डिपिएल-३: करणको सानदार अलराउण्ड प्रदर्शन, विराटनगरको पहिलो जित

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत तेस्रो दिनको दोश्रो खेलमा बिराटनगर किंग्सले धनगढी स्टार्सलाई २१ रनले पराजित गरेको छ। बिराटनगरले प्रतियोगितामा पहिलो जित निकाल्दा धनगढी लगातार तेस्रो खेलमा पराजित भयो।

प्रतियोगितामा २ खेलबाट २ जित निकाल्दै रुपन्देही अङ्कतालिका को शीर्षस्थानमा रहेको छ। बिराटनगर आजको जितपछि २ अंकको साथ चौथो स्थानमा रहंदा धनगढी ३ खेलमा नै पराजित हुँदै अन्तिम स्थानमा रहेको छ। प्रतियोगिता अन्तर्गत चौथो दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्स र सिवाईसी अत्तरिया तथा दोश्रो खेलमा महेन्द्रनगर युनाइटेड र बिराटनगर किंग्स प्रतिस्पर्धा गर्नेछन्।

बिराटनगर किंग्सले दिएको १०४ रनको लक्ष्य पछ्याएको धनगढी स्टार्सले ८२ रन बनाएर मात्र १९ ओभर भित्र समेटिदा हारको सामना गर्यो।

धनगढी स्टार्सलाई सस्तैमा समेट्न बिराटनगरका अभिनास यादव र कप्तान करण केसीले समान ४/४ विकेट लिए। किफायती बलिंग गरेका अभिनासले ४ ओभरमा १० रन खर्चिंदा करण केसीले २४ रन दिएर सुनिल धमला, रोहन मुस्तफा, सन्दिप रजाली र पवन सर्राफलाई आउट गरे।
आमिर हयात, सौरभ खनाल, सोमपाल कामि र बिपिन खत्री अभिनासको सिकार बने। त्यस्तै सुसन भारीको नाममा २ विकेट रह्यो।

खराब सुरुवात गर्दै २६ रनमा सुरुवाती ३ विकेट गुमाएको धनगढीको लागि सन्दिप रजाली र राजु रिजालले जोगाउने प्रयास गरेका थिए। रजालीसँग ३१ रनको साझेदारी गरेपछि राजु १५ रनमा आउट भएका थिए। त्यसपछि रजालीपनि ३४ रन प्रहार गर्दै ३६ बलमा ४ चौका प्रहार गरेर आउट भए।

पवन सर्राफ, आमिर हयात, सौरभ खनाल र सोमपाल कामि चारैजना समान ४/४ रनमा आउट भएपछी टिम प्रतियोगितामा पहिलो जित निकाल्ने उदेश्यबाट टाढा रह्यो। बिपिन खत्री शुन्य रनमा आउट हुँदा रोबिन क्षेत्री अविजित रहे।

यसअघि टस जितेर पहिले ब्याटिंग गरेको बिराटनगर किंग्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०३ रनको योगफल तयार पारेको थियो।

उसले पहिलो ओभरमा नै हरिशंकर शाह (२ रन) लाई २ रनको योगफलमा गुमाएको थियो। त्यसपछि तेस्रो ओभरको चौथो बलमा कुशल भुर्तेलपनि ६ रन बनाएर आउट भएका थिए। असादउल्लाह खान पठान ३ रन, राजेश पुलामी १ रन बनाएर आउट भएपछी बिराटनगरले २७ रनमा ४ विकेट गुमाएको थियो।

त्यसपछि अभिनास यादवले आसिफ शेखसँग १५ रन र कप्तान करण केसीसँग३२ रनको साझेदारी गरे। आसिफ १२ रन र यादव २७ रन बनाएर आउट भए। पृथु बास्कोटासँग थप १७ रनको साझेदारी गरेपछि करण पनि २१ रनमा पेभेलियन फर्किए। लगत्तै पृथुपनि ६ रनमा आउट भए।

Bipin Khatri

संसाद शेख अन्तिम बलमा ७ रन बनाएर बाउन्ड्रीमा क्याच आउट भए भने सुशन भारी १ रनमा अविजित रहे।

बलिंगतर्फ कप्तान सोमपाल कामिले ३ विकेट लिनेक्रममा ३ ओभरमा ८ रन खर्चे। त्यस्तै बिपिन खत्रीले पनि ३ विकेट लिन १९ रन खर्चे। रबिन क्षेत्रीले १ ओभरमा २ विकेट तथा धमलाले ४ बलमा १ विकेट लिएका थिए।

खेलमा अलराउण्ड प्रदर्शन गरेका करण केसी प्लेयर अफ द म्याच घोषित भए।





थप समाचार

चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको […]

गायकवाडको अर्धशतकमा चेन्नईले पञ्जाबलाई दियो १६३ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा कप्तान ऋतुराज गायकवाडको अर्धशतकको सहयोगमा चेन्नई सुपर […]

विश्वकपका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि नेपाली टोलीको घोषणा भएको छ […]

अकिवको कप्तानीमा ओमानको टोली घोषणा

काठमाडौं । अलराउन्डर अकिव इलियाल्सको कप्तानीमा ओमानले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागी […]

चार्ल्सको शतकमा नेपाल पराजित

काठमाडौं । ओपनर जोनसन चार्ल्सको शतकको सहयोगमा पाँच खेलको टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको […]

चार्ल्सको शतकमा नेपाललाई २२८ रनको लक्ष्य

काठमाडौं । ओपनर जोनसन चार्ल्सको शतकको सहयोगमा पाँच खेलको टी-२० सिरिजको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिज ए बाट २ सय […]