नेपालको लगातार दोश्रो जित : एसीसी यु-१६ इस्टर्न

  • विकेटनेपाल, बैशाख-११ 

एसीसी अन्डर-१६ इस्टर्न प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो जित दर्ता गर्ने क्रममा मलेसियालाई पराजित गरेको छ।

यस अघि प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपालले म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो। दोश्रो खेलमा जित दर्ता गर्ने क्रममा नेपालले मलेसियालाई ३९ रनले पराजित गर्यो।

Nepal U16 Cricket Team
Nepal U16 Cricket Team

खेलमा टस जितेर नेपालले ब्याटिंग गर्दै दिएको १४२ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले १०२ रन मात्रै बनाउन सक्यो।

नेपालको ब्याटिंगमा अइस भट्टराईले सर्वाधिक ३४ रन ( ४२ बलमा ५ चौका ) तथा कप्तान बिशाल बिक्रम केसीले २८ रन ( ३० बलमा २ चौका ) प्रहार गरे। यस्तै ओपनर दिपकद्वय अर्जुन बोहरा र अर्जुन कुमालले समान १६ रन योगदान दिए।

मलेसिया बलर सिद्धार्थ कार्थिकले सर्वाधिक ४ विकेट ( ६-०-२८-४ ) लिए भने हाकिम सहर ( ७-०-२९-२ ) र सचिनु हेट्टीगे ( ५-०-२२-२ ) ले २/२ विकेट लिए।

Arjun Kumal

१४२ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले ३३.२ ओभरमा १०२ रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा पहिलो ३१/५ को नाजुक अवस्थामा पुगेको मलेसियालाई छैठौं विकेटको लागि शर्भिन सुरेन्द्रन र अहमद असरफले  ५३ रनको साझेदारी गर्दै उकासे। असरफ १७ रन बनाएर आउट भए पछि मलेसियाले पुनः लगातार विकेट गुमाउन पुग्यो। फलस्वरूप ३३.२ ओभरमा १०२ रनमा मलेसिया समेटिन पुग्यो।

शर्भिन सुरेन्द्रन ४६ रन बनाएर अविजित रहे पनि जित दिलाउन सकेनन्। ८० बलमा उनले २ चौका प्रहार गरे।

नेपालको बलिंगमा प्रशान्त महत ( ४-०-८-२ ) , रमेश कुर्मी ( ७-१-८-२ ) र तिलक भण्डारी ( ५-०-१६-२ ) ले २/२ विकेट हात पारे।  स्कोरकार्ड 

GROUP A ( Points Table )

POS TEAM MAT WON LOST TIED NR NRR FOR AGAINST PTS
1 NEPAL (U-16) 2 2 0 0 0 2.417 203/13 160/20 4
2 MALAYSIA (U-16) 3 2 1 0 0 0.664 249/15 302/30 4
3 THAILAND (U-16) 2 1 1 0 0 0.886 218/20 127/13 2
4 MYANMAR (U-16) 3 0 3 0 0 -2.913 181/30 262/15 0

जितसंगै २ खेल खेल्दा नेपालको ४ अंक भएको छ । नेपालले तेश्रो खेलमा भोलि थाईल्याण्डको सामना गर्नेछ।





थप समाचार

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]