पवन र ललितको कसिलो बलिंगमा आर्मी १२५ रनमा सिमित

२०७६ जेष्ठ २५, शनिबार १२:०२

पवन सर्राफ र ललित राजबंशीको ४-४ विकेटको सहयोगमा प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल अन्तर्गत नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १२५ रनमा समेटेको छ।

शनिवार बिहान टियु मैदानमा टस जितेर ब्याटिंग गर्ने निर्णय लिएको आर्मीले उत्कृस्ट सुरुवात पाएको थियो। ओपनिंग ब्याटिंग गर्न उत्रिएका सोमपाल कामी र राजु रिजालले पहिलो विकेटका लागि ७२ रन जोड्दै आर्मीलाई राम्रो सुरुवात दिएका थिए। प्रतियोगितामा पहिलो पटक ओपनिंग ब्याटिंग गर्न उत्रिएका सोमपालले ३५ रन र राजु रिजालले व्यक्तिगत ३२ रन जोड्दा आर्मीले मात्र १५.५ ओभरमा ७२ रन जोडेको थियो।

१६ औं ओभरको अन्तिम बलमा ललित राजबंशीको बलमा सोमपाल कामी पभेलियन फर्किएसंगै आर्मीको विकेट खस्ने क्रम सुरु भयो। सोमपाल र राजु पश्चात रोहित पौडेल र भिम शार्की बाहेक आर्मीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। रोहित व्यक्तिगत १८ र भिम २० रन जोड्दै आउट भए।

पुलिसको बलिंगमा ललित राजबंशी र पवन सर्राफको नाममा समान ४-४ विकेट रह्यो। सर्राफले ७ ओभरमा ४ मेडन सहित १२ रन खर्चिंदा राजबंशी ९.३ ओभरमा १ मेडन सहित ३६ रन खर्चिए। यस्तै सागर ढकालको नाममा १ विकेट रह्यो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy