दोश्रो हारसंगै सकियो च्याम्पियनसिपको यात्रा, नेपाल सातौं स्थानमा

  • विकेटनेपाल, २२ मङ्सिर – शुक्रबार 

खराब ब्याटिंग गरेपछि नेपालले आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सातौँ चरणको दोश्रो तथा च्याम्पियनसिपको अन्तिम खेलमा युएईसंग ६३ रनको पराजय बेहोरेको छ।

यो संगै नेपालको बिश्व क्रिकेट लिग च्याम्पियनसिप ( २०१५-१७ ) को यात्रा समाप्त भएको छ। यस अघिनै नेपाली टिम डिभिजन-२ मा घटुवाभैसकेको हुँदा युएईसंगको खेल प्रतिष्ठाको लागि थियो। युएईसंग दुवै खेलमा पराजित भएपछि नेपालले १४ खेलमा ४ जित र ९ हार सहित ९ अंक सहित अंकतालिकाको सातौँ स्थानमा प्रतियोगिताको अन्त्य गरेको छ।

अंकतालिका हेर्नुस   स्कोरकार्ड

बिश्व क्रिकेट लिग च्याम्पियनसिप बिजेता टिम नेदरल्याण्ड

कुल १४ खेलमा १० जित र २ हार सहित २२ अंक बटुल्दै नेदरल्याण्ड बिश्व क्रिकेट लिग २०१५-१७ को बिजेता भएको छ। यस्तै स्कटल्याण्ड १९ अंक सहित दोश्रो, हंगकंग १८ अंकसहित तेश्रो तथा पपुवा न्यु गिनी १६ अंक सहित चौथो स्थानमा रह्यो। नेदरल्याण्ड, स्कटल्याण्ड, हंगकंग र पपुवा न्युगिनी २०१९ एकदिवसीय बिश्वकपको छनौट प्रतियोगिता खेल्न छनौट भएको छ।

च्याम्पियनसिपमा नेपालले नामिबियालाई २ वटा खेलमा, नेदरल्याण्ड, केन्यालाई १/१ वटा खेलमा पराजित गर्यो भने हंगकंगसंग १ खेल रद्द भएको थियो। त्यसबाहेक नेपालले सबै ९ खेलमा पराजय बेहोर्यो।

अंक तालिकामा उत्कृस्ट ४ भित्र नपरेपछि केन्या, युएई, नेपाल र नामिबिया डिभिजन-२ मा घटुवा भएको छ। फेब्रुवरीमा नामिबियामा आयोजना हुने डिभिजन-२ प्रतियोगितामा च्याम्पियनसिपबाट घटुवा भएका टिमहरु नेपाल, युएई, नामिबिया, केन्या सहित ओमान र क्यानडा प्रतिस्पर्धा गर्नेछन्। डिभिजन-२ मा उत्कृस्ट २ भित्र पर्न सक्ने टिमले बिश्वकप छनौट प्रतियोगिता खेल्न पाउनेछ।

नेपालको खराब ब्याटिंग 

पहिलो खेलमा ७ विकेटले पराजित भएपछि दोश्रो खेलमा सेख जायद स्टेडियममा टस जितेर बलिंग गरेको नेपालले युएईलाई १९५ रनमै अलआउट गर्यो। तर १९६ रनको लक्ष पछ्याउने क्रममा नेपाली टिम १३२ रनमै समेटिन पुगेपछि ६३ रनको हार बेहोर्न बाध्य भयो।

ओपनर दिलिप नाथ चौथो ओभरमा खाता नखोली आउट भएपछि नेपालले निरन्तर अन्तरालमा विकेट गुमाईरह्यो। शरद भेसावकर १३, कप्तान पारस १० रनमै पेभेलियन फर्किएपछि नेपालको स्कोर १८ औं ओभरमा ४९/३ पुग्यो।

त्यसपछि ज्ञानेन्द्र मल्ल र सागर पुनले चौथो विकेटकको लागि ४१ रनको साझेदारी गर्दै नेपालको आशा जगाएका थिए। तर सागर २१ रन बनाएर ३१ औं ओभरमा आउट हुन पुगे। लगत्तै ज्ञानेन्द्र मल्ल पनि त्यसै ओभरमा इमरान हैदरको शिकार भए। ज्ञानेन्द्रले ४२ रन बनाउदा ९० बल सामना गरे जुन क्रममा कुनै पनि बाउन्ड्री प्रहार गर्न सकेनन्।

ज्ञानेन्द्रको विकेट पछि आरिफ शेख र बिनोद भण्डारीले छैठौ विकेटको लागि ३० रनको साझेदारी गरे जुन साझेदारी पनि लामो समय टिक्न सकेन। आरिफ १४ रन बनाएर आउट भए। आरिफको विकेट जाँदा १२१/६ रहेको नेपालको स्कोर ११ रन अरु थप हुँदा १३२/१० पुग्यो।

सोमपाल कामि ०, बसन्त रेग्मी र सन्दिप लामिछाने खातानै नखोली आउट भए भने अन्तिम विकेटको रुपमा बिनोद भण्डारी २५ रन बनाएर आउट हुनपुगे। भण्डारीले १ चौका र १ छक्का प्रहार गरे।

नेपाली ब्याट्सम्यानहरुलाई निरन्तर दबाबमा राख्न सफल युएई बलरहरुको तर्फबाट अमजद जाबेदले सर्बाधिक ३ विकेट ( ७.२-१-२३-३ ) हात पारे जुन क्रममा दिलिप नाथ, शरद भेसावकर र बिनोद भण्डारीको विकेट हात पारे । यस्तै मोहम्मद नाभेद, रोहण मुस्तफा र इमरान हैदरले पनि २/२ विकेट हात पारे भने एम्हद राजाक नाममा १ विकेट रह्यो।

सोमपालले करियरकै उत्कृस्ट बलिंग गर्दा युएई १९५ रनमै सिमित

यस अघि सोमपाल एक्लैले ५ विकेट हात पारेपछि युएईले ४९.२ ओभरमा सबै विकेट गुमाउन पुगेको थियो । १० ओभर बलिंग गरेका सोमपालले १ मेडन ओभर सहित मात्र २७ रन खर्चिएका थिए।

यो अन्तर्राष्ट्रिय क्रिकेटमा सोमपालको उत्कृस्ट बलिंग हो भने ५ विकेट हात पारेको दोश्रो पटक हो। यस भन्दा अघि उनले मलेसियासंग सन् २०१४ मा ५ विकेट हात पारेका थिए। २०१४ एसीसी प्रिमियर लिगमा नेपाललाई जिताउने क्रममा उनले १० ओभरमा ३ मेडन ओभर सहित ४७ रन खर्चेर ५ विकेट हात पारेका थिए।

नेपालले सुरुवात देखि युएईमाथि दबाब बनायो र युएईको पहिलो ५ विकेट ३९ रनको स्कोरमै हात पार्यो।माथिल्लो क्रमका ४ जना ब्याट्सम्यानलाई सोमपाल एक्लैले पेभेलियन फर्काएका थिए।

सोमपालले करियरकै उत्कृस्ट बलिंग गरे l फोटो – आयुष गौतम

अघिल्लो खेलमा ६२ रन बनाएका रोहन मुस्तफा ८ रनमै सोमपालको बलमा बिनोद भण्डारीको हातबाट समातिए। यस्तै ८१ रन बनाउदै पहिलो खेलका प्लेयर अफ द म्याच गुलाम सब्बिरलाई पनि ० रनमै किपर दिलिप नाथको हातबाट सोमपालले आउट गराएका थिए।

५ विकेट गुमेपछि युएईलाई सातौँ नम्बरमा ब्याटिंग गर्न आएका अद्नान मुफ्तीले उत्कृस्ट ब्याटिंग गर्दै थोरै रनमा अलआउट हुन जोगाए। उनले मात्र ८९ बलमा ८ चौका र ३ छक्का मदतले १०४ रन प्रहार गरेपछि सस्तोमा युएईलाई समेट्ने चाहना पुरा हुन पाएन।  प्लेयर अफ द म्याच समेत चुनिएका मुफ्तीले छैठौ विकेटको लागि मोहम्मद बुटासंग ८० रनको साझेदारी गरेका थिए। बुटाले ३७ रन बनाए।

अद्नान मुफ्ती ( फोटो आईसीसी )

अद्नानको विकेट सोमपालले ४८ औं ओभरमा लिंदै आफ्नो ५ विकेट पुरा गरेका थिए। नेपालको लागि ललित सिंह भण्डारी, पारस खड्का र सन्दिप लामिछानेले समान १/१ विकेट हात पारे।मोहम्मद नाबेदको विकेट हात पारेका ललितले नेपालको लागि लिएको यो पहिलो विकेट हो।

नेपालले युएईसंगको पहिलो खेल ७ विकेटको बिशाल अन्तरले हारेको थियो। पहिले ब्याटिंग गर्दै नेपालले दिएको २२२ रनको लक्ष युएईले ३ विकेट गुमाई पुरा गरेको थियो।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]