डिपिएल अक्सन – कुन टिमले कसलाई कतिमा किन्यो ( सम्पूर्ण सुची )

  • विकेटनेपाल, पुष २१ – शनिवार  

यही माघ २६ गते देखि फाल्गुन ११ सम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग डिपिएलको अक्सन शनिवार सम्पन्न भएको छ।

राजधानीको दरबार मार्ग स्थित अन्नपूर्ण होटलमा सम्पन्न अक्सनमा कुल १८६ जना खेलाडीहरु सहभागी थिए जसमध्ये प्रत्येक टिमले ११ जना खेलाडीहरु टिममा लिएका छन्। टिम खरिद गर्न टिमहरुले अधिकतम १२ लाख रुपैयाँ खर्च गर्न पाउने नियम थियो। १२ लाख बढी रकम खर्चिए २५ प्रतिशत जरिवाना तिर्नु पर्ने व्यवस्था थियो।

अक्सनमा सहभागी खेलाडीहरु मध्ये ७२ जना खेलाडीहरु बिक्रि भए। यस्तै ट्यालेन्ट हन्टबाट आएका १२ जना खेलाडीहरु मध्ये ६ जनालाई ६ वटा टिमले लिए।

अक्सनमा सहभागी ६ वटा टिम मध्ये बसन्त रेग्मी रणनीतिक खेलाडी रहेको रुपन्देही च्यालेञ्जर्सले १४ लाख ४५ हजार रुपैयाँ खर्च गर्यो। यस्तै सोमपाल कामि रणनीतिक खेलाडी रहेको धनगढी स्टार्सले १२ लाख २० हजार, शरद भेसावकर रणनीतिक खेलाडी रहेको महेन्द्रनगर युनाईटेडले ११ लाख ५० हजार, ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहेको काठमाडौँ गोल्डेन्सले १० लाख ९५ हजार, करन केसी रणनीतिक खेलाडी रहेको बिराटनगर किंग्सले ९ लाख ९० हजार तथा दिपेन्द्र ऐरि रणनीतिक खेलाडी रहेको सीवाईसी अत्तरियाले ९ लाख रुपैयाँ खर्च गर्यो।

कुन टिमले कसलाई कतिमा खरिद गर्यो :- 

काठमाडौँ गोल्डेन्स ( ज्ञानेन्द्र मल्ल )  

ललित राजबंशी – २ लाख ५० हजार, अनिल साह – १ लाख ७० हजार , बिक्रम भुसाल – १ लाख ६० हजार  , अबिनभ यादब – ३० हजार , राशिद खान – १ लाख ७० हजार , योगेन्द्र कार्की – ७० हजार, नन्दन यादब – ५० हजार , सोनु तामांग – ६५ हजार , सुर्य तामांग – ५० हजार, मेहबुब आलम – ५० हजार , सुधिर चौधरी – ३० हजार , बिक्रम ठगुन्ना – ३० हजार

महेन्द्रनगर युनाईटेड ( शरद भेसावकर ) 

रोहित पौडेल – २ लाख ३० हजार , अविनाश बोहरा – १ लाख ७० हजार, आरिफ शेख – २ लाख ५० हजार*, अमर सिंह रौटेला – १ लाख २० हजार, सागर ढकाल – १ लाख  , सिद्धान्त लोहनी – ७० हजार, दिलिप नाथ – ७५ हजार, शाहब आलम – ६० हजार, कुशल मल्ल – ५० हजार , दिपेन्द्र चन्द – ३० हजार , सन्तोष भट्ट – ३० हजार , सुशील खड्का – ३० हजार

रुपन्देही च्यालेञ्जर्स ( बसन्त रेग्मी ) 

भिम शार्की – २ लाख ५० हजार,  ललित भण्डारी – २ लाख ५० हजार,  प्रदिप ऐरि – २ लाख ४० हजार, पुरन बिक – ५० हजार, सन्दिप सुनार – १ लाख १० हजार, बिक्रम सोब – ६० हजार, कृष्ण कार्की – १ लाख,  सुमित महर्जन – ७५ हजार, बिनोद भण्डारी – २ लाख ५० हजार , सुरज दराई – ३० हजार  , अनिल खरेल – ३० हजार , शेर मल्ल – ३० हजार

सीवाईसी अत्तरिया ( दिपेन्द्र ऐरि ) 

सन्दिप जोरा – २ लाख ३० हजार, जितेन्द्र सिंह ठकुरी – ७५ हजार, भुवन कार्की – २ लाख १० हजार , दिपेन्द्र रावत – ३० हजार , प्रेम तामांग – ५० हजार , आदील अन्सारी – ५० हजार , रामनरेश गिरि – ७५ हजार , कमल सिंह ऐरि – ९० हजार , शुबेन्दु पाण्डे – ५० हजार, खगेन्द्र जोशी – ३० हजार  , रित गौतम – ३० हजार, ज्ञानेन्द्र कुँवर – ३० हजार

धनगढी स्टार्स ( सोमपाल कामि ) 

पवन सर्राफ – २ लाख ५० हजार,  दिपेश श्रेष्ठ – ८०,०००, सौरभ खनाल – १ लाख ६० हजार, बिपिन खत्री – ९५,००० , हरि बहादुर चौहान – ९५ हजार, अमित श्रेष्ठ – १ लाख ८० हजार , राजु रिजाल – ७५ हजार , रोबिन क्षेत्री – ३५ हजार , सुनील धमला – १ लाख ८० हजार, सन्दिप रजाली – ४० हजार , धिरज शाही – ३० हजार , कृष्ण ऐर – ३० हजार

बिराटनगर किंग्स ( करन केसी ) 

कुशल भुर्तेल – १ लाख ६० हजार, पृथु बास्कोटा – १ लाख २० हजार, अर्जुन अधिकारी – ३० हजार, किशोर महतो – १ लाख, संसाद शेख – ७५ हजार, राजेश पुलामी – ७५ हजार, आसिफ शेख – १ लाख ८० हजार , हरिशंकर शाह – ९० हजार , सुशन भारि – १ लाख , अमृत गुरुङ्ग – ३० हजार , तृत राज दास – ३० हजार , सुबाश ऐर – ३० हजार

( नोट – * राखेको खेलाडी गोला प्रथाबाट टिमले लिएका हुन् जसको लागि १ भन्दा बढी टिमले अधिकतम मूल्यमा बोलि लगाएका थिए )

धनगढी प्रिमियर लिग – टिम र रणनीतिक खेलाडीहरु 

धनगढी स्टार्स – सोमपाल कामि  , महेन्द्रनगर युनाइटेड – शरद भेसावकर , बिराटनगर किंग्स –करन केसी , रुपन्देही च्यालेन्जर्स – बसन्त रेग्मी  , काठमाडौँ गोल्डेन्स – ज्ञानेन्द्र मल्ल , सीवाईसी अत्तरिया –दिपेन्द्र ऐरि

 





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]