कार्तिकको इनिंगले दिलाएन कोलकातालाई जित

२०७६ बैशाख १३, शुक्रबार ००:३०

इन्डियन प्रिमियर लिग अन्तर्गत ४३ औं खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ३ विकेटले पराजित गरेको छ।

कोलकाताको घरेलु मैदान इडन गार्डेनमा सम्पन्न खेलमा कोलकाताले दिएको १७६ रनको लक्ष्य राजस्थानलले १९.२ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो।

लिगमा ११ खेल खेलेको राजस्थानले ११ खेलमा ४ जित र ७ हार बेहोरेको छ र सातौँ स्थानमा रहेको छ। कोलकाता, राजस्थान र बैंगलोरले ११ खेल खेल्दा समान ४ जित र ७ हार बेहोरे पनि नेट रनरेटको आधारमा छैठौं, सातौँ र आठौँ स्थानमा रहेको छ।

१७६ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानको सुरुवात राम्रो रह्यो। अजिंके रहाने र सन्जु स्यामसनले पहिलो विकेटको लागि ५३ रनको साझेदारी गरे।

रहाने ३४ र स्यामसन २२ रन बनाएर आउट भएपछि राजस्थानले लगातार विकेट गुमायो। कप्तान स्टिभ स्मिथ २, बेन स्टोक्स ११ , स्टुवार्ट बिनि ११ रन बनाएर आउट भए।

पाँचौ नम्बरमा ब्याटिंग गरेका रियान प्रयागले ३१ बलमा ५ चौका र २ छक्का मदतले ४७ रन बनाएर राजस्थानलाई जितको दिशा दिए। प्रयागले श्रेयस गोपालसंग सातौँ विकेटको लागि ४३ रनको साझेदारी गरे। गोपालले १८ रन बनाए।

जोफ्रा आर्चरले अन्तिममा आक्रामक ब्याटिंग गर्दै राजस्थानलाई जितसम्म पुर्याए। १२ बलमा उनले २ चौका र २ छक्का हिर्काए। अन्तिम ओभरमा ९ रन आवस्यक रहंदा आर्चरले पहिलो बलमा चौका र दोश्रो बलमा छक्का प्रहार गर्दै जितसम्म पुर्याए।

१९.२ ओभरमा ७ विकेट गुमाएर राजस्थानले जित हाँसिल गर्यो।

कोलकाता बलर पियुश चावलाले सर्वाधिक ३ विकेट ( ४-०-२०-३ ) तथा सुनिल नारायणले २ विकेट ( ४-०-२५-२ ) लिए।

दिनेश कार्थिकको उत्कृस्ट इनिंग 

यस अघि टस हारेर ब्याटिंग गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १७५ रनको योगफल तयार गरेको थियो।

कोलकाताको लागि कप्तान दिनेश कार्तिकले अविजित ९७ रन बनाए। कार्तिकले ५० बलमा ७ चौका र ९ छक्का प्रहार गरे। नितिश रानाले २१ रन बनाए। आन्द्रे रसेलले १४ रन बनाए।

राजस्थानको लागि वरुण आरुनले २ विकेट ( ४-१-२०-२ ) तथा ओशेन थोमस, श्रेयस गोपाल र जयदेव उनदकतले १/१ विकेट लिए।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy