विकेट सेलेब्रेसन उग्र हुँदा अनिल खरेललाई कारबाही

  • विकेटनेपाल, फाल्गुन-५ , आइतबार 

धनगढी प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न रुपन्देही च्यालेन्जर्स र काठमाडौँ गोल्डेन्स बीचको खेलमा रुपन्देही स्पिनर अनिल खरेल कारबाहीमा परेका छन्।

आज सम्पन्न खेलमा रुपन्देहीलाई काठमाडौँले १०० रनले बिशाल अन्तरले पराजित गरेको थियो। यस क्रममा काठमाडौँले पहिले ब्याटिंग गर्दै १३३ रन बनाएको थियो र लक्ष्य पछ्याउने क्रममा रुपन्देहीले ३३ रन मात्रै बनाउन सकेको थियो।

खेलको पहिलो इनिंगमा बलिङ्ग गर्ने क्रममा रुपन्देहीको लागि धनगढी प्रिमियर लिगमा डेब्यु गरिरहेका खेलाडी अनिल खरेलले ब्याट्सम्यान आउट हुँदा इशारा गर्दै सेलेब्रेसन र शब्द समेत प्रयोग गरेपछि उनि कारबाहीमा परेका हुन्।

अनिल खरेलले खेलमा ४ ओभर बलिङ्ग गर्ने क्रममा २ विकेट लिएका थिए जुन क्रममा १ मेडन ओभर गर्दै १९ रन खर्चिएका थिए। यस क्रममा उनले मेहबुब आलम र अनिल साहको विकेट लिएका थिए। पहिलो विकेटको रुपमा अनिल शाह क्याच आउट भएका थिए भने आलमलाई पनि उनले क्याच आउटनै गरेका थिए।

मेहबुब आलमलाई लंग-अफमा प्रदिप ऐरिको हातबाट क्याच आउट गराए पछि खुसि मनाउने क्रममा उत्साहित भएका खरेलले ब्याट्सम्यानतर्फ इंगित गर्दै उग्र तरिकाले खुसि मनाएका थिए भने वाक्यको समेत प्रयोग गरेका थिए। अघिल्लो ओभरमा आलमले खरेललाई छक्का प्रहार गरेका थिए जसपछि लगत्तै स्पेलमा आलमको विकेट लिंदा खरेल बढी उत्साहित देखाएका थिए।

धनगढी प्रिमियर लिगको टेक्निकल कमिटिद्वारा आइतबार बेलुका जारि प्रेस बिज्ञप्तिका अनुसार खरेललाई म्याच फिको ५० प्रतिशत जरिवाना गरिएको छ भने २ डी-मेरिट अंक समेत दिईएको छ। म्यान रेफ्री मोहम्मद शफिक खान ( समिर खान ) द्वारा उनलाई आईसीसीको खेलाडी आचार संहिता अन्तर्गत रही लेभल-१ ( २.१.७ ) अन्तर्गत रही कारबाही गरिएको हो। खरेलले आफुले गरेको गल्ति स्वीकार गरिसकेको बिज्ञप्तिमा बताईएको छ।

अनिल खरेल उनै खेलाडी हुन् जसले सन् २०१४ को एसीसी अन्डर-१६ प्रिमियर लिग प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उत्कृस्ट प्रदर्शन गर्दै चर्चा बटुलेका थिए। देब्रे हाते स्पिन बलिङ्ग गरेका खरेलले त्यस प्रतियोगितामा नेपालले जित हात पार्दा ५ खेलमा कुल १३ विकेट लिएका थिए। त्यस प्रदर्शन पछि यु-१९ राष्ट्रिय टिम छनौट गर्न बन्दसत्र टिममा परे पनि उनि अन्य उमेर समुह टिममा भने पर्न सकेका थिएनन्।

अनिल खरेललाई रुपन्देही च्यालेन्जर्सले ३० हजार रुपैयाँमा अक्सनमार्फत खरिद गरेको थियो। जरिवाना स्वरुप खरेलले ३ हजार रुपैयाँ बुझाउनुपर्नेछ।

धनगढी प्रिमियर लिग अन्तर्गत आजको खेलमा हार पछि रुपन्देही च्यालेन्जर्स अंकतालिकाको तेश्रो स्थानमा ४ खेलमा २ जित र २ हार सहित रहेको छ। उसले लिगको अन्तिम खेलमा सोमबार बिहान ९ बजे धनगढी स्टार्स बिरुद्ध खेल्ने कार्यक्रम रहेको छ।

 





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]