एमएम कप : बिनोद भण्डारीले शतक बनाउदा आर्मीको बिशाल जित

Binod Bhandari
  • विकेटनेपाल, पुष २५ – बुधवार 

सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समुह ‘बि’ अन्तर्गतको दोश्रो खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर-६ कर्णालीलाई बिशाल अन्तरले पराजित गर्दै सेमी-फाइनलमा स्थान पक्का गरेको छ।

टस जितेर ब्याटिंग गर्दै आर्मीले ५० ओभरमा सम्पूर्ण विकेट गुमाएर ३१४ रनको योगफल तयार गरेपछि ३१५ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली प्रदेश टिम ६५ रनमै समेटिन पुग्दा आर्मीले २४९ रनको जित हात पार्यो।

लक्ष्य पछ्याउने क्रममा कर्णालीलाई सस्तोमा समेट्न कुशल मल्लले ४ विकेट हात पारे। मल्लले ८.५ ओभरमा २ मेडन ओभर गर्दै १६ रन खर्चिए। यस्तै शाहब आलमले पनि ३ विकेट लिन ४ ओभरमा १ मेडन ओभर गर्दै मात्र ८ रन खर्चिए। बिक्रम सोब ( ५-१-१३-१ ) र हरि चौहानले ( ४-०-१२-१ ) ले १/१ विकेट लिए।

Kushal Malla
कुशल मल्लले ४ विकेट लिए ( फाइल फोटो )

कर्णाली प्रदेशको लागि ओपनर निशाल महतले सर्वाधिक २७ रन ( ४९ बलमा ५ चौका ) बनाए। टेक सलामीले १६ र प्रकास जैसीले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले २ अंकमा रन बनाउन सकेनन्। कर्णालीका ६ जना ब्याट्सम्यानहरु खाता नखोली आउट भए। अतिरिक्तको रुपमा आर्मीले ७ रन खर्चियो।

बिनोद भण्डारीको आक्रामक शतक 

पहिले ब्याटिंग गर्ने क्रममा आर्मीको लागि ओपनिङ्ग ब्याटिंग गरेका कप्तान बिनोद भण्डारीले शतकीय इनिंग खेले। मात्र ६५ बल मा १३ चौका र ३ छक्का प्रहार गरेका भण्डारीले १०३ रन बनाए।

टस जितेर ब्याटिंग गर्दा आर्मीले पहिलो ३ विकेट ५२ रन बनाउदा ६.४ ओभरमा गुमाएपछि बिनोदले चौथो विकेटको लागि भिम शार्कीसंग ११७ रनको साझेदारी गरेका थिए। ओपनर कुशल मल्ल ( ६ ) , राजु रिजाल ( ९ ) तथा राजेश पुलामी ( ६ ) चाडै आउट भए।

चौथो विकेटको रुपमा भण्डारी २४ औं ओभरको पहिलो बलमा राज कुमार शाहको बलमा बोल्ड भएका थिए। भण्डारीको विकेटपछि आर्मीका रोहित पौडेल २ रन तथा हरि चौहान खाता नखोली आउट भए।

भिम शार्की शतक बनाउन चुके ( फाइल फोटो )

अर्को किनारमा विकेट गुमे पनि भिम शार्कीले तल्लो क्रमका ब्याट्सम्यानसंग साझेदारी गर्दै टिमको योगफल ३०० पार गराए। दशौँ विकेटको रुपमा शार्की ४८ औं ओभरमा प्रकास जैसीको बलमा क्याच आउट हुनु अघि उनले ९६ रन बनाए। ११० बल खेल्ने क्रममा सार्कीले ७ चौका र १ छक्का प्रहार गरे।

सार्कीले सातौँ विकेटको लागि बिक्रम सोबसंग ४० रनको तथा आठौँ विकेटको लागि हरे कृष्ण झासंग ७५ रनको साझेदारी गरे। हरे कृष्ण झाले ४० रन ( ४१ बलमा ४ चौका र २ छक्का ) तथा बिक्रम सोबले ३५ रन ( ३९ बलमा २ चौका र १ छक्का ) बनाए।

कर्णाली प्रदेशको लागि युबराज केसीले ३ सर्वाधिक ३ विकेट ( १०-०-५१-३ ) लिए। यस्तै दिवान पुनले २ विकेट ( १०-१-४०-२ ) तथा चन्द्र बिसी र राज कुमार साहले १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच बिनोद भण्डारी चुनिए।

प्रतियोगितामा समुह ‘ए’ बाट यस अघिनै नेपाल पुलिस क्लब सेमीफाइनल प्रवेश गरिसकेको छ।

माघ ७ गतेसम्म चल्ने प्रतियोगितामा शान्ति दीप नेपाल इनरुवा तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजना रहेको छ। प्रतियोगिताको विजेताले उपाधिसँगै रु. ४ लाख १ हजार , उपविजेताले रु २ लाख १ हजार तथा सेमिफाइनलमा पुग्ने टोलीले रु २५/२५ हजार पाउनेछन्। यस्तै उत्कृष्ट खेलाडीले रु ५१ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही रु २० हजार १०० पुरस्कार पाउनेछन्। अनुशासित टोलीले १५ हजार र उदयमान खेलाडीले १० हजार नगद पाउनेछन्।

( फिचर फोटो – फाइल )





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]