विश्वकप विशेष : विश्वकप हेर्ने टिकट मूल्य कति ?

२०७६ जेष्ठ ४, शनिबार १०:३६

  • विकेटनेपाल, बैशाख-४ , शनिवार 

२०१९ क्रिकेट विश्वकप सुरु हुन अब केहि दिन मात्रै बाँकी हुँदा प्रतियोगिताको चर्चा उत्कर्षमा छ। इंग्ल्याण्डमा र वेल्समा मे ३० देखि आयोजना हुने प्रतियोगिताको लागि क्रिकेट फ्यानहरु उत्साहित छन्। क्रिकेट जगतकै सबैभन्दा ठुलो प्रतियोगिताको मैदानमा प्रत्यक्ष उपस्थित भइ हेर्ने चाहना पनि धेरै फ्यानहरुको रहेको छ। त्यसैले प्रतियोगिताको खेल प्रत्यक्ष हेर्न टिकटको माग निकै ठुलो रहेको छ। मे ३० देखि जुलाई १४ सम्म विश्वकपमा हुने कुल ४८ वटा खेल हेर्न मैदान पुरापुर समर्थकहरुले भरिने अपेक्षा गरिएको छ।

८ लाख टिकटको लागि ३० लाख आवेदन 

अन्तर्राष्ट्रिय क्रिकेट परिषदले प्रतियोगिताको ८ लाख टिकट पाउनको लागि आफ्नो वेबसाइटमार्फत १४८ देशबाट ३० लाख जनाले आवेदन दिएको बताएको छ। आईसीसीको अधिकारिक वेबसाइट icc-cricket.com मार्फत वा अधिकारिक टिकट विक्रेता मार्फत मात्र टिकट किन्न आग्रह गरेको छ। अनधिकृत रुपमा टिकट बिक्रि गर्ने प्रयास समेत भइरहेको हुँदा आईसीसीले अन्य वेबसाइटहरु माथि कडा निगरानी गर्दै टिकट समेत रद्द समेत गरिरहेको बताएको छ।

कति पर्छ टिकट मूल्य ? 

विश्वकप क्रिकेट हेर्न सबैभन्दा कम टिकट मूल्य २० युरो  ( करिब रु. २,५०० ) रहेको छ। सस्तो टिकट लिग चरणमा कम लोकप्रिय टिमहरुले खेल्ने खेलको लागि हो जसको संख्या ८० हजार बढी रहेको छ। भारत र इंग्ल्याण्ड जस्तो देशले अफगानिस्तानसंग खेल्ने खेलको लागि कम्तिमा ४० युरो (करिब रु. ५ हजार ) टिकट मूल्य रहेको छ।  २ लाख बढी टिकट ५० युरो या कम मूल्यको राखिएको छ। प्रत्येक खेल हेर्न आउने सानो बच्चाहरुको लागि ६ युरो देखि टिकट मूल्य सुरु हुन्छ। यस्तै ४ जनाको परिवारको लागि ५२ युरोको प्याकेज समेत आईसीसीले दिएको छ।

विश्वकपको लिग चरणको खेलमा भारत, अस्ट्रेलिया, इंग्ल्याण्ड जस्ता ठुला टिमको खेलको लागि समर्थकहरुले कम्तिमा ५५ युरो ( करिब रु. ६,९०० ) देखि १०० ( करिब रु. १२,५०० ) युरो भन्दा पनि माथिको रकम तिर्नुपर्नेछ। धेरै जसो टिकटको मूल्य १०० युरो भन्दा माथिनै रहेको छ।

५ जुनमा भारतले दक्षिण अफ्रीकासंग खेल्ने खेलको लागि सबैभन्दा कम मूल्यको ७० यूरो देखि २३५ युरोसम्मको ( करिब रु. ९ हजार देखि ३० हजार )  टिकट मूल्य रहेको छ। यस्तै विश्वकपको उद्घाटन खेल इंग्ल्याण्ड र दक्षिण अफ्रीका बीचको टिकट मूल्य पनि ७० देखि २३५ युरोसम्मको रहेको छ। भारत र पाकिस्तान बीच जुन १६ मा हुने खेलको लागि पनि उही टिकट मूल्य तोकिएको छ।

प्रतियोगिताको सेमीफाइनलको लागि ७५ देखि २४० युरोसम्मको तथा फाइनल खेलको लागि ९५ युरो देखि ३९५ युरोसम्मको ( करिब रु. १२,००० देखि रु. ५० हजार ) टिकट रहेको छ। समर्थकहरुले खेल भएको दिन मैदानमा गएर समेत टिकट लिन सक्नेछन् जसको संख्या भने सिमित मात्रै रहेको आईसीसीले बताएको छ।

मैदानमा बस्ने ठाउँलाई ब्रन्ज, गोल्ड, प्लाटिनम, सिल्भर, पेभेलियन जस्ता क्याटेगरिमा बिभाजन गरिएको छ जसको अनुसार टिकट रकम कम र बढी हुनेगर्छ।

धेरैले पढेको :- विश्वकपको पुरस्कार राशि घोषणा, पढ्नुस नेपाली रुपैयाँमा कति पाउनेछ विजेताले

यो पटक एकदिवसीय विश्वकपमा कुल १० टिम सहभागी छन् जसमा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्याण्ड, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रीका, श्रीलंका र वेस्ट इन्डिज रहेका छन्।

लिग चरणमा सबै १० टिमले एक-अर्का बिरुद्ध १/१ खेल खेल्नेछन् जसपछि अंकतालिकामा शिर्ष ४ भित्र रहने टिम सेमीफाइनल प्रवेश गर्नेछ। सबै टिमले एकअर्का बिरुद्ध खेल्दा एउटा टिमले कुल ९ खेल र समग्रमा सबै टिमले कुल ४५ खेल खेल्नेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy