नाबि चम्किदा अफगानिस्तानसंग श्रीलंकाको कमजोर ब्याटिंग

२०७६ जेष्ठ २१, मंगलवार २०:२६

सन् २००७ र २०११ को एकदिवसीय विश्वकप फाइनल पुगेको श्रीलंकन क्रिकेट टिमले त्यसपछि आफ्नो पुरानो लय भेटाउन सकेको छैन।

इंग्ल्याण्डमा जारि एकदिवसीय विश्वकप अन्तर्गत आफ्नो दोश्रो खेलमा अफगानिस्तानसंग प्रतिस्पर्धा गर्ने क्रममा श्रीलंकाले कमजोर प्रदर्शन गरेको छ।

पहिलो खेलमा अस्ट्रेलियासंग ७ विकेटले पराजित भएको अफगानिस्तानले दोश्रो खेलमा भने श्रीलंकाको सातो लिएको छ।

कार्डिफमा टस जितेर अफगानिस्तानले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको श्रीलंकाले ३३ ओभरमा ८ विकेट गुमाएर १८२ रन बनाउन सकेको छ। सोहि अवस्थामा वर्षाले खेल रोकिएको छ। खेल पुनः सुचारु हुने अवस्थामा रहेको छ।

श्रीलंकाको लागि ओपनर कुशल परेरा र डिमुथ करुनारत्नेले पहिलो विकेटको रुपमा ९२ रन जोडेका थिए। डिमुथ ३० रन बनाएर आउट हुँदा दोश्रो विकेटको लागि परेराले लाहिरु थिरमानेसंग ५२ रनको साझेदारी गरे। थिरमानेलाई अफ स्पिनर मोहम्मद नाबीले २५ रनको व्यक्तिगत योगफलमा आउट गरे पछि श्रीलंकाले लगातार विकेट गुमाउन पुग्यो।

कुशल मेन्डिस २ रन, एन्जेलो म्याथुज र धनन्जय डी सिल्भा खाता नकोहली, थिसारा परेरा २ तथा इशुरु उडाना १० रन बनाएर आउट भए। एक किनारमा विकेट जोगाईराखेका परेरा पनि ३३ औं ओभरमा आउट भए। ७८ रन बनाउने क्रममा उनले ८१ बलमा ८ चौका प्रहार गरे।

एक समय १४४/२ रहेको श्रीलंकाले थप ३८ रन जोड्दा अर्को ६ विकेट गुमाउन पुग्यो।

अफगानिस्तानको लागि अनुभवी अफस्पिनर मोहम्मद नाबीले ४ विकेट ( ९-०-३०-४ ) लिए। यस्तै दौलत जद्रान ( ४-०-१९-१ ) , ,हमिद हसन ( ७-०-५३-१ ) र राशिद खान ( ६-१-१४-१ ) ले १/१ विकेट लिए।

ताजा जानकारी अनुसार खेल पुनः सुचारु हुँदै छ र अब ४१ ओभरको इनिंग हुनेछ। हाल क्रिजमा सुरंगा लक्मल २ र लासिथ मालीगा खाता न्खोक्ली अविजित रहेका छन्। श्रीलंकाको स्कोर ३३ ओभरमा १८२/८ रहेको छ र अब ८ ओभर खेल्नेछ।

श्रीलंकाले यस अघि आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसंग १० विकेटको विशाल पराजय बेहोरेको थियो।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy