उद्देश्य लिई तयार पारिएको हो।

यो पहल एनसेलले आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ अनुरुप तयार गरिएको हो। यसमा कम्पनीले निस्वार्थ भावनाका साथ दैनिकरुपमा देश र जनताका लागि अद्भुत कार्यहरु गर्दै नेपाललाई गौरवशाली राष्ट्र बनाउन योगदान पुर्याउने प्रेरणादायी तथा प्रतिभाशाली व्यक्तित्वहरुलाई आबद्ध गर्दै जानेछ।

सन्दिप पछिल्लो पटक विश्व क्रिकेटमा चर्चामा आएका सफल नेपाली क्रिकेटर समेत हुन्। इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो नेपाली बनेपछि सन्दिपको चर्चा एकाएक चुलिएको हो।

आइपिएल यता सन्दिपले क्यारेबियन प्रिमियर लिग (सिपिएल), ग्लोबल टि-२० क्यानाडा समेत खेलिसकेका छन्। यस्तै केहि महिना अघि मात्र क्रिकेटको मक्का मानिने लर्ड्समा खेलिएको वेस्ट इन्डिज बिरुद्धको च्यारिटी खेलमा सन्दिप विश्व ११ को टोलिबाट सहभागी भएका थिए।

यस्तै पहिलो संस्करणको अफगानिस्तान प्रिमियर लिगमा समेत सन्दिप नगरहरको टोलीमा आबद्ध भएका छन्। युएईमा हुने सो प्रतियोगिता ५ देखि २३ अक्टोबर ( असोज १९ – कार्तिक ६ ) सम्म आयोजना हुनेछ। केहि दिनअघि मात्र युनाइटेड अरब इमिरेट्समा नोभेम्बर २३ देखि डिसेम्बर २ सम्म आयोजना हुने १०-१० ओभर फर्म्याटको लिगमा नेपाली गुग्लि ब्वाई सन्दिपलाई केरला किंग्सले ड्राफ्टमार्फत छनौट गरेको थियो।





थप समाचार

अपराजित रहँदै एपीएफ फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब अपराजित रुपमा जारी ललितपुर मेयर्स कपको फाइनल प्रवेश गरेको छ । समूह चरणको […]

राजस्थानमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीइल) अन्तर्गतको ६५ औं खेलमा राजस्थान रोयल्समाथि पञ्जाब किंग्सले जित निकालेको छ […]

अदालतको फैसलालाई सम्मान गर्ने लामिछानेको भनाई, भिडियो सहित

काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् । उच्च अदालत […]

क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेमाथि लागेको निलम्बन फुकुवा गरेको छ । […]

सन्दीपले पाए सफाई

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।

कोशीमाथि बागमतीको जित

काठमाडौं । जारी ललितपुर मेयर्स कपमा बिहिबारको दोस्रो खेलमा वागमती प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ । आफ्नो तेस्रो खेलमा […]