मिस्बाह र स्यामीको सानदार साझेदारीमा पेशावरको जित; सन्दिप विकेट बिहिन

  • विकेटनेपाल – २० फाल्गुन, मंगलवार 

मिस्बाह उल् हक र ड्यारन स्यामीले सानदार साझेदारी गरेपछि पाकिस्तान सुपर लिग ( पिएसएल ) अन्तर्गत पेशावर जल्मीले सन्दिप लामिछाने सम्मिलित टोलि लाहोर कलन्दर्सलाई ४ विकेटले पराजित गरेको छ।

पहिले ब्याटिंग गर्दै लाहोरले दिएको १२५ रनको सामन्य लक्ष्य पेशावरले अन्तिम ओभरमा १ बल बाँकी रहंदा ६ विकेट गुमाएर पुरा गर्यो। उसका मिस्बाह उल् हक ५९ रनमा अविजित रहे।

मिस्बाह र स्यामीको सानदार साझेदारी : 

१२५ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा कुनै समय पेशावर २०/५ को दयनिय अवस्थामा रहेको थियो। ओपनर काम्रन अकमल ( ३ ) र  इमाम उल् हक ( ४ ) संगै उमर अमिन ( ० ), लियम डसन ( ० ) र कायरन पोल्लार्ड ( २ ) रन जोड्दै पभेलियन फर्किंदा पेशावर खराब अवस्थामा पुगेको थियो।

पाँच विकेटको पतन पश्चात ब्याटिंग गर्न आएका ड्यारन स्यामी र मिस्बाह उल् हकले छैठौं विकेटको लागि १०० रनको साझेदारी गर्दै टोलीलाई जित नजिक पुर्याए। खेलको अन्तिम ओभरमा रायन टेन डस्काटेको बलमा बोल्ड हुन अघि स्यामीले ३६ बलमा ४६ रन जोड्न सफल भए। त्यसक्रममा उनको ब्याटबाट ४ चौका र १ छक्का निस्कियो।

यस्तै अर्को किनारमा अविजित रहेका मिस्बाहले भने ५५ बलमा ५९ रनको इनिंग खेले। उनको इनिंगमा ४ चौका र २ छक्का सामेल रह्यो। यो अर्धशतकसंगै मिस्बाह टि-२० क्रिकेटमा सबैभन्दा धेरै उमेरमा अर्धशतक बनाउने खेलाडी समेत बने। मिस्बाहले लाहोर बिरुद्ध ४४ बर्ष २८१ दिनको उमेरमा अर्धशतक बनाएका हुन्।

सन्दिपको प्रदर्शन : 

लाहोरको बलिङ्गमा सहिन शाह अफ्रिदीले सर्वाधिक ३ विकेट लिएपनि त्यो टोलीको हार टार्न पर्याप्त रहेन। यस्तै राहत अलि, डेभिड विजा र रायन टेनको नाममा समान १-१ विकेट रह्यो।

लाहोरका लागि लिगमा सानदार प्रदर्शन गरिरहेका सन्दिपले मंगलवार पेशावर बिरुद्ध भने खास केहि गर्न सकेनन्। मात्र २.१ ओभर बलिङ्ग गरेका उनले २२ रन खर्चिंदा विकेट बिहिन रहे।

इनिंगको आठौँ ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका सन्दिपले सुरुवात राम्रो गरेका थिए। सो ओभरमा स्यामी र मिस्बाहले सन्दिप बिरुद्ध कुनै सटको प्रयास नगर्दा सन्दिपले मात्र ३ रन खर्चिए।

लगत्तै खेलको १० औं ओभर लिएर आएका सन्दिप बिरुद्ध मिस्बाहले ओभरको पहिलो दुई बलमा लगातार छक्का प्रहार गर्दै सो ओभरमा १८ रन जोडे। आफ्नो पहिलो दुई ओभर पश्चात सन्दिपले पुन: बलिङ्ग गर्ने मौका पाएनन्।

इनिंगको अन्तिम ओभर गरेका रायन टेन डेस्काटे ओभरमा ४ बल गरेपछि घाइते हुँदा सन्दिपले ओभर सक्ने जिम्मा पाए। तर पेसावरलाई जितका लागि मात्र १ रन बाँकी रहेकाले सन्दिपले एक बल गर्दा खेलले नतिजा लियो।

लाहोरको ब्याटिंग : 

यस अघि टस हारेर ब्याटिंगको निम्तो पाएको लाहोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२४ रन जोडेको थियो। उसका ह्यारिस सोहेलले सर्वाधिक ४३ तथा डेभिड विजाले २६ रनको इनिंग खेलेका थिए।

पेशावरको बलिङ्गतर्फ टिमाल मिल्सले सर्वाधिक ३ विकेट हात पारे। यस्तै समिन गुलले २ र लियम डसन र वहाव रियाजले समान १-१ विकेट हात पारेका थिए।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]