विश्वकप टोलीबाट ड्रप भएपछि जुनैद खानको अचम्मको बिरोध

२०७६ जेष्ठ ७, मंगलवार ०८:४५

  • विकेटनेपाल – ७ जेष्ठ, मंगलबार

एकदिवसिय विश्वकप क्रिकेट २०१९ सुरुहुन केहि दिन मात्र बाँकी रहंदा सहभागी १० राष्ट्रले आफ्नो अन्तिम १५ सदस्यीय टोली सार्वजनिक गर्ने क्रम जारि छ।

यसै क्रममा सन् १९९२ को विश्वकप विजेता टोली पाकिस्तानले समेत आफ्नो अन्तिम १५ खेलाडीको सुचि सोमबार प्रकाशित गर्यो। यस अघि रहेका प्रारम्भिक १५ खेलाडीमा इंग्ल्याण्ड बिरुद्धको शृंखला हार पछि पाकिस्तानले विश्वकपका लागि तिन खेलाडी फेर-बदल गरेको छ।

विश्वकपको तयारि स्वरूप रहेको इंग्ल्याण्ड बिरुद्धको ५ एकदिवसिय खेलको शृंखलामा पाकिस्तान ४-० ले पराजित भयो। पहिलो खेल बर्षाले रद्द भएको थियो।

इंग्ल्याण्ड बिरुद्धको एक दिवसिय शृंखला सकिए लगत्तै पाकिस्तानले आफ्नो विश्वकप टोलीमा ३ परिवर्तन गर्यो। मोहम्मद आमिर, वहाब रियाज र आसिफ अलिले अन्तिम १५ मा स्थान बनाउंदा फाहिम अश्रफ, जुनैद खान र आबिद अलिले भने टोलीबाट आफ्नो स्थान गुमाए।

 

विश्वकप खेल्ने टोलीबाट आफ्नो स्थान गुमाएको केहि समय नबित्दै बायाँ हाते तिब्र गतिका बलर जुनैद खानले भने पाकिस्तानको निर्णयलाई व्यंगात्मक तरिकाले बिरोध गरेका छन्। सामाजिक संजाल ट्विटर र इन्स्टाग्राममा खानले आफ्नो मुखमा कालो टेप लगाएर फोटो पोस्ट गरेका छन्। फोटोसंगै जुनैदले लेखेका छन्, ” म केहिपनि भन्न चाहान्न, सत्य तितो हुन्छ।

उनले सामाजिक संजालबाट आफ्नो त्यो पोस्ट हटाईसकेका छन् ।

पाकिस्तानको विश्वकप टोलीमा वहाव रियाजले अन्तिम १५ मा स्थान बनाएपछि जुनैदलाई टोलीबाट बाहिर राखिएको हो। पछिल्लो पटक सन् २०१७ को च्याम्पियन्स ट्रफी खेलेका वहाब रियाजले आश्चार्यजनक तरिकाले पाकिस्तानको टोलीमा स्थान बनाएका हुन्।

 

जुनैदले पाकिस्तानले सन् २०१७ मा च्याम्पियन्स ट्रफी जित्दा ४ खेल खेल्दै ८ विकेट लिएका थिए। २९ बर्षीय उनको औसत १९.३७ र इकोनोमी ४.५८ को रहेको थियो जुन अहिलेको क्रिकेट संस्कारमा धेरै राम्रो मानिने गरिन्छ।

भर्खरै सम्पन्न इंग्ल्याण्ड बिरुद्दको सिरिजमा पनि उनले लगातार खेल्न पाएनन्। फ्ल्याट ट्रयाकमा मात्र २ खेल खेल्न पाएका उनले क्रमश: १/५७ र १/८५ को प्रदर्शन गरे। उनको नाममा एकदिवसीय क्रिकेटमा ७६ खेलबाट ११० विकेट, टेस्ट क्रिकेटमा २२ खेलबाट ७१ विकेट र टि२० आई क्रिकेटमा ९ खेलबाट ८ विकेट रहेको छ।

पाकिस्तान टोली : सरफराज अहमद (कप्तान). फखर जमान, इमाम-उल-हक, बाबर आजम, आसिफ अली, शाहीन अफरीदी, हसन अली, वहाब रियाज, मोहम्मद हसनैन, शादाब खान, शोएब मलिक, मोहम्मद आमिर, मोहम्मद हफीज, इमाद वसीम, हरिस सोहेल

विश्वकपमा पाकिस्तानले आफ्नो पहिलो खेल मे ३१ तारिकमा वेस्ट इन्डिजसंग खेल्ने तालिका रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy