अमितको शतक र दिपेन्द्रको ५ विकेट , पुलिसको दोश्रो जित

अमित श्रेष्ठ र दिपेन्द्र ऐरीले उत्कृस्ट प्रदर्शन गरेपछि नेपाल पुलिस क्लबले प्रदेश नम्बर-१ लाई पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा लगातार दोश्रो जित दर्ता गरेको छ।

मुलपानी मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको पुलिसले दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश-१ ले ११० रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो र ७५ रनले खेल हार्न पुग्यो।

पुलिसले यस अघि खेलेको १ खेलमा कर्णाली प्रदेशलाई ९४ रनले पराजित गरेको थियो। जितसंगै अंकतालिकामा पुलिस दोश्रो स्थानमा रहेको छ। उता प्रदेश-१ ले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसंग ११३ रनको हार बेहोरेको थियो।

अंकतालिका 

ताजा अंकतालिका

प्रदेश-१ लाई लक्ष्यसम्म पुग्न नदिन पुलिसका अफस्पिनर दिपेन्द्र ऐरी एक्लैले ५ विकेट लिए। यस क्रममा ऐरीले प्रदेश-१ को मध्यक्रम ध्वस्त बनाए र १० ओभरमा ४ मेडन गर्दै मात्र २६ रन खर्चिए। यस्तै पुलिसका देब्रे हाते स्पिनर ललित राजबंशीले ३ विकेट ( ९.३-२-२०-३ ) लिए। सागर ढकाल ( ४-०-७-१ ) र आरिफ शेख ( ५-०-११-१ ) ले १/१ विकेट लिए।

प्रदेश-१ का ओपनर सन्नी पुनले सर्वाधिक २७ रन बनाउदा मिनास थापाले १९, दिपेश कंडेलले १५ र फिर्दोश अन्सारीले १२ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

Dipendra Airee
Dipendra Airee

अमित श्रेष्ठको शतक 

घरेलु क्रिकेटमा नियमित जसो रन बनाउने अमित श्रेष्ठले प्रधानमन्त्री कपमा आफ्नो पहिलो शतक बनाए पछि पुलिसले टस जितेर ब्याटिंग गर्ने क्रममा ४३.१ ओभरमा १८५ रनमा सबै विकेट गुमाएको थियो।

एक समय ४५/५ ( ११.२ ओभर ) को नाजुक स्थितिमा रहेको पुलिसलाई छैठौं विकेटको लागि अमित र कुशल भुर्तेलले ६८ रनको साझेदारी गर्दै १०० रन पार गराएका थिए। भुर्तेल २४ रन बनाएर आउट भए पनि अमितले एक किनार सम्हाली रहे।

४२ औं ओभरमा आउट भएका अमितले ११८ बलमा १५ चौका र १ छक्का प्रहार गरे। तल्लो क्रममा मन्जित श्रेष्ठ र रामनरेश गिरिले समान ११ रन बनाए। जारि प्रतियोगितामा यस अघि प्रदेश-३ का ज्ञानेन्द्र मल्लले एपीएफ बिरुद्ध शतक बनाएका थिए।

Amit Shrestha

यस अघि अमितले सन् २०१२ को एकदिवसीय राष्ट्रिय क्रिकेटमा बिरगंजको लागि खेल्ने क्रममा लगातार २ शतक प्रहार गर्दै किर्तिमान कायम गरेका थिए। हालसम्म पनि नेपाली घरेलु क्रिकेटमा कुनै ब्याट्सम्यानले लगातार २ शतक तथा एकै प्रतियोगितमा २ शतक बनाउन सकेका छैनन्।

प्रदेश-२ को लागि बलिंगमा कमल खत्री ( ६-१-२७-२ ) , फिर्दोश अन्सारी ( ८-०-२५-२ ), पुष्प थापा ( ६-०-३५-२ ) , दिपेश कंडेल ( ९.१-२-३०-२ ) तथा सिद्धान्त लोहनी ( ५-०-१८-२ ) ले २/२ विकेट लिए। स्कोरकार्ड 

प्रतियोगिता अन्तर्गत आजै टियु मैदानमा सम्पन्न खेलमा प्रदेश-२ ले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्यो। 

प्रधानमन्त्री कपमा ७ प्रदेश र ३ विभागीय टिमहरु १० टिम सहभागी छन्। १० टिमलाई २ समुहमा बिभाजन गरिएको छ। समुह चरणमा दुवै समुहमा रहेका टिमहरुले एक-अर्कासंग १-१ खेल खेलेपछि दुवै समुहबाट उत्कृस्ट हुने २ टिम सेमीफाइनल प्रवेश गर्नेछन्। समुह ‘ए’ अन्तर्गत रहेको छ जुन समुहमा प्रदेश-३, प्रदेश-५ , सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र शशस्त्र प्रहरी बल रहेका छन्। समुह ‘बि’ मा प्रदेश-१ , प्रदेश-२ , कर्णाली प्रदेश, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।

प्रतियोगिताको विजेताले नगद २० लाख, उपविजेताले १० लाख हात पार्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद ५० हजार प्राप्त गर्नेछन् ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]