पोलार्डको विस्फोटक इनिंग, रोमान्चक खेलमा मुम्बईद्वारा पन्जाब पराजित

  • विकेटनेपाल, चैत २७ 

काइरन पोलार्डले विस्फोटक इनिंग खेलेपछि आईपीएल टि-२० अन्तर्गत २४ औं खेलमा मुम्बईले रोमान्चक खेलमा किंग्स-११ पन्जाबलाई ३ विकेटले पराजित गरेको छ। खेलमा पन्जाबले दिएको १९८ रन मुम्बईले अन्तिम बलमा पछ्याउदै जित दर्ता गरेको हो।

जितसंगै मुम्बई लिग अंकतालिकाको तेश्रो स्थानमा उक्लिएको छ जसले ६ खेलमा ४ जित र २ हार बेहोरेको छ। पहिलो स्थानमा रहेको चेन्नाईको १० अंक रहेको छ। कोलकाता र पन्जाबको ८/८ अंक रहे पनि नेट-रन रेटको आधारमा दोश्रो र चौथो स्थानमा रहेको छ। पन्जाबले ७ खेल खेल्दा ४ जित र ३ हार बेहोरेको छ।

 

पोलार्डको विस्फोटक इनिंग           

पहिले ब्याटिंग गर्दै पन्जाबले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले निरन्तर अन्तरालमा विकेट गुमायो।

ओपनर सिद्धेश लाड १५ रन तथा क्विन्टन डीकक २४ रन, सुर्यकुमार यादब २१ रन तथा इशान किशान ७ रन बनाएर आउट भए।

चौथो नम्बरमा ब्याटिंग गर्न आएका तथा रोहित शर्मा घाइते भएपछि उनको स्थानमा कप्तानी गरेका पोलार्डले एउटा किनार सम्हाल्दै मुम्बईलाई अघि बढाए। पाँचौ विकेटको लागि पोलार्ड र हार्दिक पान्ड्याले ४१ रनको साझेदारी गरे। १३ बलमा २ चौका मदतले १९ रन बनाएका पान्ड्यालाई मोहम्मद शामीले आउट गरे।

त्यसपछि पनि एउटा किनारमा विस्फोटक ब्याटिंग जारि राखे। त्यस क्रममा उनले  स्याम करनले गरेको १७ औं ओभरमा २ छक्का र १ चौका तथा करनकै १७ औं ओभरमा २ छक्का प्रहार गरे।

अन्तिम २ ओभरमा ३२ रन आवस्यक हुँदा करनले गरेको १९ औं ओभरमा १७ रन आएपछि मुम्बईलाई अन्तिम ओभरमा जित्न १५ रन आवस्यक थियो।

रोमान्चक अन्तिम ओभर

अन्तिम ओभरमा बलिङ्ग गर्न आएका अंकित राजपुतले ओभरको पहिलो बलमै नो बल दिए जसमा पोलार्डले छक्का प्रहार गरे। त्यस लगत्तै दोश्रो बलमा पोलार्डले चौका प्रहार गरे। अब जित्न मुम्बईलाई ५ बलमा ४ रन आवस्यक रह्यो।

जित मुम्बईलाई सहज देखिंदै थियो तर पोलार्डलाई राजपुतले त्यस लगत्तैको बलमा क्याच आउट गराएपछि खेलले रोमान्चक मोड लिन पुग्यो। पोलार्डले विस्फोटक ब्याटिंग गर्ने क्रममा ३१ बलमा १० छक्का र ३ चौका मदतले ८३ रन बनाए।

पोलार्डको विकेटपछिको बलमा अल्जारी जोसेफले रन बनाउन सकेनन्। जितको लागि अब ३ बलमा ४ रन आवस्यक रह्यो।

चौथो बलमा जोसेफले १ रन लिए। अब जित्न २ बलमा ३ रन आवस्यक रह्यो। स्ट्राइकमा आए राहुल चाहर।

पाँचौ बलमा चाहरले १ रन लिए र जोसेफलाई अन्तिम बल खेल्न दिए। मुम्बईलाई अन्तिम बलमा २ रन आवस्यक रह्यो।

राजपुतले गरेको अन्तिम बलमा जोसेफले फुल टस बललाई बलरतर्फ प्रहार गर्दै २ रन लिए र मुम्बईलाई रोमान्चक जित दिलाए।

चाहर १ रन तथा जोसेफ १५ रन ( १३ बलमा २ चौका ) बनाएर अविजित रहे।

पन्जाब बलर मोहम्मद शामीले ३ विकेट ( ४-०-२१-३ ) लिए पनि जितको लागि पर्याप्त रहेन। अंकित राजपुतले ४ ओभरमा ५२ रन खर्चेर १ विकेट लिए। कप्तान रभीचन्द्रन आश्विन ( ४-०-३७-१ ) र स्याम करन ( ४-०-५४-१ ) ले १/१ विकेट लिए।

राहुलको शतक, गेलको विस्फोटक इनिंग  

टस हारेर ब्याटिंग गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १९७ रनको योगफल तयार गरेको थियो। उसको लागि कप्तान लोकेस राहुलले अविजित शतक प्रहार गरे।

पहिलो विकेटको लागि राहुल र क्रिस गेलले ११६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। १३ औं ओभरमा गेल ६३ रन बनाएर आउट भए जसले २६ बलमा ७ छक्का र ३ चौका प्रहार गरे। गेलको विकेट पछि राहुलले अन्तिमसम्म अविजित रहेर ब्याटिंग गरे।

प्रतियोगितामा राम्रो लय देखाएका राहुलले ६४ बलमा ६ चौका र ६ वटै छक्का मदतले अविजित १०० रन बनाए। इनिंगको अन्तिम ओभरमा राहुलले शतक पुरा गरेका थिए।

राहुल र गेल बाहेक अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। डेभिड मिलर ७ रन, करुन नायर ५ रन तथा स्याम करन ८ रन बनाएर आउट भए भने मन्दिप सिंह ७ रन बनाएर अविजित रहे।

मुम्बईकको लागि बलिङ्गमा हार्दिक पान्ड्याले सर्वाधिक २ विकेट लिए पनि सबैभन्दा महँगो सावित भए। उनले ४ ओभरमा १४.२५ प्रतिओभर दरले ५७ रन खर्चिए। जेसन बेह्रेनडर्फ ( ४-०-३५-१ ) र जस्प्रित बुम्राह ( ४-०-३८-१ ) ले १/१ विकेट लिए।

 





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]