बंगलादेशलाई पराजित गर्दै नेपालले जित्यो उपाधि

  • विकेटनेपाल, पुष १ 

बंगलादेशलाई पराजित गर्दै नेपालले प्रथम अन्तर्राष्ट्रिय व्हिलचियर क्रिकेट च्याम्पियन त्रिदेशीय सिरिजको उपाधि जितेको छ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा नेपालले पहिले ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाई १६० रनको स्कोर तयार गरेको थियो। जवाफमा बंगलादेशले १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाई १०६ रन मात्रै बनाएपछि नेपालले ५४ रनको सहज जित हात पार्यो।

नेपालकको लागि ब्याटिंगतर्फ ओपनर दिगम चेम्जोंग लिम्बुले अविजित ७९ तथा नबिन राईले ५९ रनको योगदान दिएका थिए। दिगमले ६२ बलमा १० चौका तथा नबिनले ५२ बलमा ८ चौका प्रहार गरे। बंगलादेशी बलर रिपोन उद्दीनले २ विकेट लिए।

दोश्रो इनिंगमा नेपाली बलर बिपिन पौडेलले ३ विकेट हात पार्दै बंगलादेश ब्याट्सम्यानहरुलाई मुस्किल बनाएका थिए। बंगलादेशको लागि मोर्शेद आलमले सर्बाहिक २० रन तथा उज्ज्वल बैरागीले १७ रन योगदान दिएका थिए। बिपिनले ३.२ ओभरमा मात्र १३ रन खर्चिएका थिए।

नेपालले यस अघि भारत र बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

फाइल तस्बिर

खेलको प्लेयर अफ द म्याच दिगम चेम्जोंग लिम्बु घोषित भए। प्रतियोगिताकै उत्कृस्ट ब्याट्सम्यान नेपालका नबिन राई तथा उत्कृस्ट बलर नेपालकै बिपिन पौडेल घोषित भए। यस्तै उत्कृस्ट विकेटकिपर नेपालकै राजु गुरुङ तथा उत्कृस्ट खेलाडी नेपालकै दिगम चेम्जोंग लामा घोषित भए।

बिजयी खेलाडीहरुलाई रास्ट्रिय खेलकुद परिषद सदस्य सचिब केशब बिस्टले पुरस्कार वितरण गर्नु भएको थियो।

बिश्वमै व्हिल चेयर क्रिकेटको त्रिकोणात्मक सिरिज भएको यो नै पहिलो पटक हो। ३ दिन चलेको प्रतियोगिताको आयोजना नेपाल व्हिलचेयर क्रिकेट संघले गरेको थियो।

????????????????????????????????????




थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]