थाईल्याण्डद्वारा नेपाललाई १२५ रनको लक्ष्य प्रस्तुत

२०७५ फाल्गुन ९, बिहीबार १०:१८

Kabita Kunwar
  • विकेटनेपाल, फाल्गुन-९ , बिहिबार 

थाईल्याण्डमा जारि आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनौट प्रतियोगिता अन्तर्गत नेपाल र आयोजक थाईल्याण्ड बीच खेल जारि छ। थाईल्याण्डलाई प्रतियोगिता जित्ने दाबेदार र नेपालको लागि प्रमुख प्रतिद्वन्दी मानिएको छ।

राउण्ड रोबिन फर्म्याटमा आयोजना हुने प्रतियोगिताको विजेता टिमले आईसीसी टि-२० बिश्व कप छनौट प्रतियोगिता २०१९ र आईसीसी महिला बिश्व कप २०२० ( एकदिवसीय ) छनौट प्रतियोगिता खेल्न छनौट हुनेछ।

एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदान, ब्यांगककमा जारि खेलमा टस जितेर ब्याटिंग गरेको थाईल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२४ रनको योगफल तयार गर्दै नेपाललाई १२५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

राम्रो सुरुवात गरेको थाईल्याण्डको लागि पहिलो विकेटको रुपमा नाट्टाकन चान्तम र नरुईमोल चाईवाईले ३७ रनको साझेदारी गरे। चाईवाई ३२ रन बनाएर करुणा भण्डारीको बलमा बोल्ड भएपछि चान्तमलाई पनि नेरी थापाले ५ रन बनाउदा स्टम्प आउट गरेपछि थाईल्याण्ड ४०/२ ( ७.२ ओभर ) को स्थितिमा पुगेको थियो।

तेश्रो विकेटको लागि नट्टाया बुचाथम र चनिदा सुत्थीरुआंगले २३ रनको साझेदारी गरे। बुचाथमलाई १२ रनमा नेरीले क्याच आउट गराईन्। चौथो विकेटको लागि सुत्थीरुआंगले वोंगपाका लिंगप्रासर्टसंग ३२ रनको सहेदारी गरिन्।

कविता कुँवरले १७ औं ओभरमा सुत्थीरुआंगलाई क्याच आउट गराउदा थाईल्याण्डले चौथो विकेट गुमाउन पुगेको थियो।

त्यसपछि नेपालले लगातार अन्तरालमा विकेट गुमाएपनि लिंगप्रासर्टले एउटा किनार सम्हालीरहिन र अविजित २८ रन योगदान दिईन्। २७ बलमा उनले १ चौका प्रहार गरिन्।

नेपालको बलिंगमा कविता कुँवर ( ४-०-२८-२ ) र नेरी थापाले ( ४-०-१५-२ ) ले समान २/२ विकेट लिए। कप्तान रुबिना क्षेत्री ( ३-०-१९-१ ) र करुना भण्डारीले ( ४-०-१८-१ ) १/१ विकेट आफ्नो नाम गरे।

Nepal Womens Cricket Team

प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गर्दै पहिलो जित दर्ता गरिसकेको छ। मंगलबार सम्पन्न खेलमा नेपालले दिएको १२७ रन लक्ष्य पछ्याउने क्रममा मलेसियाले ९२ रन बनाएको थियो। 

थाईल्याण्डले नेपाललाई गत महिना थाईल्याण्डमा भएको थाई टि-२० स्म्यास प्रतियोगितामा ७० रनले पराजित गरेको थियो। त्यस खेलमा थाईल्याण्डले दिएको १२२ रनको लक्ष्य पछ्याउने  क्रममा नेपालले ५१ रन मात्रै बनाउन सकेको थियो।

प्रतियोगिता अन्तर्गत नेपालले भोलि फेब्रुअरी २२ मा युएई, फेब्रुअरी २४ मा हंगकंग, फेब्रुअरी २५ मा चिन र फेब्रुअरी २७ मा कुवेतसंग खेल्ने कार्यक्रम रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy