सुपर-एट क्रिकेट प्रतियोगिताको उपाधी पाँचपोखरी क्रिकेट क्लबलाई

  • विकेटनेपाल – २ मङ्सिर, आइतवार

सिन्धुपाल्चोकमा यहि कार्तिक २९ गतेदेखि सुरु भएको जिल्ला-स्तरीय जितबहादुर खड्का स्मृति पाँचपोखरी सुपर-एट क्रिकेट प्रतियोगिताको उपाधी आयोजक पाँचपोखरी क्रिकेट क्लबले जितेको छ। आइतवार सम्पन्न फाइनल खेलमा पाँचपोखरीले बाह्रबिसे क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको हो।

फाइनल खेलमा टस जित्दै पहिले ब्याटिंग रोजेको बाह्रबिसेले ५ ओभरमा सबै विकेट गुमाउँदै ३६ रन बनाएको थियो। उसका लागि राकेस श्रेष्ठले ६ बलमा उच्च १४ रन बनाएपनि अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेका थिएनन्।

बाह्रबिसेलाई सस्तैमा समेट्न पाँचपोखरीका बिजय धितालले २ ओभरमा १ मेडन सहित मात्र १० रन दिंदै महत्त्वपूर्ण ३ विकेट लिएका थिए। त्यस्तै राजु धिताल, अजय देउजा र महेस धितालले समान १/१ विकेट लिएका थिए ।

जितका लागि ३७ रनको लक्ष्य पछ्यायको पाँचपोखरीका लागि राजु धितालको ४ बलमा १३ रन, राजन धितालले ८ रन र महेस देउजाको ६ रनको सहयोगमा मात्र २.१ ओभरमा २ विकेट गुमाउदै ३९ रन बनाएपछी सहज ५ विकेटको जित हात पारेको थियो ।

पाँचपोखरी क्रिकेट क्लबका बिजय धिताल म्यान अफ द म्याच घोषित भए। बिजेता पाँचपोखरी क्रिकेट क्लबले नगद रु ५० हजार, ट्रफी, मेडल सहित प्रमाणपत्र प्राप्त गर्यो।

त्यस्तै उप-बिजेता बनेको बाह्रबिसे क्रिकेट क्लबले नगद रु ३० हजार र ट्रफीमा चित्त बुझाउनु पर्यो।

प्रतियोगिताको उत्कृस्ट ब्याट्सम्यान भोटाङ छ्वलिङ क्रिकेट क्लबका रमेस तामाङ (१४२ रन), बेस्ट बलर पाँचपोखरी क्रिकेट क्लबका अजय धिताल (१० विकेट) र प्रतियोगिताको उत्कृस्ट खेलाडी पाँचपोखरी क्रिकेट क्लबका बिजय धिताल (९२ रन, ९ विकेट) भए।

यस्तै प्रतियोगिताका इमर्जिङ प्लयेर थाङपालधाप क्रिकेट क्लबका सार्थक धिताल भए ।

प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गरेका रमेस तामाङ, अजय धिताल र बिजय धितालले वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी र सार्थक धितालले नेक्सस क्रिकेट एकेडेमीमा समान १ बर्ष निशुल्क प्रशिक्षण सुबिधा प्राप्त गर्नेछन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]