व्हिलचियर एसिया कप: भारत र पाकिस्तान फाइनलमा भिड्ने

  • विकेटनेपाल, जेठ ३ – शुक्रबार

नेपालमा जारी एसिया कप ट्वान्टी–२० ह्विल चियर क्रिकेट प्रतियोगिताका लागि भारत र पास्कितान भिड्दै छन्।
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा शनिबार हुने फाइनल खेल विहान ९ बजेबाट सुरु हुँदैछ ।

दक्षिण एसियाका चार देशको सहभागिता रहेको पहिलो संस्करणको प्रतियोगिता यस अघि भारतमा आयोजना हुने भनिए पनि प्राविधिक कारण यस वर्ष नेपालमा आयोजना भएको हो ।

प्रतियोगितामा आयोजक नेपाल सहित भारत, पाकिस्तान र बंगलादेशले सहभागिता जनाएका छन् ।

नेपाल ह्विल चियर क्रिकेट संघको आयोजना भएको प्रतियोगितामा चार टोलीलाई लिग प्रणालीमा खेलाइएको थियो । जस अन्तर्गत भारतले लिगका सबै खेलमा जित निकाल्दै फाइनल यात्रा तय गर्न सफल भएको हो भने पाकिस्तान तीन मध्ये दुईमा जित र एक खेलमा पराजित हुँदै शीर्ष दुई भित्र अटाउँदा फाइनल यात्रा तय गर्न सफल भएको हो ।

पाकिस्तान भारतसँग लिग चरणको खेलमा पराजित भएको थियो । आज हुने खेलमा पाकिस्तानलाई बदला लिने अवसर हुनेछ भने भारत अपराजित रहँदै उपाधि जित्ने दाउमा हुनेछ ।

उता आयोजक नेपालले भने लिगका सबै खेलमा पराजित हुँदै प्रतियोगिता टुङ्गाएको छ ।





थप समाचार

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]