अत्तरियालाई अपराजित काठमाण्डौको ७६ रनको लक्ष्य

धनगढी प्रिमियर लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा काठमाण्डौ गोल्डेन्सले सिवाईसी अत्तरियालाई ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

दुबै टिम यसअघि नै प्ले अफमा प्रवेश गरिसकेका छन्। जारि खेलले लिग चरणको समाप्तीमा पहिलो, दोश्रो र तेस्रो हुने टिमको छिनोफानो गर्ने छ। यसअघि नै महेन्द्रनगर चौथो स्थानमा रहँदै पहिलो इलिमिनेटरको लागि छनोट भएको छ।

जारि खेलमा जित निकाल्ने टिम अङ्क तालिकाको शिर्ष स्थानमा रहने छ। यदि अत्तरियाको रनरेट धेरै नै राम्रो रहेकोले फराकिलो अन्तरले पराजित हुन्छ भने रुपन्देही राम्रो रन रेटको आधारमा दोश्रो हुनेछ।

फाप्ला क्रिकेट मैदानमा ज्ञानेन्द्र मल्लले टस जितेपछी पहिले ब्याटिंग गर्ने निर्णय गरेका थिए। उसले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ७५ रन बनायो।

काठमाण्डौका अनिल शाह ६ रनको योगफलमा दोश्रो ओभरको अन्तिम बलमा भुवन कार्कीलाई रिभर्स स्विप हान्ने चक्करमा एज लागेर विकेट किपर कोल्सवालाको हातबाट क्याच आउट भएका थिए। उनले ५ रन बनाए।

६ रनको योगफलमा नै अर्का ओपनर गौरव तोमर सन्नी पटेलको बलमा १ रन बनाउंदै एलबिडब्ल्यु धरापमा परेका थिए। त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र अंकित दबासले ९ ओभरको सामना गर्दै २५ रनको साझेदारी गरे। सोहि बिचमा सन्नी पटेलले ज्ञानेन्द्र मल्ललाई मेडन ओभर समेत गरेका थिए।

दबास अत्तरियाको किफायती बलिंगलाई रोक्नको लागि रामनरेश गिरिलाई ठुलो सट हान्न खोज्दा बोल्ड भए। उनले २० बलको सामना गर्दा १० रन बनाए। अघिल्लो बलमा बाउन्ड्रीलाइनमा सन्दिप जोराले उत्कृस्ट फिल्डिंग गर्दै ३ रन बछाएका थिए।

टिमको स्कोर ३७ रन रहेको बेला मेहबुब आलम पनि चौथो विकेटको रुपमा आउट भएका थिए। उनलाई दिपेन्द्र ऐरीले ड्राइभ हान्नको उक्साएका थिए जसमा एज लागेर बल ऐरीकै हातमा पुग्यो।

योगेन्द्र कार्कीले ज्ञानेन्द्र मल्लसँग २३ रनको साझेदारी गर्दा पन्ध्रौँ ओभरको चौथो बलमा छक्का, छैठौं ओभरमा चौका र मल्लले सोह्रौं ओभरको पहिलो ओभरमा चौका प्रहार गरेका थिए। तर सोह्रौं ओभरकै अन्तिम बलमा रामनरेश गिरिकै बलमा योगेन्द्र कार्की आउट भए। उनले १३ रन बनाए।

त्यसपछि सोनु तामांगपनि १ रनको व्यक्तिगत स्कोरमा रन आउट भए भने अठारौँ ओभरको पहिलो बलमा सन्नी पटेललाई चौका प्रहार गरेपछि चौथो बलमा ३२ रनमा रन आउट भए। ४९ बलमा २ चौका प्रहार गरेका उनलाई दिपेन्द्र ऐरीले २ रन लिन खोज्दा ऐरीले कभरको दिशाबाट सिधै स्टम्पमा हानेका थिए।

ज्ञानेन्द्र मल्ल ६९/७ को अवस्थामा आउट भएपछी अन्तिम १० बलमा मात्र ४ रन बन्दा प्याडल स्विप खेल्नेक्रममा बिशौं ओभरको तेस्रो बलमा नन्दन यादवको ब्याट र बलको कुनै कनेक्सन नहुँदा ऐरीको बलमा बोल्ड भए।

लगत्तै पाचौं बलमा ललित राजबंशी (शुन्य रन) स्टम्पिंग तथा अन्तिम बलमा सुर्य तामांग (२ रन) रन आउट भए।

बलिंगतर्फ कप्तान ऐरीले ३ विकेट लिन २ ओभरमा ४ रन खर्चे। काठमाण्डौलाई दबाबमा राख्न सन्नी पटेलले ४ ओभरमा २ मेडन राख्दै ८ रन दिएर १ विकेट लिए। रामनरेश गिरिले २ विकेट (४-०-२३-२) तथा भुवन कार्कीले १ विकेट लिए।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]