धोनी र केएल राहुलको शतकमा भारतले बनायो ३५९

२०७६ जेष्ठ १४, मंगलवार १९:५४

विश्वकप अघि भारतको लगातार चिन्ताको बिषय बनेको चौथो नम्बरमा को ब्याट्सम्यान भन्ने बहस अब टुंगिने निश्चित भएको छ। विश्वकप अघि आफ्नो अन्तिम अभ्यास खेलमा केएल राहुलले बंगलादेशसंग उत्कृस्ट शतकीय इनिंग खेलेसंगै अब चौथो नम्बरमा राहुलले आफुलाई उभ्याउने निश्चित जसो भएको हो।

विश्वकप अघि आफ्नो अन्तिम अभ्यास खेलमा टस हारेर ब्याटिंग गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर ३५९ रनको योगफल तयार गरेको छ।

भारतको सुरुवात राम्रो हुन सकेन,शिखर धवन १ रन बनाएर आउट भए। दोश्रो विकेटको लागि रोहित शर्मा र कप्तान बिराट कोहलीले ४५ रनको साझेदारी गरे। रोहित १९ रन बनाएर आउट भए।

४७ रन बनाएर कोहली आउट भए जसपछि भिजय शंकर पनि २ रन बनाएर आउट हुँदा भारत समस्यामा पर्यो।

त्यसपछि चौथो नम्बरमा ब्याटिंग गरेका केएल राहुल र महेन्द्र सिंह धोनीले विशाल साझेदारी गर्दै भारतको योगफल २५० पार गराए।

१०२/४ ( २१.६ ओभर ) को अवस्थाबाट धोनी/राहुलले भारतलाई २६६ रनसम्म पुर्याए। शतक पुरा गरेपछि राहुल आउट भए जसपछि पनि धोनीले एक किनार सम्हालीरहे।

धोनीले हार्दिक पान्ड्यासंग ५१ रनको साझेदारी गरे। ११ बलमा २ चौका र १ छक्का मदतले २१ रन बनाएर पान्ड्या आउट भए।

५० औं ओभरमा धोनी आउट भए जसपछि उनले ११३ रन बनाए जुन क्रममा ७८ बलमा ८ चौका र ७ छक्का प्रहार गरे।

रभिन्द्र जडेजाले अविजित ११ तथा दिनेश कार्तिकले अविजित ७ रन बनाए पछि भारतले ५० ओभरमा ७ विकेट गुमाएर ३५९ रनको योगफल तयार गर्यो।

बंगलादेशको बलिंगमा रुबेल हुसेन ( ८-०-६२-२ ) र शाकिब अल हसन ( ६-०-५८-२ ) ले २/२ विकेट तथा मुस्तफिजुर ( ८-१-४३-१ ) , मोहम्मद सैफुद्दीन ( ६-१-२७-१ ) र सब्बिर रहमान ( ५-०-३०-१ ) ले १/१ विकेट लिए।

आजै जारि दोश्रो अभ्यास खेलमा वेस्ट इन्डिज र न्युजिल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन्। वेस्ट इन्डिजले पहिले ब्याटिंग गर्दै ४२१ रनको योगफल तयार गरेको छ।

भारतले यस अघि पहिलो अभ्यास खेलमा न्युजिल्याण्डसंग ६ विकेटको पराजय बेहोरेको थियो भने बंगलादेश र पाकिस्तान बीचको अभ्यास खेल वर्षले रद्द भएको थियो। विश्वकप अन्तर्गत भारतले आफ्नो पहिलो खेल दक्षिण अफ्रीकासंग जुन ५ तारिकमा र बंगलादेशले पहिलो खेल दक्षिण अफ्रीकासंगनै जुन २ तारिकमा खेल्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy