नेपाली ‘जोन्टि’ संग जोन्टि रोड्सको भेट

२०७५ मंसिर १४, शुक्रबार २०:१८

Bhim Sharki , Jonty Rhodes
  • विकेटनेपाल, मङ्सिर १४ – शुक्रबार 

यु-१९ राष्ट्रिय क्रिकेटर भिम शार्कीलाई नेपाली क्रिकेटमा उनको नाम भन्दा पनि बढी ‘जोन्टि’ उपनामले बोलाइने गरिन्छ। नेपाली क्रिकेटमै उत्कृस्ट फिल्डर मध्येका एक मानिने भिम शार्कीले शुक्रबार वास्तविक जोन्टिसंग भेट्ने संयोग जुर्यो।

भारतीय क्रिकेट सामग्री निर्माण कम्पनि रेड रक स्पोर्ट्सले भिमलाई ३ बर्षको लागि प्रयोजन सम्झौता गर्ने क्रममा जोन्टि रोड्सको भेट नेपाली जोन्टिसंग भएको हो। प्रयोजन बापत ३ बर्षको लागि रेड रक स्पोर्ट्सले भिमलाई आफ्नो कम्पनिको क्रिकेट सामग्रीहरु प्रदान गर्नेछ।

सम्झौता कार्यक्रममा जोन्टि रोड्सनै प्रमुख अतिथिको रुपमा उपस्थित भएर नेपाली जोन्टि भिमलाई सुभकामना प्रदान गर्दा भिममा खुसिको सिमा रहेन।

राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का समेत कार्यक्रममा उपस्थित थिए। हाल नेपाल बस्दै आएका हरियाणाका पुर्व राणजी क्रिकेटर मनिष शकालकरको पहलमा भिम शार्कीले प्रायोजन पाएका हुन्। नेपाली क्रिकेटका उदयमान खेलाडीलाई प्रायोजन गर्न पाउदा रेड रकका मालिक सुबास राजपुत र शेखर कौशिकले खुसि ब्यक्त गरेका छन्।

“नेपाली क्रिकेटका युवा प्रतिभाशाली खेलाडी भिम शार्की जो निकट भबिष्यमा राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने क्षमता राख्छन् उनलाई सहयोग गर्न पाउदा खुसि छौ। एउटा कम्पनिको रुपमा हामिसंग जोडिने खेलाडीको सधै भलो चाहन्छौ” कम्पनिका मालिक सुबास राजपुत बताउछन्

सन् २०१६ मा श्रीलंकामा सम्पन्न यु-१९ युथ एसिया कप देखि नेपाली यु-१९ राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य रहेका शार्की भर्खरै सम्पन्न पोखरा प्रिमियर लिगमा बुटवल ब्लास्टर्सको लागि खेल्दै टिमको सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए। पिपिएल टि-२० प्रतियोगितामा उनले बिराटनगर टाईटन्स र पोखरा पल्टन बिरुद्ध अर्धशतक प्रहार गरेका थिए। यसै बर्ष जुनमा सम्पन्न प्रधानमन्त्रि कप क्रिकेट प्रतियोगितामा भिमले आर्मीबाट खेल्दै राम्रो प्रदर्शन गरेका थिए जसपछि उनलाई राष्ट्रिय टिममा आउने सम्भावना भएका खेलाडीको रुपमा हेरिने गरिन्छ।

सम्झौता पछि भिमले पनि खुसि ब्यक्त गरेका छन्” म निकै खुसि छु किनकि यो मेरो पहिलो प्रयोजन सम्झौता हो। यसले मलाई भबिष्यमा राम्रो गर्न बल प्रदान गर्नेछ”

भिम र रेड रक बीच सम्झौता पछि राष्ट्रिय क्रिकेट टिम कप्तान पारस खड्काले पनि खुसि ब्यक्त गरेका छन्-

“खेलाडीहरुलाई गरिने कुनै पनि प्रायोजन राम्रो कुरा हो किनकि खेलाडीलाई साथ चाहिन्छ। रेड रकले नेपाली क्रिकेटका उदयमान खेलाडीलाई प्रयोजन गरेकोमा धन्यवाद दिन चाहन्छु र आशा गर्छु उनले प्रयोग गर्ने नयाँ क्रिकेट सामग्रीले उनको भबिष्य फलदायी बनाउनेछ।”

भारत मेरटको खेल सामग्री निर्माण गर्ने कम्पनि रेड रक स्पोर्ट्स सन् २००७ मा स्थापना भएको हो जसले ब्यबसायिक क्रिकेटरहरुलाई क्रिकेट ब्याट बनाईसकेको छ जसमा सचिन तेन्दुलकर, बिरेन्द्र सहवाग, युबराज सिंह , महेन्द्र सिंह धोनी , रोबिन उथप्पा आदि रहेका छन्।

( फिचर फोटो – राजन शाह )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy