नेपालको उत्कृस्ट बलिंग, फाइनल पुग्न हंगकंगले दियो ८७ रनको लक्ष्य

२०७६ बैशाख १४, शनिबार ११:३३

एसीसी अन्डर-१६ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेलमा नेपालले हंगकंगसंग प्रतिस्पर्धा गरिरेको छ।

खेलमा टस जितेर ब्याटिंग गरेको हंगकंगले निर्धारित ३५ ओभर मध्ये ३२.२ ओभरमा ८६ रनमा सम्पूर्ण विकेट गुमाएपछि नेपालले ८७ रनको लक्ष्य पाएको छ।

हंगकंगलाई सानो योगफलमा सिमित गर्न नेपाली बलर निखिल कुमार सिंहले ४ विकेट लिए। ६.२ ओभरमा उनले १६ रन खर्चिए। यस्तै बिशाल कुमार पटेलले २ विकेट ( ४-०-१७-२ ) , रमेश कुर्मीले २ विकेट ( ७-२-१४-२ ) तथा तिलक राज भण्डारी ( ६-१-१६-१ ) ले १ विकेट लिए।

हंगकंगको लागि कप्तान आरुष भागवतले अविजित ४३ रन बनाए। उनले ८३ बलमा ४ चौका प्रहार गरे। लगातार विकेट गुमाए पनि आरुषले चौथो नम्बरमा ब्याटिंग गर्दै अन्तिमसम्म विकेट जोगाएका थिए। आरुष बाहेक अन्य कुनै हंगकंग ब्याट्सम्यानले दोश्रो अंकमा रन बनाउन सकेनन्।

नेपालले अतिरिक्त रनको रुपमा २० रन खर्चियो जसमा १६ वाइड थियो।

प्रतियोगिताको समुह चरणमा नेपाल समुह ‘ए’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो भने हंगकंग समुह ‘बि’ को उपविजेताको रुपमा।

अहिले जारि अर्को सेमी फाइनल खेलमा समुह ‘बि’ को विजेता सिंगापुर र समुह ‘ए’ को उप-विजेता मलेसियाले प्रतिसपर्धा गरिरहेका छन्। टस हारेर ब्याटिंग गरेको मलेसियाले यो समाचार तयार पार्दा सम्म ३१.४ ओभरमा ५ विकेट गुमाएर १४४ रन बनाएको छ।

प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन नेपालले २०१७ मा सिंगापुरलाई पराजित गर्दै उपाधि जितेको थियो।

खेलको फोटोहरु :- 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy