को पुग्ला फाइनल ? काठमाडौँ र भैरहवाको टक्कर !

  • विकेटनेपाल, पुष-५ , बिहिबार  

एभरेस्ट प्रिमियर लिग टि-२० अन्तर्गत आज दोश्रो क्वालीफायर खेल अन्तर्गत रोहन मुस्तफा कप्तानीको ( सोमपाल कामि घाइते भए पछि मुस्तफा कप्तानी गरिरहेका छन् ) काठमाडौँ किंग्स-११ र शरद भेसावकर भैरहवा ग्ल्याडीएटर्स प्रतिस्पर्धा गर्दैछन्। खेलमा बिजयी हुने टिमले फाइनलमा शनिवार ललितपुर प्याट्रीएट्सको सामना गर्नेछ।

ललितपुरले पहिलो क्वालीफायरमा काठमाडौँलाई १ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। पहिलो क्वालीफायरमा हार पछि दोश्रो मौका पाउने क्रममा काठमाडौँले इलिमीनेटरको विजेता भैरहवाको सामना गर्न लागेको हो। भैरहवाले चितवन टाइगर्सलाई हिजो ४ विकेटले पराजित गरेको थियो।

भैरहवा र काठमाडौँ बीचको खेल ११:३० बजे सुरु हुनेछ। यस अघि १२:४५ बजे पुर्व निर्धारित तालिका भए पनि आयोजकले प्राविधिक कारणले समय परिवर्तन गरेको हो।

 काठमाडौँ र भैरहवा – हेड टु हेड 

जारि ईपिएलको लिग चरणको खेलमा काठमाडौँ किंग्स-११ ले भैरहवालाई ७ विकेटले पराजित गरेको थियो। पहिले ब्याटिंग गर्दै भैरहवाले दिएको १५० रनको लक्ष्य काठमाडौँले १९.१ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो। भैरहवाको ब्याटिंगमा रभी इन्दर सिंहले ८६ रन बनाएका थिए। काठमाडौँको ब्याटिंगमा अमित श्रेष्ठले ५०, रोहन मुस्तफाले ३६ तथा केभिन ओ ब्रायनले ३३ रन तथा बलिङ्गमा जितेन्द्र मुखियाले २ विकेट लिए।

गत सिजन भने लिग चरणमा भैरहवाले काठमाडौँलाई ७ विकेटले पराजित गरेको थियो। त्यस क्रममा काठमाडौँले पहिले ब्याटिंग गर्दै ११८ रन बनाएको थियो। ११९ रनको लक्ष्य भैरहवाले ३ विकेट गुमाएर १६.३ ओभरमा भेटाएको थियो। जितमा कप्तान शरद भेसावकरले २ विकेट लिनुको साथै ३२ रन पनि बनाएका थिए।

भैरहवाको हालसम्म प्रदर्शन  

प्रतियोगितामा उत्कृस्ट सुरुवात गर्ने क्रममा शरद कप्तानीको भैरहवाले लगातार ३ खेलमा जित निकालेको थियो। त्यस क्रममा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दा उसले २१६ को लक्ष्य पछ्याएको थियो। त्यसपछि दोश्रो खेलमा चितवनलाई १२ रनले तथा बिराटनगरलाई तेश्रो खेलमा ४ विकेटले पराजित गरेको भैरहवाले अन्तिम २ खेलमा काठमाडौँसंग ७ विकेटले र ललितपुरसंग ६ विकेटले हार बेहोरेको थियो। लिग अंक तालिकामा तेश्रो स्थानमा रहेपछि भैरहवाले पहिलो इलिमीनेटरमा चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै दोश्रो क्वालीफायर खेल्न लागेको हो।

भैरहवाको लयमा रहेका खेलाडी 

प्रतियोगिताकै सर्वाधिक रन बनाउने ब्याट्सम्यान रभी इन्दर सिंहले ६ खेलमा २७७ रन बनाउन १५७ को स्ट्राइक रेटले रन बनाईरहेका छन्। प्रतियोगिताकै एक मात्र शतक ( १२५* ) पनि सिंहकै नाममा रहेको छ जुन उनले पोखरा राइनोजसंग बनाएका थिए। रभी इन्दर पछि ब्याटिंग र बलिङ्ग दुवैमा रायन टेन डेस्काटेले योगदान दिएका छन्। उनले ६ खेलमा १२० रन बनाउनुको साथै ६ विकेट समेत लिएका छन्।

बलिङ्गतर्फ भैरहवाका तिब्र गति बलर मोहम्मद नबिदले ४ खेलमा ८ विकेट लिईसकेका छन् जुनक्रममा उनले बिराटनगरबिरुद्ध खेल जिताउन ४ विकेट तथा इलिमीनेटरमा चितवनसंग ३ विकेट लिएका थिए। ब्याटिंगमा काठमाडौँसंग ३९ रन र चितवनसंग इलिमीनेटरमा २९ रन बनाउनु बाहेक खास योगदान दिन नसकेका शरद भेसावकरले बलिङ्गमा ५ विकेट लिईसकेका छन्।

Ravi Inder Singh ( Photo – Bhairahawa Gladiators Facebook )

भैरहवा ग्ल्याडीएटर्स टिम : आरिफ शेख , प्रदिप ऐरि ( विकेटकिपर ) , अविनाश बोहरा, रभी इन्दर सिंह, भुवन कार्की कृष्ण कार्की, कुशल मल्ल, पुनित मेहरा, मोहम्मद नबिद, रोहित पौडेल, प्रकास केसी, हरिशंकर शाह, दिपेश श्रेष्ठ, रायन टेन डेस्काटे ( , भुपेन्द्र थापा , शरद भेसावकर ( कप्तान )

काठमाडौँको हालसम्म प्रदर्शन 

प्रतियोगिताको पहिलो खेलमा चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको काठमाडौँले त्यसपछि दोश्रो खेलमा ललितपुर प्याट्रीएट्ससंग १० विकेटको हार बेहोर्न पुग्यो। त्यसपछि पुनः सम्हालिने क्रममा पोखरा राइनोजलाई ५ विकेटले तथा भैरहवा ग्ल्याडीएटर्सलाइ ७ विकेटले पराजित गरेको काठमाडौँले लिगको अन्तिम खेलमा बिराटनगर वारियर्सलाई ५ विकेटले पराजित गर्यो। लिगमा दोश्रो स्थान हाँसिल गरेको काठमाडौँले पहिलो क्वालीफायरमा १ विकेटको हार बेहोर्यो।

काठमाडौँको लयमा रहेका खेलाडी : 

आयरल्याण्ड क्रिकेटर केभिन ओ ब्रायनको फर्म काठमाडौँको बलियो पक्ष बनेको छ। उनि ब्याटिंग र बलिङ्ग दुवैमा योगदान दिईरहेका छन् र आफ्नै दममा खेल जिताईरहेका छन्। ओ ब्रायनले बिराटनगरसंग टिमलाई जिताउन मुस्किल अवस्थामा ब्याटिंग गर्दै अविजित ४५ रन तथा बलिङ्गमा पनि ३ विकेट लिए। पछिलो खेलमा चितवन टाइगर्ससंग ९ रनमा आउट भएका ओ ब्रायनले त्यसपछि ललितपुरसंग ४२ रन, पोखरा राइनोजसंग अविजित ५४ रन, भैरहवा ग्ल्याडीएटर्ससंग अविजित ३३ रन तथा बिराटनगर वारियर्ससंग अविजित ४५ रन बनाएका थिए। ब्याटिंगमा कुल १८४ रन बनाएका उनले बलिङ्गमा पनि ९ विकेट लिईसकेका छन्।

Kevin O Brien
Kevin O Brien

ओ ब्रायन बाहेक अन्य २ बिदेशी खेलाडी रोहन मुस्तफा र प्रदिप साहु पनि राम्रो खेलीरहेका छन्। सोमपालको अनुपस्थितिमा कप्तानी गरिरहेका मुस्तफाले पोखरा बिरुद्ध ४० रन बनाउनुको साथै १ विकेट, भैरहवासंग ३६ रन, तथा बिराटनगरसंग २ विकेट लिएका थिए भने क्वालीफायरमा ललितपुरसंग २ विकेट लिनुको साथै ३२ रन पनि बनाएका थिए। उता आईपीएल खेलीसकेका लेग स्पिनर प्रदिप साहुले पनि ५ खेलमा ९ विकेट लिईसेकेका छन्। चितवन बिरुद्ध जितमा ३ विकेट लिएका उनले बिराटनगर वारियर्ससंग पनि २ विकेट लिए भने ब्याटिंगमा पनि ओ ब्रायनसंग महत्वपूर्ण साझेदारी गर्दै अविजित २१ रन बनाएका थिए।

काठमाडौँ किंग्स-११ टिम : बिक्रम भुसाल, नरेश बुढायर, सिद्धान्त लोहनी, जितेन्द्र मुखिया, केभिन ओ ब्रायन, चन्द्र पौडेल , राजु रिजाल, रोह न मुस्तफा , अमर सिंह रौटेला, सागर पुन, प्रदिप साहु, संशाद शेख, अमित श्रेष्ठ, सोमपाल कामि, सागर त्रिभेदी, पूर्वन विश्वकर्मा, सुब्रमन्यन आनन्द





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]