सदस्यता खारेजविरुद्ध क्यान उपाध्यक्ष मैनाली सर्वाेच्चमा

नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचित कमिटीका वरिष्ठ उपाध्यक्ष विनोद मैनालीले आफ्नो सदस्यता कायम गरिपाऊँ भन्दै सर्वोच्च अदालतले दायर गरेको रिटमा विपक्षीको नाममा कारण देखाउ आदेश दिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को स्वतन्त्र समितिले वैशाख २६ गते सदस्यता खारेज गरेसँगै मैनालीले सर्वाेच्चमा राष्ट्रिय खेलकुद परिषद् (राखेप),निर्वाचित क्यान, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले गठन गरेको स्वतन्त्र समिति र बाँके जिल्ला क्रिकेट संघलाई विपक्षी बनाउँदै मुद्दा दर्ता गरेका थिए ।

मैनालीले दायर गरेको रिटको सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश टंक मोक्तानको एकल इजलासले बुधबार विपक्षीका नाममा कारण देखाउ आदेश दिएको हो ।

International Cricket Council , Cricket Association of Nepal
International Cricket Council , Cricket Association of Nepal Logo

स्वतन्त्र समितिको कानुनी टोलीले पेस्की फस्र्यौट नगर्नेलाई प्रतिनिधि बस्न नपाउने नियम बनाउँदै जिल्ला क्रिकेट संघहरूलाई पत्राचार गर्दै मैनाली, उपाध्यक्ष नरेश श्रेष्ठ, शैलेशकुमार चौधरी, रतनबहादुर कठायत, सचिव उत्तम कर्माचार्य र किरण राणा तथा सदस्य सुनीलसिंह हमालका साथै क्यानका पूर्वसदस्य कृष्णकह्नैैया कायस्थ, प्रेम सेन्चुरी, अनुपशमशेर थापा, प्रशिक्षक मन्जुल आलम खान, क्युरेटर प्रफुल्लसागर प्रधान र डोटीका चक्रबहादुर साउद गरी १२ जनाको सदस्यता खारेज गरेको थियो ।

सर्वाेच्चको आदेशसँगै क्यानको आसन्न निर्वाचन प्रभावित हुने सम्भावना बढेको छ ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]