भुटानसंग पछिल्लो ४ खेलमा नेपालको यस्तो छ नतिजा

Nepal Cricket Team
  • विकेटनेपाल, असोज २२ 

मलेसियामा जारि आईसीसी ट्वान्टी-२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत नेपालले चौथो खेल भुटानसंग खेल्दैछ। खेल युकेएम ओभल मैदानमा मंगलबार नेपाली समय बिहान ७:४५ बजे सुरु हुनेछ।

प्रतियोगिता अन्तर्गत नेपालले खेलेको ३ वटै खेलमा म्यानमार, मलेसिया र थाईल्याण्डलाई पराजित गर्दै अंकतालिकाको शिर्ष स्थानमा रहेको छ। यता भुटानले खेलेको ३ खेल मध्ये १ खेलमा जित र २ खेलमा हार बेहोरेको छ। अंकतालिकामा भुटान पाँचौ स्थानमा रहेको छ।

प्रस्तुत छ नेपालले हालसम्म भुटानसंग खेलेको खेलहरुको नतिजा

भुटान क्रिकेट टिमसंग नेपालले अन्तिम पटक सन् २००६ को एसीसी ट्रफीमा खेलेको थियो जसपछि महिला क्रिकेटमा भेट भए पनि पुरुष क्रिकेटमा भने नेपाल १२ बर्ष पछि भुटानसंग खेल्न लागेको हो।

भुटान राष्ट्रिय क्रिकेट टिमसंग नेपालले हालसम्म ५ पटक प्रतिस्पर्धा गरेको छ जसमा बर्षाको कारण रद्द भएको एक खेल बाहेक सबैमा नेपालले सहजै जित दर्ता गरेको छ।

सन् २००३ एसीसी इमर्जिङ्ग टिम्स कप ( नेपाल )

सन् २००३ मा नेपालमै सम्पन्न एसीसी इमर्जिङ्ग टिम्स कप प्रतियोगितामा नेपालले भुटानलाई ३५३ रनको बिशाल अन्तरले पराजित गरेको थियो। त्यस खेलमा कप्तान समेत रहेका राजु खड्काले नेपालको लागि पहिलो शतक प्रहार गर्दै किर्तिमान कायम गरेका थिए।

टस हारेर ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३९७ रन बनाएको थियो। राजु खड्काले १०५ रन ( ५० बल, १४ चौका र ४ छक्का ) बनाएका थिए भने सन्दिप श्रेष्ठले ६०, बिनोद दासले ४३, शक्ति गौचनले ३९ तथा पारस लुनियाले ३५ रन बनाएका थिए।

जवाफमा भुटान ४४ रनमै समेटिन पुगेको थियो। राजु बस्नेतले ५ तथा मेहबुब आलमले २ विकेट लिएपछि भुटानले लज्जास्पद हार बेहोरेको थियो।

सन् २००४ एसीसी ट्रफी ( मलेसिया )

समुह चरणमा भुटानलाई नेपालले ९ विकेटले पराजित गर्ने क्रममा भुटानले टस हारेर ब्याटिंग गर्दै पहिलोइनिंगमा मात्र ९१ रन बनाएको थियो। ९२ रनको लक्ष्य नेपालले १३ ओभरमा पछ्यायो।

राजकुमार प्रधानले नेपालको लागि सर्वाधिक ३ तथा सन्जम रेग्मी र मेहबुब आलमले २/२ विकेट लिएका थिए भने ब्याटिंगमा मेहबुब आलमले ४४ तथा परेश लोहनीले ३० रन बनाएका थिए।

Bhutan Cricket Team
Bhutan Cricket Team

सन् २००४ एसीसी ट्रफी , प्लेअफ ( मलेसिया )

पाँचौ स्थानको लागि भएको प्लेअफ सेमीफाइनलमा नेपालले ६ विकेटको जित दर्ता गरेको थियो। टस जितेर ब्याटिंग गर्दै भुटानले ७२ रन बनाएको थियो र ७३ रनको लक्ष्य नेपालले १३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। बलिङ्गमा राजकुमार प्रधानले ४, मेहबुब आलमले ३ तथा सन्जम रेग्मीले २ विकेट लिंदा ब्याटिंगमा पनि आलमले ४२ रन बनाएका थिए।

सन् २००६ एसीसी ट्रफी ( मलेसिया )

टस हारेर ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रनको योगफल तयार गरेको थियो। लक्ष्य पछ्याउने क्रममा भुटान ३६ रनमै समेटिन पुग्यो र नेपालले २८१ रनको बिशाल जित दर्ता गर्यो।

नेपालको लागि ब्याटिंगमा पारस खड्काले सर्वाधिक ८७ तथा ज्ञानेन्द्र मल्लले ५२ रन बनाएका थिए भने बलिङ्गतर्फ बिनोद दासले ५ विकेट , मेहबुब आलमले ३ विकेट तथा शक्ति गौचनले २ विकेट लिएका थिए।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]