नेपालद्वारा केन्या पराजित

  • विकेटनेपाल, मङ्सिर १७

बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईसंगको खेलको अघि खेलिएको दोश्रो अभ्यास खेलमा आज नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको छ। यस अघि पहिलो अभ्यास खेलमा शुक्रबार नेपालले अमेरिकासंग ५ विकेटको पराजय बेहोरेको थियो।

स्कोरकार्ड 

नर्सरी ओभल मैदान आबुदाबिमा टस जितेर नेपालले केन्यालाई पहिले ब्याटिंगको निम्तो दिएको थियो।केन्याले ३२.२ ओभरमा ११० रनमै सबै विकेट गुमाएपछि नेपालले १११ रनको लक्ष ४ विकेट गुमाई १९.५ ओभरमै भेटाएको हो।

लक्ष पछ्याउने क्रममा नेपालले पहिलो ३ विकेट २९ रनको स्कोरमै गुमाएको थियो। ओपनर दिलि नाथ ० , सागर पुन १ तथा अनिल शाह १३ रन बनाएर आउट भएका थिए। त्यसपछि दिपेन्द्र ऐरी र शरद भेसावकरले सम्हालिएर ब्याटिंग गर्दै नेपाललाई जिततर्फ डोर्याएका थिए।

दिपेन्द्र र शरदले चौथो विकेटको लागि ७८ रनको साझेदारी गरे।

दिपेन्द्र ४६ रन बनाउदै नेपाललाई जित नजिक पुर्याएर रन आउट हुनपुगेका थिए । उनले मात्र ३५ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।

दिपेन्द्रको विकेट पछि आरिफ शेखले चौका प्रहार गर्दै नेपाललाई जित सम्म पुर्याएका थिए। आरिफ ४ रनमा तथा शरद भेसावकर ३१ रनमा अविजित रहे। शरदले ५० बलमा ३ चौका प्रहार गरे।

dipendra airee
दिपेन्द्र ऐरीले ४६ रन बनाए

यस अघि टस जितेर नेपालले केन्यालाई पहिलो ब्याटिंगको निम्तो दिंदै ३२.२ ओभरमा ११० रनमै अलआउट गरेको थियो।

नेपालको लागि ललित भण्डारी एक्लैले ४ विकेट हात पारे। जुन क्रममा देब्रेहाते फास्ट बलर भण्डारीले १० ओभर बलिंग गर्दै १ मेडन ओभर सहित ४६ रन खर्चिए। यस्तै सन्दिप लामिछानेले कसिलो बलिंग गर्दै २ विकेट लिनेमा ३.२ ओभर ५ रन खर्चिए।

करन केसी , सागर पुन र आरिफ शेखले १/१ विकेट हात पारे भने किफायती बलिंग गरेका शक्ति गौचन विकेट बिहिन ( ६-३-८-० ) रहे ।  सागर पुनले ३ ओभरमा मात्र ४ रन खर्चिए भने , कारणले ७ ओभरमा ४० रन तथा आरिफले ३ ओभरमा ६ रन दिए।

ललित सिंह भण्डारीले ४ विकेट हात पारे

केन्या ओपनर रिसब पटेलले सर्बाधिक २५ रन तथा एलेक्स ओबान्डाले २५ रनको  योगद दिए। दुवैले पहिलो विकेटको लागि ५४ रनको साझेदारी गर्दा मात्र ५.४ ओभर खेलेका थिए। ओबान्डालाई छैठौ ओभरमा कारन केसीले आउट गरेपछि केन्याले लगातार विकेट गुमाएको थियो।

पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, सोमपाल कामि र बिनोद भण्डारी आजको खेल खेलेका थिएनन्।

खेलको स्कोरकार्ड 

नेपालले बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईसंग ६ र ८ डिसेम्बरमा सातौँ चरणको खेलहरु खेल्ने कार्यक्रम रहेको छ।

( फोटोहरु – फाइल )





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]