बिग ब्यास : दोश्रो खेलमा सन्दिपको झनै उत्कृस्ट बलिङ्ग प्रदर्शन ( भिडियो सहित )

२०७५ पुष ९, सोमबार १४:०६

  • विकेटनेपाल, पुष-९ , सोमबार 

बिग ब्यास लिग अन्तर्गत दोश्रो खेलमा पनि सन्दिप लामिछानेले उत्कृस्ट प्रदर्शन गरेका छन्। होबर्ट हरिकेन्स बिरुद्धको खेलमा नेपाली स्पिनरले राम्रो प्रदर्शन गरे पनि मेलबर्न स्टार्सले भने दोश्रो हार बेहोर्न पुगेको छ।

टस हारेर पहिले ब्याटिंग गर्दै मेलबर्न स्टार्सले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा होबर्ट हरिकेन्सले ४ विकेट मात्रै गुमाएर लक्ष्य पुरा गर्यो। पहिले ब्याटिंग गर्ने क्रममा मेलबर्नको लागि ग्लेन म्याक्सवेलले ४७ रन ( ३१ बल , ५ छक्का ) तथा निक लार्किनले ४५ रन ( ३३ बल , ५ चौका ) प्रहार गरे। होबर्ट बलर जोफ्रा आर्चरले ३ विकेट तथा ड्यारसी सर्टले २ विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा होबार्ट हरिकेन्स ४ विकेट गुमाएर १८.४ ओभरमा लक्ष्य पुरा गर्यो। जितमा कप्तान तथा ओपनर म्याथु वेडले सर्वाधिक ५२ रन ( ३७ बल , ५ चौका र १ छक्का ) प्रहार गरे। यस्तै ड्यारसी सर्टले ३४ रन ( २२ बल , ५ चौका र १ छक्का ) प्रहार गरे।

सन्दिप लामिछानेको उत्कृस्ट बलिङ्ग        

हारको बाबजुत सन्दिप लामिछानेले उत्कृस्ट बलिङ्ग प्रदर्शन गरे। लक्ष्य पछ्याउने क्रममा राम्रो सुरुवात गरेको होबार्ट ६०/१ रहेको अवस्थामा सन्दिपले एलेक्स डोलनलाई बोल्ड गर्दै सातौँ ओभरमा पहिलो विकेट दिलाएका थिए।

त्यसपछि आफ्नो स्पेलको तेश्रो ओभर बलिङ्ग गर्न १४ औं ओभरमा आएका सन्दिपले खतरनाक बनिरहेका ब्याट्सम्यान म्याथु वेडलाई ५२ रनमा क्याच आउट गराएका थिए। स्पेलको अन्तिम ओभर गर्न १६ औं ओभरमा आएका सन्दिपले त्यसपछि २८ रन बनाएका म्याकडरमटलाई एलबिडब्लु धरापमा पारे।

अघिल्लो खेलमा २ विकेट लिएका सन्दिपले यो पटक ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिंदै राम्रो प्रदर्शनलाई जारि राखे।

सन्दिपको पहिलो ओभर – १ , १ , विकेट ( डोलन ) , १ , १ , १ , दोश्रो ओभर – ० ० ० १ ४ २ , तेश्रो ओभर – ० विकेट ( म्याकडरमट ) , १  , १ , ६ , ०  चौथो ओभर – विकेट , १ , १ , १ , १ , ०

सन्दिपले अघिल्लो खेलमा २ विकेट लिने क्रममा सिड्नी थन्डर्स बिरुद्ध शेन वाटसन र कलम फर्गुसनको विकेट लिएका थिए। २ विकेट लिए पनि सन्दिप महँगो सावित हुने क्रममा ३६ रन खर्चिएका थिए।

लिग अन्तर्गत आगामी खेल मेलबर्न स्टार्स दुवै खेलमा हार बेहोर्दै छैठौं स्थानमा रहेको छ। पर्थ स्कर्चर्स र ब्रिसबेन हिटले पनि २ खेल खेल्दै दुवैमा हार बेहोर्दै मेलबर्न भन्दा तल रहेका छन्। अंकतालिका मा दुई वटै जितको साथ् मेलबर्न रेनेगेड्स र होबर्ट हरिकेन्स पहिलो र दोश्रो स्थानमा रहेका छन्।

मेलबर्न स्टार्सले लिग अन्तर्गत दोश्रो खेल डिसेम्बर २७ तारिक बिहिबार सिड्नी सिक्सर्ससंग खेल्नेछ। सिड्नीको कप्तानी मोइसेस हेनरिकेसले गर्दैछन्।

के हो बिग ब्यास लिग ? 

अस्ट्रेलिया क्रिकेट बोर्ड अर्थात क्रिकेट अस्ट्रेलियाले आयोजना गर्ने बिग ब्यास लिग सन् २०११ देखि सुरु भएको हो। बिग ब्यास लिग सुरु हुनु अघि अस्ट्रेलियामा टि-२० बिग ब्यास भनेर ६ वटा राज्यको प्रतिनिधित्व गर्ने टिमहरु खेल्ने गर्थे जसलाई परिमार्जित गरि ८ सहर प्रतिनिधित्व गर्ने फ़्रेञ्चाइज रझ्दै प्रतियोगिता सुरु गरिएको थियो। लिग अस्ट्रेलियामा ग्रिष्म ऋतुमा ( डिसेम्बर देखि फेब्रुवरी ) आयोजना हुने गर्छ। लिगमा पर्थ स्कर्चर्स इतिहासकै सफल टिम हो जले ३ पटक उपाधि जितीसेको छ। बिग ब्यासको सफलता पछि २०१५ देखि क्रिकेट अस्ट्रेलियाले महिला बिगब्यास लिग समेत सुरु गरेको छ।

सहभागी टिमहरु : एडलेड स्ट्राइकर्स, सिड्नी सिक्सर्स, ब्रिसबेन हिट, सिड्नी थण्डर्स , पर्थ स्कर्चर्स, होबर्ट हरिकेन्स, मेर्लबर्न रेनेगेड्स र मेलबर्न स्टार्स

बिदेशी लिगहरुमा सन्दिपको प्रदर्शन 

सन्दिप लामिछाने यस अघि इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि-२० लिग क्यानडा, अफगानिस्तान प्रिमियर लिगमा खेलीसकेका छन्।

आईपीएलमा दिल्लीबाट खेल्दा सन्दिपले ३ खेलमा ५ विकेट लिएका थिए भने ग्लोबल टि-२० लिगमा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यस्तै क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सको लागि उनले ५ खेलमा कुल ७ विकेट लिएका थिए। अफगानिस्तान प्रिमियर लिगमा नगरहर लिओपार्डको लागि खेलेको १ मात्र खेलमा सन्दिपले २ विकेट लिएका थिए। यस्तै युएईमा सम्पन्न टि-१० लिगमा सन्दिपले ६ खेलमा ६ लिएका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy