यु-१६ क्रिकेट लिगको उपाधि प्रदेश-३ लाई

  • विकेटनेपाल, चैत-२५ 

प्रदेश-३ ले अण्डर १६ क्रिकेट लिगको उपाधि कब्जा गरेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा प्रदेश ५ लाई ३३ रनले पराजित गर्दै प्रदेश ३ ले उपाधि आफ्नो नाममा लेखाएको हो ।

टस जिति पहिलो ब्याटिङ्ग गरेको प्रदेश ३ ले अभिषेक उपाध्यायको अर्धशतक र प्रशान्त महतको उल्लेखनीय योगदानमा ३० ओभरमा ५ विकेट गुमाउदै १ सय ६२ रन बनायो । जवाफमा प्रदेश ५ ले ३० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो ।

उपाधिसँगै विजयी टोलीका खेलाडीहरुलै एक लाख ५० हजार बराबरको क्रिकेट किट हात पार्यो। उपविजेता प्रदेश ५ ले ७५ हजार बराबरको क्रिकेट किट हात पार्यो । प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रदेश ५ का बिशाल बिक्रम के.सी घोषित भए । यस्तै उत्कृष्ट ब्याट्स्म्यान प्रदेश ३ का आशिष भट्टराई र उत्कृष्ट बलर प्रदेश ५ का रमेश कुर्मी घोषित भए । प्रदेश ४ का अर्जुन कुमालले इमर्जिङ्ग प्लेयरको उपाधि हात पारे ।

फाइनलमा जितका क्रममा प्रदेश ५ ले ३१ रनमै तीन विकेट गुमाईसकेको थियो । तर बिशालले आकर्षक इनिङ्गस खेल्दै अमर मिश्रसँग चौथो विकेटका लागि ६१ रनको साझेदारी गर्दै टिमलाई खेलमा फर्काएका थिए ।

तर कृस कार्कीको बलमा बिशाल आउट भएपछि प्रदेश ५ को इनिङ्गस लगभग समाप्त भएको थियो । बिशालले ४६ बलमा ६ चौका प्रहार गर्दै ४४ रन बनाए भने अमरले २९ रन बनाउदै दुई चौका र एक छक्का प्रहार गरेका थिए । उनले ४४ बल खेलेका थिए ।

प्रदेश ३ का लागि बिबेक दराई र दिपक बोहोराले दुई–दुई विकेट हात पारे । यस्तै सकृय कार्की र तिलक भण्डारीले पनि एक–एक विकेट लिएका थिए ।

यसअघि समान शुरुवात रहेको प्रदेश ३ ले पहिलो तीन विकेट ३७ रनमै गुमाएको थियो । अभिषेकले चौथो विकेटका लागि कप्तान दिपकसँग ५८ रनको साझेदारी गर्दै टिमलाई सम्हालेका थिए । दुई चौका प्रहार गरेका अभिषेकले ७१ बलमा ५६ रन बनाएका थिए ।

दिपक र प्रशान्तले त्यसपछि पाचौं विकेटका लागि ५५ रनको महत्वपूर्ण साझेदारी गर्दै टिमलाई चुनौतिपूर्ण योगफल तर्फ डोर्याए । प्रशान्तले ३२ बलमा एक चौका र एक छक्का प्रहार गर्दै नटआउट ३४ रन बनाए । दिपकले ३९ बलमा चार चौका प्रहार गर्दै ३० रन बनाए । रमेश र सुरज खड्काले प्रदेश ५ का लागि दुई–दुई विकेट लिएका थिए ।

युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको प्रतियोगिता आगामी अप्रिल १८ देखि २९ सम्म थाइल्याण्डको चियाङ्ग माइमा हुन गइरहेको एसिसि अण्डर १६ इस्टर्न रिजन टुर्नामेन्टको छनोटको रुपमा रहेको थियो । नेपाली टोलीको प्रशिक्षकको रुपमा बसन्त शाही ठकुरी र मन्जुर आलम खान रहेका छन् ।





थप समाचार

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]