महिला क्रिकेट हेर्न दर्शकको घुइँचो ( फोटो फिचर सहित )

  • विकेटनेपाल, २४ पुष, बोदेबर्साइन 

मंगलबार बोदेबर्साइनको जाजरा मैदानमा मैत्रीपूर्ण महिला क्रिकेट खेल हेर्न ठुलो संख्यामा दर्शकहरु पुगे।

महिला क्रिकेटको विकासको लागि सेभ द चिल्ड्रेनको साझेदारीमा सबल नेपालले सप्तरी जिल्लामा डेढ महिना देखि प्रशिक्षण गराएको थियो। प्रशिक्षणको लागि काठमाडौँ देखि राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा पनि सप्तरी पुगेका थिए भने कीर्तिमानी स्थानीय राष्ट्रिय खेलाडी मेहबुब आलमले पनि महिला खेलाडीहरुलाई क्रिकेट ‘क’ सिकाए। कार्यक्रममा करिब १०० जना महिला खेलाडीहरुले सहभगिता जनाएका थिए।

मङ्सिर १३ गते देखि सुरु भएको प्रशिक्षण कार्यक्रमको समापन स्वरुप आयोजना गरिएको मैत्रीपूर्ण क्रिकेट हेर्न साना देखि ठुला मात्रै हैन बृद्ध बृद्धा देखि गृहिणीहरु पनि पुगेर आफ्ना चेलीहरुलाई हौसला प्रदान गरे। ब्याट र बल के हो थाहा नभएको अवस्था देखि किशोरीहरुले चौका हानेको र विकेट लिएको दृश्य मनमोहक थियो। अझ रोमान्चक अवस्थामा पुगेको फाइनल खेलले दर्शकहरुको उत्साहमा सुनमा सुगन्ध थपेको थियो।

टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको मैत्रीपुर्ण महिला क्रिकेटमा खडक नगरपालिकाले सुरुंगा नगरपालिकालाई रोमान्चक खेलमा ४ विकेटले हराउदै उपाधि हात पार्यो।

टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गरेको सुरुंगा नगरपालिकाले निर्धारित १० ओभरका खेलमा ८ बिकेटको नोक्सानीमा ७२ रनको योगफल तयार पारेका थिए। सुरुंगाका लागि गिता चौधरीले १७ तथा बिपना चौधरीले १२ रनको योगदान दिएका थिए। बलिंगतर्फ खडकका सुस्मीता चौधरीले ४ ओभरमा २१ रन दिई ३ बिकेट तथा पुजा चौधरी र कृति चौधरीले सामान २ विकेट लिएका थिए।

७३ रनको लक्ष्य लिई मैदानमा ओर्लेको खडकले उक्त लक्ष्य रोमान्चक रुपमा अन्तिम ओभरको अन्तिम बलमा भेटाएका थिए। खडकलाई बिजयी दिलाउन भोलावति चौधरीले बिस्फोटक २० बलमा ६ चौकाको मद्धतले नटआउट रहि ३४ रनको योगदान दिएका थिए भने अन्जली चौधरीले १६ रनको योगदान दिएका थिए । बलिंग तर्फ सुरुंगाका मोनिका चौधरी र गिता चौधरीले सामान ३ विकेट लिएका थिए।

खेलको प्लेयर अफ द म्याच खडक नगरपालिकाका भोलावति चौधरीलाई नगद तथा पुरस्कार सहित सम्मान गरिएको । बिजयी खेलाडिलाई सप्तरी क्रिकेट संघका सदस्य अनवर अलीले ट्रफी वितरण गरेका थिए।





थप समाचार

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]