बिराटनगरलाई ‘गर या मर’ को स्थिति, लयमा रहेको काठमाडौँको क्वालीफायर पुग्ने लक्ष्य

  • विकेटनेपाल , पौष २ , सोमबार 

एभरेस्ट प्रिमियर लिग टि-२० अन्तर्गत आज लिग चरणको अन्तिम खेलमा पारस खड्का कप्तानीको बिराटनगर वारीयर्स र सोमपाल कामि कप्तानीको काठमाडौँ किंग्स ११ प्रतिस्पर्धा गर्दैछन्। टियु मैदानमा हुने खेल १२:४५ बजे दिउसो सुरु हुनेछ।

काठमाडौँ किंग्स ११ यस अघिनै प्लेअफ चरण पुगे पनि अंकतालिकाको शिर्ष २ स्थान भित्र पर्दै पहिलो क्वालिफायर खेल्ने लक्ष्यका साथ खेल्नेछ। ललितपुर प्याट्रीएट्स ५ खेलमा ४ जित र १ हारको साथ ८ अंक बटुल्दै शिर्ष स्थानमा रहेको छ र पहिलो क्वालिफायर खेल्न छनौट भइसकेको छ। अंकतालिकाको दोश्रो स्थानमा अहिले भैरहवा ग्ल्याडीएटर्स रहेको छ जसको ५ खेलमा ३ जित रहेको छ। यदी काठमाडौँले आज बिराटनगरलाई पराजित गर्ने हो भने पहिलो क्वालिफायरमा ललितपुरसंगको भेट उसले पक्का गर्नेछ। यदी काठमाडौँ आज बिराटनगरसंग पराजित भए भैरहवा, बिराटनगर र काठमाडौँ मध्ये १ टिम जसको नेट रनरेट बलियो हुन्छ त्यो पहिलो क्वालिफायर खेल्न छनौट हुनेछ।

यता बिराटनगर पनि आज काठमाडौँलाई पराजित गर्दै ६ अंक बटुल्दै प्लेअफ प्रवेश गर्न चाहन्छ। अंक तालिकाको शिर्ष ४ स्थानमा टिकी राख्न बिराटनगरले आज काठमाडौँलाई पराजित गर्नुपर्नेछ। ४ खेलमा २ जित र २ हार बेहोर्दै ४ अंक बटुलेको बिराटनगर यदी पराजित भए ५ खेलमा २ जित र ३ हार बेहोर्दै ४ अंकनै रहेको चितवनको सम्भावना पनि रहन्छ। बिराटनगर पराजित भए चितवन र बिराटनगर बीच जसको नेट रनरेट बढी हुन्छ त्यो प्लेअफ चरण प्रवेश गर्छ।

लिगको शिर्ष स्थानमा र दोश्रो स्थानमा रहने टिमले पहिलो क्वालीफायर खेल्नेछ जसको विजेता फाइनल प्रवेश गर्नेछ। यस्तै अंकतालिकामा तेश्रो र चौथो हुने टिमले पहिलो इलिमीनेटर खेल्नेछ। पहिलो क्वालिफायरमा पराजित हुने टिम र इलिमिनेटरमा बिजयी हुने टिम बीच दोश्रो क्वालीफायर खेल हुनेछ त्यसको बिजेताले फाइनल खेल्नेछ।

बिराटनगरलाई ब्याटिंगको चिन्ता 

प्रतियोगितामा पहिलो २ खेलमा जित हात पार्ने क्रममा बिराटनगरले ललितपुर प्याट्रीएट्सलाई ३ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा सुपर ओभरमा पोखरा राइनोजलाई पराजित गर्यो। तेश्रो खेलमा भैरहवा ग्ल्याडीएटर्ससंग ४ विकेटले पराजति भए पछि चौथो खेलमा चितवन टाइगर्ससंग ५ रनले पराजित भयो।

४ वटा खेलको विश्लेषण गर्दा पहिलो ३ वटा खेलमा बिराटनगरले कमजोर ब्याटिंग प्रदर्शन गरेको थियो। पहिलो खेलमा ललितपुरले दिएको १०५ रनको लक्ष्य १९.५ ओभरमा ७ विकेट गुमाएर पछ्याएको बिराटनगरले त्यसपछि दोश्रो खेलमा पोखराले दिएको ८५ रनको लक्ष्य पछ्याउने क्रममा स्कोर बराबर हुँदा सुपर ओभरमा खेल जितेको थियो। तेश्रो खेलमा पनि बिराटनगरले भैरहवासंग मात्र ९१ रन बनाउन सकेको थियो।

Roelof van der Merwe

चौथो खेलमा भने ब्याटिंगको लय पाएको बिराटनगरले चितवनले दिएको १९७ रनको लक्ष्य पछ्याउने क्रममा १९१ रन बनाउन सकेको थियो। हंगकंग खेलाडी बाबर हायातको आगमनले बिराटनगरको ब्याटिंगमा मजबुती थपिएको छ। हायातले भैरहवासग विस्फोटक ९० रनको इनिंग खेल्ने क्रममा ४२ बलमा ८ छक्का र ५ चौका प्रहार गरेका थिए।

हायात बाहेक अन्य ब्याट्सम्यानहरु नचल्नु बिराटनगरको चिन्ता बनेको छ। ४ वटा खेल खेल्दा बिराटनगरको कुनै पनि ब्याट्सम्यानले १०० रन पनि बनाउन सकेका छैनन्। २ खेलमा बाबर हायात ९६ रन सहित टिमको धेरै रन बनाउने खेलाडी हुन् भने करन केसी ४ खेलमा ९३ रन बनाउदै दोश्रो नम्बरमा छन्। ४ खेलमा मात्र २९ रन बनाएका कप्तान पारस खड्का नचल्नु टिमको सबैभन्दा ठुलो चिन्ताको बिषय बनेको छ।

बलिङ्गमा भने राम्रो गर्दै आएको चितवनको लागि स्पिनर रोल्फ भान डर मर्वे र बसन्त रेग्मी तथा फास्ट बलिङ्गमा करन केसी र पल भान मिकिरनले अनुशाशित बलिङ्ग गरिरहेका छन्। भान डर मर्वेले ४ खेलमा ६ विकेट लिएका छन् र मात्र ४.३१ रन प्रतिओभर रन खर्चिएका छन्। मिकीरनले पनि ४ खेलमा ५ विकेट लिंदा ५.६५ रन प्रतिओभर रन खर्चिएका छन्। ४ खेल ४ विकेट लिए पनि बसन्त रेग्मी पनि किफायती सावित हुने क्रममा ५.१२ रन प्रतिओभर रन खर्चिएका छन्। भैरहवासंगको खेलमा महँगो ( ४-०-५१-१ ) सावित भएका करनले त्यस अघिको खेलहरुमा राम्रो बलिङ्ग गरेका छन् र ४ विकेट लिंदा प्रतिओभर ६.६२ रन खर्चिएका छन्।

बलिङ्ग बलियो भए पनि पारस खड्का, अनिल साह, आरिफ शेख जस्ता ठुला नामहरुले यदी आफ्नो नाम अनुरुप प्रदर्शन देखाउने हो भने बिराटनगरले प्रतियोगितामा कमब्याक गर्न सक्छ।

लयमा काठमाडौँ किंग्स ११   

प्रतियोगिताको पहिलो खेलमा चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको काठमाडौँले त्यसपछि दोश्रो खेलमा ललितपुर प्याट्रीएट्ससंग १० विकेटको हार बेहोर्न पुग्यो। त्यसपछि पुनः सम्हालिने क्रममा पोखरा राइनोजलाई ५ विकेटले तथा भैरहवा ग्ल्याडीएटर्सलाइ ७ विकेटले पराजित गरेको काठमाडौँ लिगको अन्तिम खेलमा त्यही नतिजा दोहोर्याउने पक्षमा हुनेछ।

Kevin O Brian
Kevin O Brian

काठमाडौँको लागि अलराउण्डर केभिन ओ ब्रायनले ब्याटिंग र बलिङ्ग दुवैमा राम्रो योगदान दिईरहेका छन्। पछिल्लो २ खेलमा भैरहवासंग अविजित ३३ रन र १ विकेट, पोखरासंग अविजित ५४ रन र २ विकेट बनाएका केभिनले ललितपुरसंग पनि ४२ रन बनाएका थिए।

यस्तै टिममा युएई कप्तान समेत रहेका रोहन मुस्तफाले पनि प्रभाव देखाईरहेका छन्। मुस्तफा ब्याटिंगमा भैरवनासंग ३६ र बनाउनुको साथै किफायती बलिङ्ग गरेका थिए भने पोखरा राइनोजसंग ४० रन बनाउनुको साथै १ विकेट लिएर किफायती बालिग गरेका थिए। कप्तान सोमपाल कामि एङ्कलको चोटको कारण खेल्न नसक्दा मुस्तफाले चतुर कप्तानीसंगै खेलले पनि

Ameet Shrestha
Ameet Shrestha

प्रभावित बनाईरहेका छन्। लिगको अन्तिम खेलमा सोमपाल खेल्ने सम्भावना धेरै रहेको छ जसले टिमलाई थप मजबुत बनाउने छ।

 

ओपनर अमित श्रेष्ठले भैरहवासंग अर्धशतक बनाउनु टिमको लागि राम्रो संकेत देखिएको छ भने बलिङ्गमा जितेन्द्र मुखियाको फर्केको लय पनि टिमको लागि सकारात्मक बनेको छ।

आइपिएल खेलीसकेका प्रदिप साहुको उपस्थितिले टिमको बलिङ्ग लाइन अप अझै मजबुत बनेको छ। साहुले ३ खेलमा ४ विकेट लिईसकेका छन् जुन क्रममा चितवन टाइगर्स बिरुद्ध ३ विकेट लिंदै जितमा अहम भूमिका खेलीसकेका छन्। टिमको यदी सन्तुलन जारि राख्ने हो भने काठमाडौँ किंग्स ११ लाई पराजित गर्न मुस्किल सावित हुनेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]