रोमान्चक खेलमा अस्ट्रेलियासंग भारत झिनो अन्तरले पराजित

  • विकेटनेपाल, मङ्सिर ५ 

एडम जाम्पाले उत्कृस्ट बलिङ्ग गरेपछि भारत विरुद्ध पहिलो टि-२० खेलमा अस्ट्रेलियाले ४ रनको अत्यन्त रोमाञ्चक जित हात पारेको छ।

अन्तिम ओभरमा भारतलाई जित्न १३ रन आवस्यक हुँदा ८ रन मात्र बनाउन सकेपछि भारत पराजित हुन पुग्यो।

जाम्पाले कसिलो बलिङ्ग गर्ने क्रममा ४ ओभर बलिङ्ग गर्दै २२ र खर्चेर विराट कोहली र केएल राहुलको महत्वपुर्ण विकेट हात पारे। जितमा महत्वपुर्ण योगदान गरेका जाम्पानै खेलको प्लेयर अफ द म्याच समेत चुनिए।

खेलमा भारतीय कप्तान विराट कोहलीले टस जितेर फिल्डिंग रोजेपछि ब्याटिंगमा उत्रेको अस्ट्रेलियाले १७ ओभरमा ४ विकेट गुमाएर १५४ रन बनाएको थियो। पहिलो इनिंगको १७ ओभरपछि वर्षाले खेल रोकिंदा खेललाइ १७ ओभरमा घटाइएको थियो र भारतलाई डीएलएस मेथड अनुसार १७ ओभरमा १७४ रनको लक्ष्य दिईएको थियो।

अस्ट्रेलियाको ब्याटिंगमा आरोन फिंच र क्रिस लिनले दोश्रो विकेटको लागि ४० तथा म्याक्सवेल र स्टोनिसले ७८ रनको महत्वपुर्ण साझेदारी गरे। म्याक्सवेल र लिनले आक्रामक पारि खेल्ने क्रममा क्रमश ४६ र ३७ रन बनाए। म्याक्सवेलले २४ बलमा ४ चौका प्रहार गरे भने लिनले २० मा १ चौका र ४ छक्क प्रहर गरे। त्यस्तै स्टोइन्सले १९ बलको सामना गर्दै ३ चौका र १ छक्का मद्दतले अविजित ३३ रन बनाए।

भारतको लागि कुलदीप यादवले (४-०-२४-२ ) २ विकेट हात पारे भने खलिल अहमद र जस्प्रित बुम्राहले समान १/१ विकेट हात पारे।

१७४ रनको लक्ष्यका साथ ब्याटिंग गरेको भारतले राम्रो सुरुवात गर्यो। शिखर धवन सुरुवात देखिनै आक्रामक देखिए।

पहिलो विकेटको रुपमा रोहित शर्मालाई पाँचौ ओभरमा व्यक्तिगत ७ रनमा गुमाएपछि ब्याटिंगमा आएका केएल राहुलसंग मिलेर धवनले ४६ रनको साझेदारी गर्दै भारतलाई अघि बढाएका थिए।

जाम्पाले नवौं ओभरमा राहुललाइ स्टाम्प आउट तथा ११औ ओभरमा कप्तान कोहलिलाई व्यक्तिगत ४ रनमा क्याच आउट गराए पछि भारतीय इन्निंग धुर्मुराएको थियो।

१२ औं ओभरमा शिखर धवनलाई व्यक्तिगत ७८ रनमा गुमाए पछि हारको संघारमा पुगेको इन्डियालाइ पन्त २० (१६ बल , १ चौका, १ छक्का ) र कार्तिकले ३० (१३ बल, ४ चौका, १ छक्का) ५१ रनको साझेदारी गर्दै जिततर्फ डोर्याउन खोजे पनि अन्ततः भारतले ४ रनको हार बेहोर्न पुग्यो।

अस्ट्रेलियाको लागि स्टोइन्स ले २ विकेट तथा टाई, बेह्रेनडर्फ तथा स्ट्यानलेकले समान १/१ विकेट हात पारे।

जितसंगै ३ खेलको सिरिजमा अस्ट्रेलियाले १-० को अग्रता लिएको छ। सिरिज अन्तर्गत दोस्रो खेल नोभेम्बर २३ मा मेर्लबर्नमा खेलिनेछ भने तेस्रो तथा अन्तिम खेल २५ तारिकमा सिड्नीमा खेलिनेछ। ३ टी-ट्वान्टी, चार टेस्ट र तिन एकदिवसीय सिरिजको लागि भारत जनवरी १८, २०१९ सम्म अस्ट्रेलियामा हुनेछ।

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]