नेपालले युएईसंग एकदिवसीय सिरिज खेल्ने

Nepal cricket team
  • विकेटनेपाल, पौष-४  , बुधबार 

यसै बर्ष मार्चमा जिम्बाबेमा सम्पन्न बिश्व कप छनौट प्रतियोगितामा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले दोश्रो एकदिवसीय सिरिज खेल्ने भएको छ।

मान्यता पाएको ५ महिना पछि नेपालले नेदरल्याण्डसंग उसैको घरमा २ वटा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल खेलेको थियो। २ खेल मध्ये नेपालले पहिलो खेलमा ५५ रनले पराजित हुँदा दोश्रो खेलमा १ रनको रोमान्चक जित निकाल्दै ऐतिहासिक पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जित दर्ता गरेको थियो।

नेपालले दोश्रो एकदिवसीय सिरिज पनि नेपाल बाहिरनै युनाइटेड अरब इमिरेट्ससंग खेल्ने पक्कापक्कि भइसकेको र यसै हफ्ता त्यसको टुंगो लाग्ने जानकारी विकेटनेपाललाई प्राप्त भएको छ। सिरिज अन्तर्गत कति वटा एकदिवसीय खेल्ने लगायत कुराको अन्तिम निर्णय हुन बाँकी रहेको छ।

Nepal Cricket Team

धनगढी प्रिमियर लिग डिपिएल टि-२० माघ १९ गतेबाट सुरु हुने हुँदा त्यसको अगाडी माघ पहिलो साता सिरिज आयोजना हुने सम्भावना छ। धनगढी प्रिमियर लिगको अक्सन पुष १२ गते हुँदैछ। 

नेपाल र युएई बीच अगस्टमा मलेसियामा सम्पन्न एसिया कप छनौट प्रतियोगितामा पहिलो पटक एकदिवसीय मान्यता प्राप्त खेल खेलेका थिए। त्यस खेल ४०३४ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल थियो जसमा नेपाललाई युएईले ७८ रनले पराजित गरेको थियो। एकदिवसीय मान्यता प्राप्त भए पनि नेपाल र युएईलाई पछि पार्दै हंगकंग एसिया कप खेल्न छनौट भएको थियो।

नेपालले नेदरल्याण्डसंग पहिलो सिरिज खेल्नु अघि लर्ड्स मैदानमा एमसीसी र नेदरल्याण्डसंग त्रिदिवसीय सिरिज खेलेको थियो। त्यसै प्रतियोगितामा नेपाल युरोप पुगेको मौकामा आईसीसीले नेदरल्याण्डसंग एकदिवसीय सिरिजको आयोजना गरेको थियो।

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]