दोश्रो खेलमा नेपालको भेट युएईसंग, यस्तो छ पछिल्लो ५ खेलको नतिजा

  • विकेटनेपाल, चैत-२९ 

मलेसियामा सुरु भएको आईसीसी अन्डर-१९ विश्वकप छनौट ( एसिया ) प्रतियोगिता अन्तर्गत नेपालले शुक्रबार सम्पन्न पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गर्दै विजयी सुरुवात गर्यो।

नेपाल लगायत आयोजक मलेसिया, कुवेत, ओमान, सिंगापुर र युएई गरि ६ टोलि सहभागी प्रतियोगिताको विजेता टिम सन् २०२० जनवरी/फेब्रुवरीमा दक्षिण अफ्रीकामा आयोजना हुने यु-१९ विश्वकप खेल्न छनौट हुनेछ।

प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा नेपालले प्रतियोगिता जित्ने दाबेदार मध्येको टोलि युएईको सामना गर्दै छ। प्रतियोगिता अन्तर्गत युएईले पनि आफ्नो पहिलो खेलमा जित दर्ता गर्ने क्रममा आयोजक मलेसियालाई ५ विकेटले पराजित गरिसकेको छ। मलेसियाले दिएको २०७ रनको लक्ष्य युएईले ४७.१ ओभरमा पुरा गरेको थियो।

शनिवार बिहान नेपाली समय ७:४५ बजे सुरु हुने खेल किनरारा ओभल मैदानमा खेलिनेछ।

पछिल्लो ५ खेलमा नतिजा यस्तो छ 

सन् २०१३, एसीसी यु-१९ इलाइट कप ( सेमीफाइनल ) 

मलेसियामा आयोजित प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेलमा नेपाललाई युएईले स्तब्ध बनाएको थियो। टस हारेर पहिले ब्याटिंग गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २७१ रनको योगफल तयार गरेको थियो। २७२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४६.१ ओभरमा १९५ रनमै सबै विकेट गुमाउन पुग्यो र ७६ रनको हार बेहोर्नपुग्यो।

नेपालको लागि बलिङ्गमा अभिनाश कर्णले सर्वाधिक ३ विकेट तथा ब्याटिंगमा हरिशंकर शाहले ५२ र भुवन कार्कीले ४१ रनको योगदान दिएपनि जितको लागि पर्याप्त हुन सकेन। प्लेयर अफ द म्याच समेत चुनिएका युएई ब्याट्सम्यान शोर्ये चोपराले ११४ रनको इनिंग खेलेका थिए भने बलिङ्गमा डीएस डिसुजाले ४ विकेट लिएका थिए।

 सन् २०१३, एसीसी यु-१९ इलाइट कप ( समुह चरण ) 

युएईसंग प्रतियोगिताको सेमीफाइनलमा पराजित हुनु अघि समुह चरण अन्तर्गतको खेलमा भने नेपालले ४ विकेटको जित निकालेको थियो। टस जितेर ब्याटिंग गर्ने क्रममा युएईले १५९ रनमा सबै विकेट गुमाएको थियो। १६० रनको लक्ष्य नेपालले ३३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। बलिङ्गमा सुशन भारिले नेपालको लागि सर्वाधिक ४ विकेट र ललित सिंह भण्डारीले २ विकेट लिएका थिए। ब्याटिंगतर्फ आरिफ शेखले सर्वाधिक ४८ रन बनाउदै जितमा अहम योगदान दिएका थिए।

सन् २०१४ , एसीसी यु-१९ प्रिमियर लिग 

खेलमा टस हारेर ब्याटिंग गर्ने क्रममा नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २५० रनको योगफल तयार गरेको थियो। लक्ष्य पछ्याउने क्रममा युएईले १५६ रनमा सबै विकेट गुमाउन पुग्यो र ९४ रनको हार बेहोर्न पुग्यो। खेलको प्लेयर अफ द म्याच चुनिएका आरिफ शेखले सर्वाधिक ६० रन, शंकर रानाले ४८ तथा प्रेम तामांगले ५२ रनको इनिंग खेलेका थिए। बलिङ्गमा दिपेन्द्र ऐरिले ३ र इर्शाद एहमदले २ विकेट लिए।

सन् २०१५, एसीसी यु-१९ प्रिमियर लिग 

नेपालले युएईलाई १४९ रनको विशाल अन्तरले पराजित गर्ने क्रममा पहिले ब्याटिंग गर्दै १९९ रन बनाएको थियो र युएईलाई ५० रनमा समेटेको थियो। नेपालको जितमा ब्याटिंगमा राजु रिजालले ६२ रन तथा बलिङ्गमा प्लेयर अफ द म्याच समेत चुनिएका सुशिल कंडेलले ४ विकेट ( ७-३-७-४ ) र सुनिल धमलाले ३ विकेट ( ७-३-१२-३ ) लिएका थिए।

Player of the match - Rohit Paudel

सन् २०१८ , एसीसी यु-१९ एसिया कप 

युएई बिरुद्ध रोमान्चक जित निकाल्ने क्रममा नेपालले युएईले दिएको २६९ रनको लक्ष्य ७ विकेट गुमाएर ५ बल बाँकी छदा पुरा गरेको थियो। जितमा रोहित पौडेलले ९१ रनको उत्कृस्ट इनिंग खेलेका थिए भने सन्दिप जोराले ७७ रन बनाएका थिए।

 

 

 





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]