नेपाल ऐतिहासिक सिरिज जित नजिक, यी हुन् नेपालले जित्ने ४ आधार

Sompal Kami
  • विकेटनेपाल, माघ १३ , आइतबार 

युएईमा जारि एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपाल र युएईले १-१ खेल जित्दा सिरिज बरबारीमा रहेको छ।

पहिलो एकदिवसीयमा ३ विकेटले पराजित भए पछि शानदार कम्ब्याक गर्ने क्रममा युएईलाई १४५ रनले पराजित गरेको नेपाल सामु अब पहिलो ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जित्ने मौका रहेको छ।

नेपालले गत वर्ष अगस्टमा नेदरल्याण्डसंग २ वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज खेलेको थियो जसपछि दोश्रो पटक सिरिज खेल्दैछ। नेदरल्याण्डसंगको सिरिज १-१ को बराबरीमा टुंगिएको थियो। तेश्रो एकदिवसीय सोमबार ११:१५ बजे बिहान दुबई स्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा खेलिनेछ।

नेपालले सिरिज जित्ने जित्ने ४ आधार

१.  युएईको कमजोर ब्याटिंग 

इतिहासमा र बिगत २ वर्षमा नेपाल र युएई बीचको खेल विश्लेषण गर्ने हो भने युएईले नेपाललाई अधिकांश खेलहरुमा पराजित गर्दै आएको थियो। गत वर्ष नामिबियाको डिभिजन-२ प्रतियोगिताको लिग चरणको खेलमा नेपालले युएईलाई पराजित गर्नु अघि बिश्व क्रिकेट लिग च्याम्पियनसिपको २ वटा खेलमा पराजित भएको थियो। यस्तै गत वर्ष अगस्टमा मलेसियामा भएको एसिया कप छनौट प्रतियोगितामा पनि नेपाल सहजै पराजित भएको थियो।

युएईको बलियो पक्ष रहँदै आएको ब्याटिंग यो सिरिजमा नचल्नु युएई हारको प्रमुख कारण बनेको छ। पहिलो खेलमा युएईलाई नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याउन हम्मेहम्मे परेको थियो भने दोश्रो खेलमा त ९७ रनमै समेटिन पुग्यो। दुवै खेलमा युएईको ब्याटिंग निकै फ्लप रह्यो। दुई खेलमा युएईको ब्याट्सम्यानले बनाएको सर्वाधिक रन ३० हो जुन घुलाम शब्बिरले बनाएका थिए। ठुलो इनिंग खेल्न माहिर युएई ब्याट्सम्यानहरु अर्धशतकसम्म पनि पुग्न सकीरहेका छैनन्।

युएईका अनुभवी खेलाडी तथा कप्तान रोहन मुस्तफा र रामिज शाहजादको अनुपस्थितिले युएई ब्याटिंग कमजोर बनेको छ। मुस्तफा र शाहजाद सहित एहमद राजा युएई क्रिकेट बोर्डले ८ हफ्ताको लागि निलम्बन गरेको छ। 

युएईको बलियो पक्ष ब्याटिंगनै नचल्ने हो भने नेपाललाई पराजित गर्नु मुस्किल हुनेछ। तेश्रो एकदिवसीयमा युएईले पहिले ब्याटिंग गर्ने मौका पाए ठुलो योगफल बनाएर मात्र नेपाललाई दबाबमा राख्न सकिन्छ। युएईको ब्याटिंग कमजोर देखिएको परिस्थितिमा नेपाललाई सिरिज जित्ने उत्कृस्ट मौका रहेको छ।

२. नेपालको बलिङ्ग लाइन-अप , सोमपाल र सन्दिपको लय 

बिश्वस्तरीय स्पिनर सन्दिप लामिछानेको उपस्थितिले नेपालको बलिङ्ग पक्ष मजबुत रहेको छ भने  घाँसे पिच पाउदा सोमपाल कामिको लय उत्कृस्ट रहेको छ। सन्दिपको बल बुझ्न युएई ब्याट्सम्यानहरु फेल भइरहेका छन्। उनले २ खेलमा ६ विकेट लिंदा युएई ब्याट्सम्यान निरिह सावित भएका थिए।

उता सोमपालले पनि २ खेलमा ६ विकेट लिंदा युएई ब्याट्सम्यानको होस् उडाईरहेका छन्। तिब्र गति बलिङ्गमा करन केसी र पारस खड्काले बल प्रदान गरिरहेका छन् भने सन्दिप बाहेक अन्य स्पिनर नेपालले प्रयोगनै गर्नु परेको छैन।

दोश्रो खेलमा नेपालले मात्र ४ जना बलर प्रयोग गरेको थियो। दुवै खेलमा अन्तिम-११ मा रहे पनि ललित राजबंशीले बलिङ्ग गर्न नपाउनुले नेपालको बलिङ्ग अवस्था देखाउछ। सुरुवात देखि सोमपाल र करनले युएई ब्याट्सम्यानलाई दबाब बनाउने गरेका छन् भने त्यसपछि सन्दिप लामिछानेको आगमनले युएई ब्याट्सम्यानले क्रिजमा सुखको स्वास फेर्न पाएका छैनन्।

Paras Khadka, Sandeep Lamichhane
Paras Khadka, Sandeep Lamichhane ( Photo – Thenational.ae )

३. नेपालको ब्याटिंगमा सुधार 

पहिलो खेलमा ११३ रनमा समेटिन पुग्दा आलोचित बनेको नेपाली ब्याटिंग दोश्रो खेलमा अस्चार्यजनक रुपमा सुधार भएको थियो। नेपाली ब्याट्सम्यानहरु दोश्रो खेलमा निकै सोच विचार गरेर सट खेलीरहेको देखिन्थे भने साझेदारी बनाउने प्रयास ब्याट्सम्यानहरुको थियो। यस्तै ब्याट्सम्यानहरुले अघिल्लो खेल भन्दा बललाई ढिलो खेलीरहेका थिए।

निरन्तर आलोचित नेपाली ओपनरले दोश्रो खेलमा अर्धशतकीय साझेदारी गर्नु नेपालको राहतको स्वास फेर्ने कारण हो। मध्ये क्रम चिन्ताको बिषय बने पनि पहिलो खेलमा भन्दा ब्याट्सम्यानले विकेट दिन कन्जुसी गर्नु सकारात्मक पक्ष हो।

मुस्किल पिचमा २४२ रन बनाउदा युएई ब्याट्सम्यानहरु योगफल देखेर डराएका थिए। नेपाली ब्याट्सम्यानहरुको समझबुझ पूर्ण ब्याटिंगको अगाडी दोश्रो खेलमा एसोसीएट क्रिकेटमा उत्कृस्ट मध्येका बलर मानिने मोहम्मद नबिद समेत महँगो ( १०-१-५६-१ ) साबित भएका थिए।

तल्लो मध्यक्रममा रोहित पौडेलको आगमनले ब्याटिंग लाइन अप मजबुत बनेको छ भने माथिल्लो क्रमको ब्याट्सम्यानलाई पनि तल्लो क्रममा ब्याट्सम्यानले राम्रो खेल्दा दबाब अवस्य कम हुन्छ। पारस खड्का, दिपेन्द्र ऐरि र बिनोद भण्डारीबाट टिमले अझ राम्रो प्रदर्शनको आशा गरेको छ जसले रन बनाउने हो भने युएईलाई पराजित गर्न मुस्किल हुनेछैन।

Rohit Paudel
Rohit Paudel ( Photo – TheNational.ae )

४. अल-राउण्डरको टिम 

नेपालको टिम अल-राउण्डरहरुले भरिएको छ। सोमपाल कामि, पारस खड्का, पवन सर्राफ, दिपेन्द्र ऐरि जस्ता अल-राउण्डरले टिमलाई मजबुत बनाएको छ। अल-राउण्डरहरुको उपस्थितिले टिममा नौ नम्बरसम्म राम्रो ब्याट्सम्यानहरु रहेका छन् भने सन्दिपले पनि योगदान दिंदा अझ ब्याटिंग क्रम लामो देखिएको छ।

सोमपाल त पहिलो खेलमा ४ नम्बरमा ब्याटिंग गर्न आएका थिए र रन समेत बनाएका थिए। करन केसीले बारम्बार आफुलाई ब्याट्सम्यानको रुपमा प्रमाणित गर्दै आएका छन्। बलिङ्गको कुरा गर्दा पारस खड्का नियमित तिब्र गति बलिङ्ग गरिरहेका छन् र विकेट पनि दिलाएका छन्। अफ स्पिनर पवन सर्राफ र दिपेन्द्र ऐरिको प्रयोगनै गर्नु परेको छैन।

टिममा धेरै अल-राउण्डर हुँदा ब्याटिंगमा गहिराई देखिन्छ भने बलिङ्गमा पनि बिकल्पहरु धेरै छ। नेपालको यो बलियो पक्षले तेश्रो खेलमा जिताउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

( Feature Photo – Thenational.ae )

तपाईको विचार कमेन्ट गर्नु होला है।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]