पाकिस्तान सुपर लिगमा सन्दिपको टिम कप्तान घोषणा

  • विकेटनेपाल, मङ्सिर २३ – शनिबार

१४ फेब्रुअरी देखि मार्च १७ सम्म आयोजना हुने पाकिस्तान सुपर लिग पीएसएल टि२० क्रिकेटको चौथो संस्करणको लागि लाहोर कलन्दर्सले आफ्नो टिमको कप्तान घोषणा गरेको छ।

गत महिना सम्पन्न पीएसएल अक्सनमा सन्दिपलाई लाहोरले ५० हजार डलरमा टिममा भित्र्याएको थियो। नोभेम्बर २० मा भएको ड्राफ्टमा सन्दिपको नाम “गोल्ड” श्रेणीमा रहेको थियो।लाहोरले ड्राफ्टबाट एबी डीभिलियर्स, कार्लोस ब्रेथवाइट, फखर जमान जस्ता खेलाडीलाई छनौट गरेको छ।

आइतबार लाहोर कलन्दर्सलेले आफ्नो कप्तानको रुपमा पाकिस्तान क्रिकेटर मोहम्मद हाफिजलाई घोषणा गरेको छ।

प्रतियोगिताको पहिलो संस्करणमा टेस्ट खेलाडी अजर अलिले नेतृत्व सम्हालेका थिए तर खराब प्रदर्शन पछी उनलाई हटाईएको थियो। उनको स्थानमा थप दुई संस्करण न्युजिल्यान्डका पुर्व कप्तान ब्रेण्डन म्याकलमले जिम्मेवारी सम्हालेपानी नतिजामा भने कुनै फरक परेन। त्यसपछि म्याकलमले टिम छोड्ने निर्णय गरेपछि हाफिजले यो संस्करण कप्तानी गर्नेछन्।


लाहोर कलन्दर्सले अहिलेसम्म अङ्कतालिकाको अन्तिम बाहेक अगाडी बढ्न सकेको छैन। सुरुवाती दुई संस्करण ५ टिम तथा तेस्रो संस्करणमा ६ टिम रहेका थिए। उसले अहिलेसम्म प्रतियोगितामा खेलेका २६ खेलमध्ये १८ वटामा हारको सामना गर्नुपरेको छ।

हाफिजलाई पेशावर जलामीले यसै संस्करणमा छाडेको थियो। उनले भर्खरै न्युजिल्यान्डसँग सम्पन्न टेस्ट सिरिजपछी टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए। उक्त सिरिजमा पाकिस्तान २-१ ले पराजित भएको थियो।

सन्दिपको टिममा एबि डी भिल्लर्स, ब्रेण्डन टेलर, फखार जमान, कार्लोस ब्राथवेट, मोहम्मद इरफान, यासिर शाह जस्ता खेलाडीहरु रहेका छन्।

 

२०१९ को फ्रेबुअरी महिनामा आयोजना हुने पाकिस्तान सुपर लिग प्रतियोगितामा कुल ६ वटा टिम सहभागी छन् जसमा लाहोर क्वालान्डर्स, क्वेटा ग्ल्याडीएटर्स, कराँची किंग्स, पेशेवर जाल्मी, इश्मलामाबाद युनाइटेड रहेका छन् भने अर्को १ टिमको नाम घोषणा हुन बाँकीछ।

लिगको यस अघि २०१८ को संस्करण उपाधि इश्लामबाद युनाइटेडले जितेको थियो जुन टिम ड्यारेन सामीको कप्तानीमा रहेको थियो।

नेपाली गुगली ब्वाई सन्दिप लामिछाने यस अघि इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि-२० लिग क्यानडा, अफगानिस्तान प्रिमियर लिगमा खेलीसकेका छन् भने यसै महिना नोभेम्बर २३ देखि युएईमा आयोजना हुने टि-२० लिग र डिसेम्बर १९ देखि आयोजना हुने  चर्चित अस्ट्रेलियन लिग बिग ब्यास लिग तथा ५ जनवरी देखि आयोजना हुने बंगलादेश प्रिमीयर लिग खेल्न समेत छनौट भइसकेका छन्।

इन्डियन प्रिमियर लिगमा सन्दिप २० लाख भारतीय रुपैयाँमा बिक्रि भएका थिए भने क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट सन्दिप छानिएका थिए। यस्तै अफगानिस्तान प्रिमियर लिगमा उनले १५ हजार डलर तथा टि-२० लिगमा ३० हजार डलर मूल्य पाएका थिए। बिग ब्यास लिगमा सन्दिपले ६०-७० हजार डलर पाउनेछन्।

आईपीएलमा दिल्लीबाट खेल्दा सन्दिपले ३ खेलमा ५ विकेट लिएका थिए भने ग्लोबल टि-२० लिगमा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यस्तै क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सको लागि उनले ५ खेलमा कुल ७ विकेट लिएका थिए। अफगानिस्तान प्रिमियर लिगमा नगरहर लिओपार्डको लागि खेलेको १ मात्र खेलमा सन्दिपले २ विकेट लिएका थिए।

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy