बिपिएल : सन्दिपको सानदार प्रदर्शनका बाबजुत सिलहेट पराजित

  • विकेटनेपाल, पुष-२२ , आइतबार 

सन्दिप लामिछानेले राम्रो बलिङ्ग प्रदर्शन गरे पनि बंगलादेश प्रिमियर लिगमा सन्दिपको टिम सिलहेट सिक्सर्स पराजित भएको छ। खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै सिलहेटले दिएको १२८ रनको लक्ष्य कोमिल्ला भिक्टोरियन्सले ६ विकेट गुमाएर १९.५ ओभरमा पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा शहिद अफ्रिदीले अविजित ३९ रन बनाउन २५ बलमा २ छक्का र ५ चौका प्रहार गरे। यस्तै ओपनर तमिम इकबालले ३५ रन बनाए। सिलहेटको लागि सन्दिप लामिछाने र अल अमिन होसेनले २/२ विकेट लिए।

यस अघि पहिलो ब्याटिंग गर्ने क्रममा सिलहेटले २० ओभरमा ८ विकेट गुमाएर १२७ रन बनाएको थियो। निकोलस पुरनले सर्वाधिक ४१ रन बनाउन २६ बलमा २ छक्का र ५ चौका प्रहार गरे।

सन्दिपको सानदार डेब्यु 

बिग ब्यास लिग खेलेर बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश पुगेका सन्दिपलाई सिलहेट सिक्सर्सले पहिलो खेलमा डेब्यु गराएको थियो। चर्चित दक्षिण अफ्रिकी लेग स्पिनर इमरान ताहिर हुँदा हुँदै सन्दिपलाई दिएको मौका नेपाली लेग स्पिनरले खेर फालेनन्।

खेलमा ४ ओभर बलिङ्ग गरेका सन्दिपले ४ ओभरमा मात्र १६ रन खर्चिए २ ठुलो विकेट लिए। चर्चित पाकिस्तानी ब्याट्सम्यान शोयब मलिक र बंगलादेशी रास्ट्रिय क्रिकेटर अनामुल हकलाई सन्दिपले पेभेलियनको बाटो फर्काए।

सन्दिपको पहिलो ओभर – ५ रन ( १ १ ० १ १ १ )

दोश्रो इनिंगको आठौँ ओभरमा आफ्नो पहिलो ओभर बलिङ्ग गरेका सन्दिपले ५ रन खर्चिए। उक्त ओभरमा क्रिजमा कप्तान स्टिभ स्मिथ र तामिम इकबाल थिए। स्मिथले ३ र इकबालले २ रन बनाए।

सन्दिपको दोश्रो ओभर  –  ३ रन ( १ ० ० १ ० १ )

लगातार स्पेलमा बलिङ्ग गर्न आएका सन्दिपले ओभरमा मात्र ३ रन खर्चिए। शोयब मलिकले २ रन तथा इकबालले १ रन बनाए।

सन्दिपको तेश्रो ओभर – १ विकेट ७ रन ( २-वाइड  वाइड १ १ ० १ लेगबाई १ विकेट )

१३ औं ओभरमा आफ्नो तेश्रो ओभर गर्न आएका सन्दिपले ओभरको छैठौं बलमा चर्चित पाकिस्तानी क्रिकेटर शोयब मलिकको विकेट लिए। सन्दिपले गरेको सर्ट बलमा डिप-मिड विकेटमा पुल गरेका मलिक क्याच आउट भए।

सन्दिपको चौथो ओभर – १ विकेट २ रन ( २ विकेट ० ० ० ० )

१५ औं ओभरमा बलिङ्ग गर्न आएका सन्दिपले ओभरको दोश्रो बलमा बंगलादेश राष्ट्रिय क्रिकेटर अनामुल हकलाई बोल्ड गरे। सन्दिपले गरेको गुग्लिमा स्विप गर्ने प्रयास गरेका अनामुलको अफ स्टम्प सन्दिपले ढाल्दै दोश्रो विकेट लिएका थिए। विकेटपछिको लगातार ४ बलमा सन्दिपले शहिद अफ्रिदीलाई कुनै पनि रन दिएनन्।

फलस्वरूप सन्दिपले ४ ओभर गर्दा मात्र १६ रन खर्चेर २ विकेट लिए। यस क्रममा उनले कुनै पनि चौका र छक्का दिएनन् भने ९ वटा डट बल फाले।

सन्दिपले बिग ब्यास लिगमा पनि पहिलो खेलमा सिड्नी थन्डर्ससंग पहिलो खेलमै २ विकेट लिएका थिए भने ४ खेलमा ८ विकेट लिएका थिए।

बंगलादेश प्रिमियर लिगमा सिलहेट सिक्सर्सको खेल तालिका : जनवरी ६ – कोमिल्ला भिक्टोरिएन्स ,जनवरी ९ – चिट्टागोंग भिकिङ्गस , जनवरी १२ – ढाका डाइनामाइट्स , जनवरी १५ – कोमिल्ला भिक्टोरिएन्स , जनवरी १६ – रंगपुर राइडर्स, जनवरी १८ – ढाका डाइनामाइट्स , जनवरी १९ – रंगपुर राइडर्स , जनवरी २३ – खुल्ना टाईटन्स, जनवरी २५ – राजशाही किंग्स , जनवरी २६ – खुल्ना टाईटन्स , जनवरी ३० – राजशाही किंग्स , फेव्रुअरि १ – चिट्टागोंग भिकिङ्गस





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]