टि-२० अन्तर्राष्ट्रिय डेब्युमा करुना भण्डारीको किर्तिमान

२०७५ पुष २८, शनिबार १२:१८

Karuna Bhandari
  • विकेटनेपाल, पुष २८ – शनिवार 

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले थाईल्याण्ड टि-२० स्म्यास प्रतियोगिता अन्तर्गत चिनसंग पहिलो खेल खेल्दै टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गर्यो। नेपालले चिनसंग खेलेको खेल आईसीसीको मान्यता प्राप्त ५३६ औं टि-२० अन्तर्राष्ट्रिय खेल हो।

डेब्यु खेलमा नेपाली बलर करुना भण्डारीले टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ठुलो सफलता हात पारेकी छिन्। करुनाले रेकर्ड हात पार्ने क्रममा इंग्ल्याण्डका नाम चलेका खेलाडीहरु आन्या श्रबशोल, कथेरिन बर्न्ट र भारतकि पुनम यादवलाई समेत पछि छाडिन्।

थाइल्याण्डमा शनिवारबाट सुरु भएको वोमेन्स टि-२० स्म्यास प्रतियोगिता अन्तर्गत नेपालले चिनको महिला टोलीलाई १० विकेटले पराजित गरेको हो। चिनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपाली महिला टोलीले मात्र ८.४ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो।नेपाली टोलीलाई जितसम्म पुर्याउन सिता राना मगरले अविजित २४ तथा काजोल श्रेष्ठले अविजित १९ रनको योगदान गरिन्। २९ बलमा काजलले १ चौका तथा सिताले २५ बलमा ३ चौका प्रहार गरिन्।

यसअघि पहिले ब्याटिंग गरेको चिनले नेपाली टोलीको अघि रन बनाउन संघर्ष गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ४८ रन जोडेको थियो।चिनको इनिंगमा पनर झाङ चानले सर्वाधिक १३ रन बनाइन्। अन्यले दोहोरो अंककमा रन बनाउन सकेनन्। नेपालको बलिंगतर्फ करुना भण्डारीले आफ्नो ४ ओभरको स्प्लेमा कसिलो बलिंग प्रदर्शन गर्दै मात्र ९ रन खर्चेर ३ विकेट हात पारिन्। यस्तै नेरी थापाले ४ ओभरमा २ ओभर मेडन राख्दै ६ रन मात्र दिएर २ विकेट लिएन्। १ विकेट सिता राना मगरले लिईन्।

करुनाको रेकर्ड 

नेपालको पहिलो टि-२० अन्तर्राष्ट्रिय हुनाले करुनाले पहिलो खेलमा धेरै रेकर्ड बनाएकी छिन्। नेपालको लागि मात्रै हैन उनको बलिङ्ग प्रदर्शन अन्तर्राष्ट्रिय टि-२० को हालसम्मको डेब्यु प्रदर्शनहरुमा उत्कृस्ट प्रदर्शनहरु मध्येको एक हो।

चिन बिरुद्धको सानदार बलिंग प्रदर्शन पछि करुना महिला टि-२० अन्तर्राष्ट्रिय डेब्युमा उत्कृस्ट बलिंग प्रदर्शन गर्ने खेलाडीको सुचिमा ११ औं स्थानमा परेकी छिन्। खेलको प्लेयर अफ द म्याच पनि चुनिएकी दायाँ हाते अफ स्पिनर करुनाले चिन बिरुद्ध ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिएकी हुन्।

महिला टि-२० अन्तर्राष्ट्रिय डेब्युमा उत्कृस्ट प्रदर्शन गर्ने सूचिको शिर्ष स्थानमा बोत्सवानाकि बोत्सोगो म्पेदी रहेकी छिन्। उनले लेसोथो बिरुद्ध २.३ ओभरमा ८ रन खर्चिएर ६ विकेट लिएकी थिइन्।

Karuna Bhandari
Karuna Bhandari

सुचिमा नाम चलेका महिला खेलाडीहरु स्र्बंथी नयडू ( भारत ) तेस्रो स्थानमा, एलिस पेरि ( अष्ट्रेलिया )  पाँचौ स्थानमा, हेदर ब्रन्ट ( इंग्ल्याण्ड) उन्नाईसौं स्थानमा, आन्या श्रबशोल ( इंग्ल्याण्ड) एक्काईसौं स्थानमा  र पुनम यादव ( भारत ) तेइसौं स्थानमा रहेका छन्।

नेपालको पहिलो टि-२० अन्तर्राष्ट्रिय हुनाले करुना स्वतः नेपालको लागि सबैभन्दा धेरै टि-२० अन्तर्राष्ट्रिय लिने खेलाडीको सुचीमा पहिलो स्थानमा छिन्। यस्तै नेपालकको लागि टि-२० अन्तर्राष्ट्रियमा उत्कृस्ट बलिङ्ग प्रदर्शन पनि करुनाको नाममा भएको छ। खेलमा सिता राना मगरले बनाएको अविजित २४ रन नेपाली खेलाडीले महिला टी-२० अन्तर्राष्ट्रियमा बनाएको सर्वाधिक व्यक्तिगत रन हो।

करुना भण्डारी नेपाली महिला क्रिकेट टिमको लागि ह्याट्रिक लिने दोश्रो बलर समेत हुन्। उनले सन् २०११ फेब्रुअरी ७ तारिखका दिन कुबेतमा भएको एसीसी महिला टी२० च्याम्पियनसिप अन्तर्गत थाइल्याण्ड बिरुद्द ह्याट्रिक लिएकी थिईन्। पहिलो ह्याट्रिक लिने खेलाडी भने रुबिना क्षेत्री हुन् जसले सन् सन् २००९ को एसिसी महिला टी-२० प्रतियोगिता अन्तर्गत सिंगापुरबिरुद्द ह्याट्रिक सहित ५ विकेट लिएकी थिईन्। सन् २०१७ मा सबनम राईले पनि चिन बिरुद्ध महिया टि-२० बिश्वकप एसिया छनौट प्रतियोगितामा ह्याट्रिक लिएकी थिईन्।

यसअघि नै नेपालको राष्ट्रिय टिम (पुरुष) ले भने ४ वर्षको लागि एकदिवसीय अन्तर्राष्ट्रिय टिमको मान्यता पाइसकेकोले टि २० अन्तर्राष्ट्रिय मान्यता स्वाभाविक रुपमा पाएको छ।

आईसीसीले सन् २०१८ मा निर्णय गर्दै आइसीसीका सम्पूर्ण सदस्य राष्ट्रहरुलाई सन् २०१९ को जनवरी १ तारिखदेखि टि २० अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्रको अनुमति दिएको थियो। यसबाट पुरुष तर्फका १०५ राष्ट्र र महिला तर्फका ४६ क्रिकेट खेल्ने राष्ट्रहरुलाई वरियतामा समेत राखिएको छ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy