एमएम कप : धमलाको उत्कृस्ट प्रदर्शनमा पुलिसको विजयी सुरुवात

Sunil Dhamala

(फिचर फोटो: फाइल)

  • विकेटनेपाल, पौष २१ – बुधबार

आजबाट सुनसरीको इनरुवामा सुरु भएको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा नेपाल पुलिस क्लबले प्रदेश नम्बर-२ लाई ११२ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिंग गरेको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३११ रनको बिशाल योगफल तयार पारेको थियो।

उसका लागि ओपनर सुनिल धमलाले ७३ रनको ( ८० बलमा १३ चौका )  पारि खेलका थिए भने दिलिप नाथले ५९ रन ( ६१ बलमा ३ छक्का र ३ चौका ) तथा कुशल भुर्तेलले अविजित ५६ रन ( ३६ बलमा ७ चौका र १ छक्का ) बनाए। बलिंगतर्फ प्रदेश नम्बर २ का सन्जम रेग्मी ( १०-१-३२-२ ) , हरिशंकर शाह ( १०-०-६८-२ ) , राशिद खान ( ८-०-४७-२ )  र बिशाल सुस्लिङले ( २-०-२१-२ ) समान २/२ विकेट हात पारेका थिए।

जवाफमा ३१२ रनको बिशाल बिजयी लक्ष्य लिएर मैदानमा उत्रिएको प्रदेश नम्बर २ ले निर्धारित ५० ओभरमा मात्र ३७.१ ओभर सामना गर्दै १५८ रनमा सबै विकेट गुमाएको थियो।

उसका लागि ओपनर हरिशंकर शाहले ६० बलको सामना गर्दै ६ चौका र १ छक्का मदतले ५८ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन। त्यस्तै संसाद शेखले २९ रन बनाउँदा आँशु कन्डोईले २८ रन बनाए।

प्रदेश २ लाई सस्तैमा समेट्न नेपाल पुलिस क्लबका ललित राजबंशी ( ९.१-१-३०-३ ) र योगेन्द्र कार्कीले ( ६-०-३३-३ )  ३/३  विकेट हात परे। त्यस्तै रामनरेश गिरि, प्रेम तामांग र कुशल भुर्तेलले समान १/१ विकेट लिए।

नेपाल पुलिसका सुनिल धमला म्यान अफ द म्याच घोषित भए।

भोलि हुने खेलमा नेपाल पुलिस क्लबले शान्तिदिप इनरुवा ११ सँग खेल्ने छ। खेल बिहान ९ बजेदेखि सुरु हुनेछ। माघ ७ गतेसम्म चल्ने प्रतियोगितामा शान्ति दीप नेपाल इनरुवा तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजना रहेको छ।

प्रतियोगिताको विजेताले उपाधिसँगै रु. ४ लाख १ हजार , उपविजेताले रु २ लाख १ हजार तथा सेमिफाइनलमा पुग्ने टोलीले रु २५/२५ हजार पाउनेछन्। यस्तै उत्कृष्ट खेलाडीले रु ५१ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही रु २० हजार १०० पुरस्कार पाउनेछन्। अनुशासित टोलीले १५ हजार र उदीयमान टोलीले १० हजार नगद पाउनेछन्।





थप समाचार

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]