मुख्यमन्त्री कप: उपाधीको लागि प्रदेश २ ले प्रदेश ४ सँग प्रतिस्पर्धा गर्ने

२०७५ चैत्र २, शनिबार २०:४७

  • विकेटनेपाल, चैत्र २ – शनिबार

धनगढीमा जारि पहिलो मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटतर्फ उपाधीको लागि प्रदेश २ र प्रदेश ४ (कर्णाली) प्रतिस्पर्धा गर्ने भएका छन्।

फाइनल खेल आइतबार धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा दिउसो १ बजेबाट सुरु हुने तालिका रहेको छ। फाइनल अघि आइतबार नै बिहान ९ बजे प्रदेश १ र प्रदेश ७ (सुदूरपश्चिम) तेस्रो स्थानको लागि खेल्नेछन्।

शनिबार सम्पन्न समूह चरणका अन्तिम खेलमा प्रदेश २ ले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले तथा प्रदेश ४ (गण्डकी) ले प्रदेश ३ लाई ५ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन्।

प्रदेश २ बिरुद्द सुदुरपस्चिम: स्कोरकार्ड

प्रदेश ३ बिरुद्द गण्डकी: स्कोरकार्ड

अङ्कतालिका

सुदूरपश्चिम बिरुद्द प्रदेश २ ६ विकेटले बिजयी

समूह ‘बि’ को अन्तिम खेलमा प्रदेश २ लाई जित दिलाउन हरिशंकर शाहले २५ रन र बिशाल सुशालिंगले ३४ रन बनाउंदै दोश्रो विकेटको लागि ५५ रनको साझेदारी गरे। त्यस्तै कप्तान हसिम अन्सारीले १३ रन बनाउँदा आशु कन्दोई र राहुल प्रताप सिंहले समान अविजित १७ रन बनाए। प्रदेश २ ले १०९ रनको लक्ष्य १८.१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।

यस अघि पहिले ब्याटिंग गरेको सुदूरपश्चिमको लागि सन्जु दमाइले ४१ रन तथा दिपेन्द्र बोहराले ३४ रन बनाउंदै तेस्रो विकेटको लागि ४२ रनको साझेदारी गरे। दमाइले ३७ बलमा ५ चौका र १ छक्का तथा बोहराले ४८ बलमा ३ चौका र १ छक्का हानेका थिए। १८ रन अतिरिक्त पाएको सुदुरपस्चिमले पहिले ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १०८ रन बनाएको थियो। प्रदेश २ का सन्जम रेग्मीले ३ विकेट लिए।

प्रदेश ३ बिरुद्द गण्डकी ५ रनले बिजयी

समूह ‘ए’ को अन्तिम खेलमा प्रदेश ४ (गण्डकी)लाई जिताउन ओपनर अनिल गुरुङले ४४ रनको योगदान दिए। उनले ५४ बलमा १ चौका र २ छक्का हाने। त्यसपछिको सर्बाधिक धेरै रन आकाश थापाले १७ बनाउँदा गण्डकीले २० ओभर ब्याटिंग गर्दै ६ विकेट गुमाएर १०७ रन बनायो। प्रदेश ३ का इशान पाण्डेले २ विकेट लिए।

जवाफमा लक्ष्य पछ्याएको प्रदेश ३ ले १९.२ ओभरमा सबै विकेट गुमाएर १०२ रन बनायो। उसका ओपनर इशान पाण्डेले २७ रन बनाए भने अतिरिक्त २० रन पाएको थियो। गण्डकीका आकाश थापाले ३ विकेट, बिपिन खत्री र किशोर महतोले २/२ विकेट लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy