बिशाल जित पछि चेन्नाईलाई पछि पार्दै मुम्बई नम्बर-१ , पुरा भयो प्ले-अफ समीकरण

  • विकेटनेपाल, बैशाख-२३ 

लिग चरणको अन्तिम खेलमा कोलकाता नाइट राइडर्सलाई ९ विकेटले पराजित गर्दै मुम्बई इन्डियन प्रिमियर लिग आईपीएलको अंकतालिकाको शिर्ष स्थानमा रहन सफल भएको छ।

मुम्बईको घरेलु मैदानमा आइतबार राति सम्पन्न खेलमा कोलकाताले दिएको १३४ रनको लक्ष्य मुम्बईले १६.१ ओभरमा १ मात्र विकेट गुमाएर पुरा गर्यो। जितमा कप्तान रोहित शर्माले अविजित ५५ तथा सुर्यकुमार यादबले अविजित ४६ रन बनाए भने बलिंगमा लासिथ मालिंगाले ३ तथा जस्प्रित बुम्राह र हार्दिक पान्ड्याले २/२ विकेट लिए।

अन्तिम अंकतालिका 

आईपीएलमा सबै टिमले एक-अर्का बिरुद्ध २/२ खेल खेलेपछि लिग चरणको खेल सकिएको छ।

अंकतालिकामा मुम्बई, चेन्नाई र दिल्ल्लीले १४ खेलमा समान ९ जित र ५ हार बेहोरे पनि नेट रन-रेटको आधारमा पहिलो, दोश्रो र तेश्रो स्थानमा रहे र प्ले-अफ चरण प्रवेश गरे।

यस्तै चौथो स्थानमा रहँदै सनराइजर्स हैदराबाद पनि प्ले-अफ चरण प्रवेश गर्यो। हैदराबाद, कोलकाता र किंग्स-११ पन्जाबको समान १२ अंक रहे पनि नेट-रन रेटमा हैदराबाद चौथो, कोलकाता पाँचौं र पन्जाब छैठौं स्थानमा रह्यो। सबैले १४ खेलमा ६ जित र ८ हार बेहोर्न पुगे।

लिगको अन्तिम खेलमा यदी मुम्बईलाई कोलकाताले पराजित गरेको भए हैदराबादको सट्टा कोलकाता प्ले-अफ चरण प्रवेश गर्ने थियो।

अँक तालिकाको पुछारमा ११/११ अंक सहित सातौँ स्थानमा राजस्थान र आठौँमा बैंगलोर रहे। दुवै टिमले १४ खेलमा ५ जित र ८ हार बेहोरे।

प्ले-अफ समीकरण यस्तो :-

अब आईपीएलको यो संस्करणमा मात्र ४ वटा खेल बाँकी रहेका छन्।

मंगलबार पहिलो क्वालीफायर खेलमा मुम्बई र चेन्नाईले प्रतिस्पर्धा गर्नेछन् जसको विजेता सोझै फाइनल प्रवेश गर्नेछ। यस्तै बुधबार दिल्ली र हैदराबाद बीच इलिमीनेटर खेलिनेछ जसको विजेताले मुम्बई र चेन्नाई बीचको खेलमा पराजित हुने टिमसंग दोश्रो क्वालीफायर खेल्नेछ। शुक्रबार दोश्रो क्वालिफायर खेलिनेछ जसको विजेता टिम फाइनल प्रवेश गर्नेछ।

मे ७ मंगलबार – मुम्बई Vs चेन्नाई ( पहिलो क्वालिफायर ) , एमए चिदम्बरम, चेन्नाई
मे ८ बुधबार – दिल्ली Vs हैदराबाद ( इलिमीनेटर ) , राजशेखरा स्टेडियम, भिसाखापट्नम
मे १० शुक्रबार – दोश्रो क्वालिफायर ( राजशेखरा स्टेडियम, भिसाखापट्नम )
मे १२ आइतबार – फाइनल ( राजिभ गान्धी स्टेडियम , हैदराबाद )

इन्डियन प्रिमियर लिगको गत संस्करणको उपाधि चेन्नाईले फाइनलमा हैदराबादलाई पराजित गर्दै जितेको थियो। त्यसबेला प्ले-अफमा चेन्नाई, हैदराबाद, कोलकाता र राजस्थान पुगेका थिए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]