करन केसीको बिष्फोटक ब्याटिंगमा नेपालले बनायो १७२ रन

Karan KC
  • विकेटनेपाल-२१ असोज

मलेसियामा जारि आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा थाइल्याण्डको सामना गर्दैछ।

खेलको पहिलो इनिंगको समाप्तिमा नेपालले ७ विकेट गुमाएर १७२ रन जोडेको छ। नेपालको इनिंगममा करन केसीले सर्वाधिक ४० तथा शरद भेषवाकरले व्यक्तिगत ३४ रनको योगदान गरे।

बायुमास ओभल मैदानमा टस हारेर ब्याटिंगको निम्तो पाएको नेपाललाई ओपनरद्वय बिनोद भण्डारी र अनिल कुमार साहले राम्रो सुरुवात दिएका थिए। आक्रामक लयमा देखिएका दुवै ओपनरले सुरुबाटनै ठूला सट खेल्दा नेपालले राम्रो सुरुवात पाएको थियो।

बिनोद भण्डारी मात्र ८ बलमा १५ रन (२ चौका, १ छक्का) तथा अनिल कुमार साह १७ बलमा २५ रन (५ चौका) जोड्दै आउटहुँदा नेपालले मात्र ५.३ ओभरमा ५४ रन जोड्न २ विकेट गुमाएको थियो।

Anil Sah, Binod Bhandari
Anil Sah, Binod Bhandari

त्यसपश्चात भने तेस्रो विकेटका लागि प्रतियोगितामा पहिलो पटक ब्याटिंग गर्न उत्रिएका शरद भेसवाकर र दिपेन्द्र सिंह ऐरीले ३३ रनको साझेदारी गर्दै नेपाली इनिंगलाई उकास्ने प्रयास गरेका थिए। दिपेन्द्र सिंह ऐरी २६ बलमा ३ चौका र १ छक्का सहित व्यक्तिगत ३० रनको स्कोरमा आउट भए।

कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लभन्दा अगाडी ब्याटिंग गर्न मौका पाएका आरिफ शेख मात्र ८ रनको स्कोरमा पभेलियन फर्किंदा नेपालले ११३ रन जोड्न ४ विकेट गुमाएको थियो। यस्तै शरद भेसवाकर समेत ३४ रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए।

इनिंगको अन्त्य तर्फ कप्तान पारस खड्का समेत ठुलो सट प्रहार गर्ने चक्करमा मात्र ५ रनको स्कोरमा आउट हुँदा नेपाल १२१/६ को खराब अवस्थामा पुगेको थियो। पारस खड्काको विकेट पछि टोलीले ७ रन थप जोड्दा ज्ञानेन्द्र मल्ल समेत व्यक्तिगत ७ रनमा पभेलियन फर्किएए।

अन्त्यमा अविजित रहँदै करन केसी र सोमपाल कामीले महत्वपूर्ण ४४ रनको साझेदारी गरेका थिए।  त्यसक्रममा करन केसीले बिष्फोटक ब्याटिंग गर्दै मात्र १४ बलमा ४० रन (२ चौका, ४ छक्का) प्रहार गरे।   इनिंगको अन्तिम ओभरमा करनले लगातार ३ छक्का प्रहार गरेका थिए। सोमपालभने व्यक्तिगत ४ रनमा अविजित रहे।

थाइल्याण्डको बलिंगतर्फ पेयुपुथ संगनार्डले सर्वाधिक ४ विकेट हात पारे। आफ्नो ४ ओभरको स्पेलमा संगनार्डले २१ रन खर्चिएर ४ विकेट आफ्नो नाम गरेका थिए। यस्तै भिचन्थन सिंहले २ विकेट आफ्नो हात पारे।

थाईल्याण्डसंग इतिहास

इतिहासको कुरा गर्दा थाईल्याण्ड र नेपाल १ पटक मात्र एकअर्कासंग भेट भएका छन्। सन् १९९८ को नेपालमै सम्पन्न एसीसी ट्रफी प्रतियोगितामा दुई टिमको भेट भए पनि खेल भने वर्षाको कारण टस समेत नभई रोकिएको थियो। महिला क्रिकेट र उमेर समुह क्रिकेटमा भने थाईल्याण्डसंग नेपालले थुप्रै खेल खेल्ने गरेको छ। महिला क्रिकेटमा अघि भए पनि पुरुष क्रिकेटमा भने थाई टिम नेपालको अगाडी कमजोर मानिने गर्छ।

 





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]