ऐतिहासिक शृंखला जित्दा पारस प्लेयर अफ दि म्याच र प्लेयर अफ दि सिरिज

  • विकेटनेपाल, माघ-१४ , सोमबार 

कप्तान पारस खड्काले सानदार ब्याटिंग गर्दै शतक बनाएपछि युएई बिरुद्धको शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपालले ४ विकेटको सानदार जित निकालेको छ। जितसंगै नेपालले शृंखला समेत २-१ ले आफ्नो नाम गरेको हो।

ऐतिहासिक उपलब्धि हाँसिल गर्ने खेलमा कप्तान पारस खड्का प्लेयर अफ दि म्याच घोषित भएका छन्। पारसले नेपाललाई खेल जिताउन सानदार ब्याटिंग गर्दै शतक बनाए। एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालको तर्फबाट शतक बनाउने पहिलो खेलाडी बन्ने क्रममा पारसले ११५ रनको बिशाल इनिंग खेले।

युएईले पहिले ब्याटिंग गर्दै दिएको २५५ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर ४४.४ ओभरमा पुरा गरेको हो।

२५५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ओपनर बिनोद भण्डारीलाई चाडै गुमाउन पुग्यो। भण्डारी ९ रन बनाएर मोहम्मद नबिदको बलमा विकेटकिपरबाट समातिन पुगे। भण्डारीको विकेट पछि ब्याटिंग गर्न आएका पारस खड्काले ओपनर ज्ञानेन्द्र मल्लसंग अर्धशतकीय साझेदारी गरेका थिए।

यस्तै पारसले तेस्रो विकेटका लागि दिपेन्द्र ऐरीसंग १७ रन, चौथो विकेटका लागि सुन्दिप जोरासंग ३१ रन तथा पाँचौ विकेटका लागि रोहित कुमार पौडेलसंग ५४ रन र छैठौं विकेटका लागि आरिफ शेखसंग ३२ रनको साझेदारी गरेका थिए।

छैठौं विकेटका स्वरूप पभेलियन फर्किनु अघि पारसले १०९ बलमा ११५ रन जोडे। त्यसक्रममा उनको ब्याटबाट १५ चौका र छक्का निस्कियो। पारसकको विकेट पश्चात सोमपाल कामी (२६) र आरिफ शेख (२१) ले अविजित ४० रनको साझेदारी गर्दै नेपाललाई जितसम्म पुर्याए।

पारस प्लेयर अफ दि सिरिज : 

यस्तै नेपाली कप्तान पारस खड्का शृंखलाको उत्कृस्ट खेलाडी , प्लेयर अफ दि सिरिज समेत घोषित भए। शृंखलाको ३ खेलको ३ इनिंगमा पारसले कुल १५६ रन बनाए। यस्तै युएईको हरियो पिचमा किफायती बलिंग गरेका पारसले ३ खेलमा ४ विकेट समेत चट्काए।

पहिलो दुई खेलमा पारसको ब्याट नबोल्दा अन्तिम खेलमा भने पारसले शतक बनाएका हुन्। पारसको ब्याटबाट रन नबन्दा नेपालले शृंखलाको पहिलो खेल गुमाएको थियो। तेस्रो खेलमा शतक बनाउन अघि पारसले पहिलो खेलमा २० रन बनाएका थिए भने दोस्रो खेलमा २१ रन बनाएका थिए।

नेपालको लागि पारस खड्काले बनाएको यो चौथो शतक हो। उनले सन् २०१२ मा कुवेत बिरुद्ध पहिलो शतक बनाएका थिए जसपछि सन् २०१६ मा नामिबिया र सन् २०१८ मा युएई बिरुद्ध तेश्रो शतक बनाएका थिए। ४ वटा शतक प्रहार गर्ने पारसनै नेपालको एक्लो खेलाडी हुन्।

लिस्ट ‘ए’ क्रिकेटमा पनि पारस खड्काको ३ वटा शतक पुरा भएको छ। अनिल मण्डल र पारस खड्का मात्रै नेपालको लागि लिस्ट ए क्रिकेटमा शतक बनाउने खेलाडी हुन्। अनिलको नाममा एउटा शतक रहेको छ भने पारसको आजको शतक सहित ३ शतक र १० अर्धशतक रहेको छ।





थप समाचार

सुदुरलाई हराउँदै एपीएफ लगातार चौथो पटक च्याम्पियन

काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स कप २०८१ को उपाधी जितेको छ । टियु […]

मुम्बईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर (आइपीएल) को ६७ औं खेलमा मुम्बई इन्डियन्सलाई लखनाउ सुपर जायन्ट्सले पराजित गरेको छ […]

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]