नेपालले युएईसंग एकदिवसीय सिरिज खेल्ने

२०७५ पुष ४, बुधबार ११:४१

Nepal cricket team
  • विकेटनेपाल, पौष-४  , बुधबार 

यसै बर्ष मार्चमा जिम्बाबेमा सम्पन्न बिश्व कप छनौट प्रतियोगितामा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले दोश्रो एकदिवसीय सिरिज खेल्ने भएको छ।

मान्यता पाएको ५ महिना पछि नेपालले नेदरल्याण्डसंग उसैको घरमा २ वटा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल खेलेको थियो। २ खेल मध्ये नेपालले पहिलो खेलमा ५५ रनले पराजित हुँदा दोश्रो खेलमा १ रनको रोमान्चक जित निकाल्दै ऐतिहासिक पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जित दर्ता गरेको थियो।

नेपालले दोश्रो एकदिवसीय सिरिज पनि नेपाल बाहिरनै युनाइटेड अरब इमिरेट्ससंग खेल्ने पक्कापक्कि भइसकेको र यसै हफ्ता त्यसको टुंगो लाग्ने जानकारी विकेटनेपाललाई प्राप्त भएको छ। सिरिज अन्तर्गत कति वटा एकदिवसीय खेल्ने लगायत कुराको अन्तिम निर्णय हुन बाँकी रहेको छ।

Nepal Cricket Team

धनगढी प्रिमियर लिग डिपिएल टि-२० माघ १९ गतेबाट सुरु हुने हुँदा त्यसको अगाडी माघ पहिलो साता सिरिज आयोजना हुने सम्भावना छ। धनगढी प्रिमियर लिगको अक्सन पुष १२ गते हुँदैछ। 

नेपाल र युएई बीच अगस्टमा मलेसियामा सम्पन्न एसिया कप छनौट प्रतियोगितामा पहिलो पटक एकदिवसीय मान्यता प्राप्त खेल खेलेका थिए। त्यस खेल ४०३४ औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल थियो जसमा नेपाललाई युएईले ७८ रनले पराजित गरेको थियो। एकदिवसीय मान्यता प्राप्त भए पनि नेपाल र युएईलाई पछि पार्दै हंगकंग एसिया कप खेल्न छनौट भएको थियो।

नेपालले नेदरल्याण्डसंग पहिलो सिरिज खेल्नु अघि लर्ड्स मैदानमा एमसीसी र नेदरल्याण्डसंग त्रिदिवसीय सिरिज खेलेको थियो। त्यसै प्रतियोगितामा नेपाल युरोप पुगेको मौकामा आईसीसीले नेदरल्याण्डसंग एकदिवसीय सिरिजको आयोजना गरेको थियो।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy