एलपीएल : साविक विजेता सिद्धार्थ र क्यास्पीयन एकेडेमीको विजयी सुरुवात

  • धनगढी, कार्तिक २७

देशकै सर्वाधिक धनराशीको विद्यालय स्तरीय निष्ट लिटिल फ्लावर प्रिमियर लिग आजदेखि धनगढीमा सुरु भएको छ। संस्कार क्रिकेट एकेडेमीको आयोजनामा लिगको तेस्रो संस्करण सुरु भएको हो।

मंसीर ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन आज भएका खेलमा साविक विजेता सिद्धार्थ शिशु सदन र क्यास्पीयन एकेडेमीको विजयी भएका छन्। आज भएको उद्घाटन खेलमा सिद्धार्थले निष्ट भक्तपुरलाई हराएको हो भने दोस्रो खेलमा क्यास्पीयन एकेडेमीले शारदा माविलाई हराएको हो।

टि-२० फरम्याटको क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पीयन सिद्धार्थ शिशु सदनले निष्ट भक्तपुरमाथि ४ रनको रोमाञ्चक जित दर्ता हासिल गरेको हो। समूह ‘ए’ को उद्घाटन खेलमा टस जितेर पहिले व्याटिङ गर्दै सिद्धार्थ सिसु सदनले समय अभावले १० ओभरमा घटाईएको खेलमा निर्धारित ओभरमा ५ विकेट गुमाउँदै ६३ रन बनायो। सिद्धार्थका लागि गजेन्द्र बोहोराले १८, सुरेन्द्र साउदले अविजित १५ र खडक बोहोराले १४ रन बनाए। निष्ट भक्तपुरका लागि कप्तान सोहन यादवले २ विकेट लिए।

६४ रनको विजयी लक्ष्य पछ्याएको निष्ट भक्तपुरले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ५९ रन मात्रै जोड्न सक्यो। निष्टका लागि शिशिर केसीले १९ र कप्तान सोहन यादवले १४ रन जोडेपनि आफ्नो टीमलाई जिताउन सकेनन्। सिद्धार्थलाई जिताउन प्रकाश थापाले २ ओभरमा ६ रन खर्चंदै २ विकेट लिए। खेलको म्यान अफ द म्याच हुँदै उनले नगद एक हजार सहित ट्रफी पाए।

क्यास्पियनको जित 

आज नै भएको दोस्रो खेलमा अर्को धनगढीको टीम क्यास्पीयन एकेडेमीले शारदा माविलाई १४ रनले किनारा लगायो।

टस जितेर पहिले व्याटिङ गरेको क्यास्पीयनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय एक रन बनायो। उसका लागि दिनेश अधिकारीले ३०, प्रकाश पाठक २० र निशान बोगटीले १८ रन बनाए। शारदाले क्यास्पीयनका चार जना खेलाडीलाई रनआउट गरेको थियो।

एक सय २ रनको विजय लक्ष्य सहित मैदान उत्रिएको शारदा १६ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै ८७ रनमा समेटियो। शारदाका लागि दिपक टमट्टाले ३४ र जीवन मगरले २२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। क्यास्पीयनलाई जिताउन रोशन अधिकारी एक्लैले ६ विकेट तथा निराजन रावलले २ विकेट लिए। ६ विकेट लिएका रोशन म्यान अफ द म्याच भए। उनले नगद एक हजार सहित ट्रफी पाए।

रोशन अधिकारी ( फोटो – बिनोद शाही )

प्रतियोगिता अन्तर्गत भोली हुने पहिलो खेलमा कैलाली मोडेल र विज्डम एकेडेमी तथा दोस्रो खेलमा मोदाक्षा काठमाण्डौ र एवीसी स्कुल नेपालगंज बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको यसअघि धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडले उद्घाटन गरेका थिए ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ। उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदयमान खेलाडीलाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिने छ । प्रत्येक खेलको म्यान अफ द म्याच अन्तर्गत लिग चरणमा प्रति खेल नगद एक हजार, नकआउट चरणमा प्रति खेल नगद एक हजार ५ सय र फाईनलमा नगद २ हजार ट्रफी र प्रमाणपत्र पुरस्कार दिईने छ।

प्रतियोगिता संस्कार क्रिकेट एकेडेमी धनगढीको आयोजना तथा निष्ट कलेज लैनचौरको मुख्य प्रायोजनामा सञ्चालन भईरहेको छ । प्रतियोगितामा देशभरिका १२ टिमले सहभागीता जनाएका छन्।

फोटोः महेन्द्र बम





थप समाचार

सन्दीपले पाए सफाई

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।

कोशीमाथि बागमतीको जित

काठमाडौं । जारी ललितपुर मेयर्स कपमा बिहिबारको दोस्रो खेलमा वागमती प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ । आफ्नो तेस्रो खेलमा […]

दीपेन्द्र एसोसिएटको शीर्ष स्थानमा कायमै

काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी-२० आईको अलराउन्डर तर्फको वरियतामा एसोसिएट तर्फको शीर्ष स्थानमा कायमै रहेका छन् । अन्तर्राष्ट्रिय […]

ललितपुरलाई हराउँदै एपीएफ एक खेल अगाबै फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब जारी ललितपुर मेयर्स कपको फाइनल प्रवेश गरेको छ । एक खेल अगाबै फाइनल […]

विश्वकपमा नेपालको ऐतिहासिक पलहरु

काठमाडौं । नेपालले दश बर्ष पछि आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने टि-२० विश्वकप खेल्दैछ । […]

लखनाउमाथि दिल्लीको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ६४ औं खेलमा लखनाउ सुपर जायन्ट्समाथि दिल्ली क्यापिटल्स विजयी भएको […]