थाईल्याण्डद्वारा नेपाललाई १२५ रनको लक्ष्य प्रस्तुत

Kabita Kunwar
  • विकेटनेपाल, फाल्गुन-९ , बिहिबार 

थाईल्याण्डमा जारि आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनौट प्रतियोगिता अन्तर्गत नेपाल र आयोजक थाईल्याण्ड बीच खेल जारि छ। थाईल्याण्डलाई प्रतियोगिता जित्ने दाबेदार र नेपालको लागि प्रमुख प्रतिद्वन्दी मानिएको छ।

राउण्ड रोबिन फर्म्याटमा आयोजना हुने प्रतियोगिताको विजेता टिमले आईसीसी टि-२० बिश्व कप छनौट प्रतियोगिता २०१९ र आईसीसी महिला बिश्व कप २०२० ( एकदिवसीय ) छनौट प्रतियोगिता खेल्न छनौट हुनेछ।

एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदान, ब्यांगककमा जारि खेलमा टस जितेर ब्याटिंग गरेको थाईल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२४ रनको योगफल तयार गर्दै नेपाललाई १२५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

राम्रो सुरुवात गरेको थाईल्याण्डको लागि पहिलो विकेटको रुपमा नाट्टाकन चान्तम र नरुईमोल चाईवाईले ३७ रनको साझेदारी गरे। चाईवाई ३२ रन बनाएर करुणा भण्डारीको बलमा बोल्ड भएपछि चान्तमलाई पनि नेरी थापाले ५ रन बनाउदा स्टम्प आउट गरेपछि थाईल्याण्ड ४०/२ ( ७.२ ओभर ) को स्थितिमा पुगेको थियो।

तेश्रो विकेटको लागि नट्टाया बुचाथम र चनिदा सुत्थीरुआंगले २३ रनको साझेदारी गरे। बुचाथमलाई १२ रनमा नेरीले क्याच आउट गराईन्। चौथो विकेटको लागि सुत्थीरुआंगले वोंगपाका लिंगप्रासर्टसंग ३२ रनको सहेदारी गरिन्।

कविता कुँवरले १७ औं ओभरमा सुत्थीरुआंगलाई क्याच आउट गराउदा थाईल्याण्डले चौथो विकेट गुमाउन पुगेको थियो।

त्यसपछि नेपालले लगातार अन्तरालमा विकेट गुमाएपनि लिंगप्रासर्टले एउटा किनार सम्हालीरहिन र अविजित २८ रन योगदान दिईन्। २७ बलमा उनले १ चौका प्रहार गरिन्।

नेपालको बलिंगमा कविता कुँवर ( ४-०-२८-२ ) र नेरी थापाले ( ४-०-१५-२ ) ले समान २/२ विकेट लिए। कप्तान रुबिना क्षेत्री ( ३-०-१९-१ ) र करुना भण्डारीले ( ४-०-१८-१ ) १/१ विकेट आफ्नो नाम गरे।

Nepal Womens Cricket Team

प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गर्दै पहिलो जित दर्ता गरिसकेको छ। मंगलबार सम्पन्न खेलमा नेपालले दिएको १२७ रन लक्ष्य पछ्याउने क्रममा मलेसियाले ९२ रन बनाएको थियो। 

थाईल्याण्डले नेपाललाई गत महिना थाईल्याण्डमा भएको थाई टि-२० स्म्यास प्रतियोगितामा ७० रनले पराजित गरेको थियो। त्यस खेलमा थाईल्याण्डले दिएको १२२ रनको लक्ष्य पछ्याउने  क्रममा नेपालले ५१ रन मात्रै बनाउन सकेको थियो।

प्रतियोगिता अन्तर्गत नेपालले भोलि फेब्रुअरी २२ मा युएई, फेब्रुअरी २४ मा हंगकंग, फेब्रुअरी २५ मा चिन र फेब्रुअरी २७ मा कुवेतसंग खेल्ने कार्यक्रम रहेको छ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]