गण्डकी प्रदेशको पहिलो जितमा अर्जुन उत्कृस्ट, प्रदेश-१ को रोमान्चक जित

  • विकेटनेपाल, बैशाख-२१ , शनिवार 

काठमाडौँमा जारि मनमोहन मेमोरियल अन्तर-प्रदेश अन्डर-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न २ खेलमा गण्डकी प्रदेश र प्रदेश-१ विजयी भएका छन्।

प्रतियोगिता अन्तर्गत समुह ‘ए’ बाट  प्रदेश-३ र प्रदेश-७ सेमीफाइनल प्रवेश गरिसकेका छन् भने समुह ‘बि’ बाट प्रदेश-१ सेमीफाइनल प्रवेश गरेको छ भने अर्को टिमको टुंगो लाग्न बाँकी छ। आइतबार समुह चरणको अन्तिम २ खेल खेलिनेछ। प्रदेश ५ र प्रदेश २ बीचको खेलले समुह ‘बि’ बाट सेमीफाइनल पुग्ने टिमको टुंगो लाग्नेछ।

Points Table

Group A

S.N Region Played Won Loss NR Points Net. Run rate
1. Province No. 3 2 2 0 4* +3.893
2. Sudurpaschim (Province No. 7) 2 2 0 4 +1.367
3. Gandaki (Province No. 4) 3 1 2 2 -0.684
4. Karnali (Province No.6) 3 0 3 0 -6.483

 Group B

S.N Region Played Won Loss NR Points Net. Run rate
1. Province No. 1 2 1 0 1 3 +0.1
2. Province No. 2 1 1 1
3. Province No. 5 1 0 1 0 -0.1

 अर्जुन कुमालको उत्कृस्ट प्रदर्शनमा गण्डकी प्रदेशको जित 

टियु मैदानमा सम्पन्न दिनको पहिलो खेलमा टस जितेर ब्याटिंग गरेको कर्णाली प्रदेशले २०.३ ओभरमा ८७ रनको योगफल तयार गरेको थियो। ८८ रनको लक्ष्य गण्डकी प्रदेशले २२ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो।

Arjun Kumal ( File Photo )

गण्डकीको जितमा यु-१६ राष्ट्रिय क्रिकेटर समेत रहेका अर्जुन कुमालले अविजित ४९ रन बनाए। प्लेयर अफ द म्याच समेत चुनिएका उनले ५४ बलमा ५ चौका प्रहार गरे। यस्तै गण्डकीका बलरहरु शरद तिवारी, नितेश गिरि, निशान कुँवर र आदित्य थापाले २/२ विकेट लिएका थिए।  कर्णाली प्रदेशको लागि ब्याटिंगमा दिलिप सुनारले ४४ रन बनाए।

Arjun Kumal

प्रदेश-१ को रोमान्चक जित 

दिनको दोश्रो खेलमा प्रदेश-५ ले टस जितेर ब्याटिंग गर्दै निर्धारित ३० ओभर मध्ये २८ ओभरमा सम्पूर्ण विकेट गुमाएर १२५ रनको योगफल तयार गरेको थियो। उसको लागि प्रकाश गिरिले ५८ ( ५१ बलमा ५ चौका र २ छक्का ) तथा अभिशेक गौतमले २१ रन बनाए। प्रदेश-१ का बलर बिपिन महतोले ३ विकेट ( ५-०-२६-३ ) तथा समिर तिम्सिनाले २ विकेट लिए।

Suman Sundas of Province No. 1

१२६ रनको लक्ष्य प्रदेश-१ ले अन्तिम बलमा १ विकेट बाँकी रहंदा पछ्यायो। ओपनर आइन्स्टाइन रिजालले  ४० तथा सुमन सुन्दासले ४१ रन बनाउदै जितको आधार तयार गरे। १२२ रनमा ९ विकेट गएको अवस्थामा सर्वनकिस्कुले अविजित ६ रन बनाउदै टिमलाई जित दिलाएका थिए।

प्रदेश-५ का बलर अभिशेक गौतमले ३ विकेट ( ६-०-२५-३ ) तथा रमेश कुर्मीले २ विकेट लिए पनि जितको लागि पर्याप्त भएन।

खेलको प्लेयर अफ द म्याच सुमन सुन्दास घोषित भए।

प्रतियोगिताको विजेता टोलीले ५ लाख प्राप्त गर्ने छ । विजेताले २ लाख ५० हजार नगद साथै २ लाख ५० हजारको खेलकुद सामग्री प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै उप विजेता टोलीले १ लाख २५ हजार नगद र सो सरहको खेलकुद सामग्री पाउने आयोजकले जनाएको छ ।





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]